• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
  • ५९ मिनेट 

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • २ घण्टा 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • ५ घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • ५ घण्टा 

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै
  • ५ घण्टा 

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
  • २३ घण्टा 

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • २३ घण्टा 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • १ दिन 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • १०. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

गर्भवती र नवजात शिशुको स्वास्थ्यमा अझै ध्यान पुगेन

  •  बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित

बलेवा ।जिल्लामा हरेक वर्ष सुत्केरी हुने महिलामध्ये ५३ प्रतिशतले मात्रै गर्भावस्थामा नियमित आइरन चक्की सेवन गर्छन् । सतचालिस प्रतिशत गर्भवती महिलाले भने अझै पनि आइरन चक्की प्रयोग नगरेको पाइएको छ ।

गर्भावस्था र सुत्केरी अवस्थामा रक्तअल्पताबाट जोगाउन स्वास्थ्यकर्मीले आइरन चक्कीे प्रयोग गर्न सुझाउने गरेका छन् । गर्भ जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने अधिकांशले नियमित आइरन चक्की प्रयोग गर्ने गरे पनि कपितपयले गर्भवती समय घर्किएपछि मात्रै आइरन चक्की खान स्वास्थ्य संस्था पुग्ने गरेका छन् । जनचेतनाको अभाव, हेलचक्र्याई र परम्परागत सोचका कारण पनि सबै गर्भवतीले आइरन चक्कीे प्रयोग नगर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बताउनुभयो ।

“यो हेलचक्र्याई हो, स्वास्थ्यकर्मी र स्वयंसेविकाले पटक–पटक सुझाउँदासमेत गर्भवतीले आइरन चक्कीे प्रयोग गर्दैनन्” उहाँले भन्नुभयो । आइरन चक्की मात्रै होइन नियमित गर्भपरीक्षण गर्ने र भिटामिन ‘ए’ खानेको सङ्ख्या पनि कम छ । अठचालिस प्रतिशत गर्भवतीले भिटामिन ‘ए’ प्रयोग गर्ने गरेको र ५८ प्रतिशतले मात्रै नियमित स्वास्थ्य संस्थामा पुगेर चार पटकसम्म गर्भजाँच गर्ने गरेको तथ्याङ्क छ । “विश्व स्वास्थ्य सङ्गठनले गर्भावस्थामा आठ पटक गर्भजाँच गर्नुपर्ने बताए पनि चार पटकसम्म जाँच गराउनेको सङ्ख्या नै कम छ” प्रमुख शर्माले भन्नुभयो “गलकोटमा सबैभन्दा धेरै २४ र ढोरपाटनमा सबैभन्दा कम पाँच प्रतिशतले मात्र आठ पटकसम्म गर्भ जाँच गराएका छन् ।”

गर्भावस्थामा मात्रै होइन प्रसूति अवस्थामासमेत गर्नुपर्ने नियमित जाँच नहुने गरेको छ । सुत्केरी अवस्थामा आमा र बच्चाको ज्यान गर्भावस्थामा भन्दा बढी जोखिममा हुन्छ । तर तोकिएबमोजिम सुत्केरी अवस्थामा पनि गर्नुपर्ने जाँच नहुने गरेको तथ्याङ्क छ । जिल्लाभर सुत्केरी अवस्थामा गर्भ जाँच गराउनेकोे सङ्ख्या ३० प्रतिशत मात्रै छ ।

“बच्चा जन्मेको २४ घण्टामा पहिलो पटक, तीन दिन र सात दिनमा एक÷एक पटक तथा ४५ दिन सम्ममा एक पटक आमा र बच्चाको स्वास्थ्य जाँच गराउनैपर्छ, तर पहिलो २४ घण्टाभन्दा पछि सुत्केरी एकै पटक ४५ दिनमा स्वास्थ्य संस्थामा पुग्ने धेरै छन्” धौलागिरि अस्पतालका स्त्रीरोग विषेशज्ञ डा विजय ओझाले भन्नुभयो, “बच्चा जन्मेपछि बच्चाको ख्याल गर्ने परिवारले आमाको वास्तै गर्दैनन्, यस्तो बेला रक्तस्राव हुने र पाठेघर नखुम्चिने समस्या आउन सक्छन् तर समस्या जटिल भएपछि मात्रै अस्पताल आउने प्रचलन छ ।”

जिल्लाका अधिकांश स्थानीय तहले गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्यको क्षेत्रमा कयौँ राम्रा काम गरिरहेका छन् । स्थानीय तह, स्वास्थ्य कार्यालय, अस्पताल र प्रदेश तथा सङ्घीय सरकारका कार्यक्रम हुँदाहुँदै पनि नागरिक तहमा रहेको हेलचक्र्याईले गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्यमा समस्या आउने गरेको छ । जिल्लामा शतप्रतिशत स्वास्थ संस्थामै सुत्केरी हुनेगरे पनि स्वास्थ्यका मापदण्ड पालनमा थुपै्र चुनौती रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
परिवारनियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुको स्वास्थ्यको विषयमा सरोकारवाला सबै सचेत हुनुपर्नेमा सम्बच चिकित्सकको सुझाव छ । रासस

बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.