• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १३ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १३ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १५ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १५ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सञ्चार, सन्दीप र स्वास्थ्य दर्पण

  •  मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित

विज्ञान र प्रविधिको विकासले सञ्चार कार्यलाई सजिलो बनाइदिएको छ । यो सरलतासँगै सञ्चारमाध्यमका विविध रुप प्रचलनमा रहेका छन् । पछिल्लो समय सामाजिक सञ्जालका रुपमा चिनिएका फेसबुक, ट्वीटर, टिकटक, इन्स्टाग्राम, वाट्सएप मानवबीच हुने सञ्चारको सशक्त माध्यम बन्न पुगेका छन्।सञ्चारका परम्परागत रुप छापा, दृश्य र आवाजको संगम सामाजिक सञ्जाल बनेका छन् । अनलाइन पत्रकारिताले फड्को मारिरहेको छ भने चुनौती पनि थपिएका छन् ।

अहिलेको समयको मागलाई बुझेर छापा वा विद्युतीय वा दुवै सञ्चारमाध्यमहरुले पछिल्लो समय परम्परागत रुपलाई यथावत राख्दै नवीन रुपमा अनलाइन संस्करण सुरु गरेका छन् । दैनिकदेखि मासिक र त्रैमासिक पत्रिकासम्म अनलाइनमा समेत प्रकाशित हुन थालेका छन् । रेडियोहरु अनलाइनमा बज्न थालेको केही वर्ष भइसक्यो । हरेक टेलिभिजन च्यानलले युट्युबमा पनि च्यानल चलाइरहेका छन् । यसरी पछिल्लो समयमा सामाजिक सञ्जालमा आधारित पत्रकारिता द्रुत गतिमा अगाडि बढिरहेको पाइन्छ ।


स्वास्थ्य बिटमा सन्दीपको यात्रा

नेपाल टेलिभिजनबाट प्रसारण हुने स्वास्थ्य सम्बन्धी स्वास्थ्य दर्पण कार्यक्रमका प्रस्तोता सन्दीप श्रेष्ठले स्वास्थ्य बिटमा काम गर्न थालेको १५ वर्ष पुग्दैछ । २०६५ सालमा भरतपुरस्थित हाम्रो एफएम ९४ मेगाहर्जबाट अन्तर्वार्तामा आधारित स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन गर्दै आएका श्रेष्ठले २०६७ सालदेखि भरतपुरमै रहेको क्रिस्टल टेलिभिजनबाट स्वास्थ्य दर्पण नामक कार्यक्रमलाई अगाडि बढाए । उनको यो यात्रा राष्ट्रिय टेलिभिजनसम्म पुग्यो । उनले २०७२ सालमा काठमाडौँस्थित हिमालय टेलिभिजनमा स्वास्थ्य सम्बन्धी कार्यक्रम चलाउन थाले ।

पछिल्लो समय स्वास्थ्य दर्पण न्यूज डट कममार्फत् अनलाइन पत्रकारितालाई समेत अगाडि बढाइरहेका श्रेष्ठले स्वास्थ्य बिटलाई निरन्तर अँगालिरहेका छन्, अगाडि बढाइरहेका छन् । टेलिभिजन कार्यक्रम छायाँकनको दौरानमा मधेसदेखि कर्णालीसम्म पुगेका श्रेष्ठले सात वटै प्रदेशमा स्वास्थ्य सम्बन्धी कार्यक्रम निर्माण गरी प्रसारण गर्दै आएका छन् । उनले सात वटै प्रदेशमा स्वास्थ्य दर्पण अवार्ड वितरण कार्यक्रममार्फत् स्वास्थ्य र सञ्चार क्षेत्रका हस्तीहरुलाई सम्मानित गर्दै आएका छन् । हाल उनी स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.को अध्यक्ष छन् । यही संस्थामार्फत् उनले पत्रकारिताका विविध आयामलाई अघि सारेर स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गर्दै आएका छन् ।

“स्वास्थ्य क्षेत्रका सबै कुरा”

स्वास्थ्य दर्पण मिडिया नेटवर्कले “स्वास्थ्य क्षेत्रका सबै कुरा” भन्ने नारासहित स्वास्थ्य दर्पण त्रैमासिक पत्रिका प्रकाशन गरिरहेको छ । गत वर्षदेखि प्रकाशन आरम्भ भएको स्वास्थ्य दर्पण पत्रिकाको चौथो अंकमा तपाईं यो लेख पढिरहनु भएको छ । यस लेखमा स्वास्थ्य दर्पण त्रैमासिक पत्रिका वर्ष १, अंक ३ (असोज २०७९) बारे संक्षेपमा चर्चा गर्न लागिएको छ ।

स्वास्थ्य दर्पण त्रैमासिक पत्रिकाको सम्पादक बागमती श्रेष्ठ र प्रधान सम्पादक सन्दीपकुमार श्रेष्ठ हुन् । ए ४ साइजमा ४० पृष्ठ र आवरण ४ पृष्ठ रहेको यस पत्रिकाको सबै पाना चिल्ला छन् । सबै पृष्ठमा रंगीन छपाई रहेको स्वास्थ्य दर्पणको तेस्रो अंकमा अन्तर्वार्ता र लेख गरेर २१ जनाको सामग्री समेटिएको छ । यसबाहेक सम्पादकीय र अंकका आकर्षण पत्रिकाको सुरुमै दिइएको छ । केही पृष्ठ स्वास्थ्य सम्बन्धी सूचना र अस्पतालका विज्ञापनले भरिएका छन् ।
लेख र अन्तर्वार्तामा समेटिएका २१ जनामध्ये ३ जना प्राध्यापक डाक्टर, १३ जना डाक्टर र ५ जना मेडिकल क्षेत्रकै विभिन्न संघ, संस्था वा कम्पनीमा आवद्ध व्यक्तित्व छन् । उनीहरुमार्फत् विभिन्न रोग, त्यसको उपचार, अस्पताल, पेशागत अनुभूति, चुनौती, औषधी र उपचार पद्धतिको बारेमा चर्चा गरिएको छ । यस अंकमा स्पोर्ट्स इन्जुरीदेखि न्यूरोसर्जरीसम्मका कुरा समेटिएका छन् । मिर्गौला रोगदेखि मानसिक रोगसम्मका बारेमा जानकारी दिइएको छ । समग्रमा पत्रिका पठनीय र संग्रहणीय बनेको छ ।

लेखक सूर्यप्रकाश कँडेल चितवनका सक्रिय पत्रकार हुनुहुन्छ ।

मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.