• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

औषधिको अनुचित प्रयोग कसरी रोक्ने ?

  •  बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित

एकजना महिला औषधिको ठुलो झोला बोकेर आइन, व्यथा बताउन । उनी झण्डै ४ घण्टाको बाटो हिडेर ३ घण्टाको बस यात्रा पछि आइपुगेकी थिइन् । उनले त्यसबेला भनेकी थिईन ‘ मैले मेरो गाउँको नीजि क्लिनिकबाट पेट पोलेको औषधि मागेको झण्डै चारहजार दुईसय रुपैयांँ बराबरको औषधि दिए । यो झण्डै दुई महिनाको लागि दिईएको थियो । जसमा अनावश्यक महंँगा एन्टिबायोटिक लगायत ६ थरिका औषधि थिए । जसमा महंँगो आयुर्वेदिक औषधीको बोतल पनि थियो । म हेरेर, छक्क परेंँ ।’कुन नैतिकताले दियो होला, ती व्यापारी स्वास्थ्यकर्मीले यी गरीब महिलालाई घरको एउटा बाख्रा बेच्नु पर्ने गरि औषधी भिडाउने? यो उसले उनको अज्ञानताको फाइदा उठाइएको होइन र? जहांँ कुनै जांँचपडतालको सामाग्री छैन, जसको यी औषधी किन प्रयोग गरिन्छ भन्ने ज्ञान पनि छैन, कसरी कुन मानवीयय संवेदनाले यस्ता काम गरिन्छन्?

अर्की एक महिला आइन् , अर्को झोला औषधि बोकेर । उनले पनि गाउँको औषधि पसलेसंँग ३ महिनाको लागि तीनहजार पांँचसय रुपैंयाको को औषधी दिएको बताइन र देखाइन । ती औषधि मध्ये एउटा औषधि बिशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा प्रयोग गरिनु पर्ने औषधि थियो । उनको गुनासो थियो, शरीरको सबै जोर्नी दुखिरहने , १४ दिनसम्म नियमित रुपमा त्यो औषधि प्रयोग गर्दा पनि रोग निको भएन । प्रश्न उठ्ने गर्छ, कसरी पाइन्छन्, गाउँमा त्यस्ता औषधिहरु जो बिशेषज्ञले मात्र प्रेष्क्राईब गर्न सक्छन् ?
यी माथिका भन्दा पनि झन अर्को गम्भिर घटना छ । टाउको दुख्न लागेको एक वर्ष भएका एक पुरुष जो गाउँको औषधी पसलमा गएका रहेछन् । औषधि पसलेले एउटा एन्टिडिप्रसेन्ट, एउटा मार्गेनका लागि र एउटा एन्टिसाइकोटिक ट्याबलेट एकै पटक खानका लागि दिई पठाएका रहेछन् । यति सम्मको हाम्रो स्वास्थ्य क्षेत्रको बेथिति देख्दा मनमनै मलाई लाज लाग्यो । आफंैलाइ प्रश्न गरें, यी पुरुषमा हुने औषधिको नकारात्मक प्रभावको जिम्मेवारी कस्को हो?

तामाकोशी सहकारी अस्पतालमा विगत ४ बर्ष देखि शुरु गरिएको माइकोबायोलोजी ल्याबले अधिकांश संक्रमण भएका बिरामीहरुमा भर्खर उत्पादित महँंगो एन्टिवायोटिक बाहेक सबै जसो रेसिष्ट्यान्स भएको भेटिएको छ । यो धेरै डरलाग्दो परिणाम हो । रामेछाप जस्तो पहाडी जिल्लामा त यो अबस्था छ भने शहरहरुमा के अबस्था होला? मानव स्वास्थ्य र पर्यावरणको हिसाबले यो कति भयावह अवस्था हो? सहजै अनुमान गर्न सकिन्छ ।
यी सबै नतिजाहरुका पछाडि धेरै कारणहरु छन् । सर्बप्रथम त प्राय: स्वास्थ्यकर्मीहरु आफैनै आफ्नो पेशा प्रति जिम्मेवारी महसुस गर्दैनन् । कतिपयले जानेको ज्ञान र सिपलाइ सदुपयोग भन्दा कमाउ धन्दाका लागि दुरुपयोग गरिरहेका हुन्छन् । कसैले आफुले जानेको भन्दा बढी गर्न कोशिश गर्दछन्, बढी जान्ने देखाउन । यदि हरेक पेशाका पेशाकर्मीहरु आ– आफ्नो पेशा, नागरिकहरु र समाजप्रति उत्तरदायी भएनन भने संसारको कुनै पनि ताकतले यस्ता कर्महरुलाइ रोक्न सक्दैन । दोस्रो, जसले औषधिको बिक्री बितरण गर्दछन् । उनीहरुलाई शायद आफ्नो व्यापारको घाटा नाफामा बढी सरोकार छ, प्रयोगकर्तालाई हुने हानी नोक्सानी भन्दा ! यो पेशा सेवामुलक व्यवसाय हो भन्ने हेक्का सम्म रहेमा औषधिहरुको दुरुपयोग धेरै मात्रामा घट्नेछ ।

तेस्रो, कमिसनको खेल । जति मात्रामा औषधि बिक्री गर्न सक्यो, डिलरलाई कम्पनीबाट नाफा प्राप्त हुनसक्छ । कतिपय अबस्थामा जति मात्रामा बढी चिकित्सकले औषधिको प्रकार लेख्न सक्यो, चिकित्सकलाई उति कमिसन प्राप्त हुन सक्दछ । जो चिकित्सक र कम्पनी अनुसार पनि हुन्छ । जति मात्रामा बढी खुद्रा व्यापारीले औषधी पेल्न सक्यो, उसलाई बोनसको मात्रा बढ्दै जान्छ । तर यो सबैका आर्थिक भार उपभोक्ता बिरामी नागरिकहरुको भागमा आईपुग्छ । यसले औषधिको अधिकतम प्रयोगलाई बढावा दिन्छ । नागरिकको स्वास्थ्यमा पर्ने नकारात्मक असर र आर्थिक भार दोस्रो नम्बरमा पर्न जान्छ । यी सबै समस्याको निराकरण स्वयं जो यसमा संलग्न छन् उनीहरुले नै विचार नपुर्याउदा सम्म समाधानको नजिक पुग्न चुनौति छ ।

चौथो, बिरामीहरुको मनोविज्ञान । कतिपय बिरामीहरुलाई महँंगो सुई नलगाए, राम्रा चिल्ला क्याप्सुल या ठुलो बोतलको आकर्षक फोटो भएका झोल औषधि नभए रोग निको हुंँदैन भन्ने मनोबिज्ञान हुन्छ । त्यसैले उनीहरुको मनोविज्ञानलाइ ध्यानमा राखेर अनावश्यक, महंगो औषधिहरुको प्रयोग पनि भएको हुन सक्दछ । त्यसैले बिरामीलाई औषकिो खराब असरका बारेमा सुसुुचित गराउने प्रशस्त समय खर्चिनु पर्नेछ ।
पाँचौ, निगमन निकायको उदासिनता । नियम र कानुनको ठेलीहरु सिरानी मुनि राखेर निदाएका निकायहरु प्रशस्त छन् । यहांँ रजिष्ट्रेशन र अनुगमन भनेको बिरालो बाँधेर गरिने श्राद्ध जस्तो हो । पैसाको चलखेल प्रशस्त हुन्छ । कतिपय अबस्थामा अस्पताल र पोलिक्लिनिकहरुको रजिष्टे«शन गर्ने बेलामा रकम कलमको बार्गेनिङ्ग भएका उदाहरणहरु प्रशस्त भेटिन्छन् । खानपिन त छदंैछ । पैसाको अगाडि महादेवको तीन नेत्र भनेझै त्यसबेला नियम कानुनहरु आँखाले देख्दैनन् । मात्र उही लक्ष्मी । नियम मात्रका चाँंङ्गहरुले गुणस्तर बढ्दैन, नत अव्यवहारिक नीतिहरु लागु गर्न खोज्दा नै नीतिहरु सफल हुन्छन् ।

निगमन निकायका कतिपय जिम्मेवार मानिसहरुमा ईच्छा शक्तिको अभाव छ । नैतिकताको खडेरी छ । लोभको अधिक मात्रामा छ । जिम्मेवारीबोधको अभाव छ । नियमका कडा तगारा तेर्साएर फिरौती असुल्ने धन्दा छ । नियमहरु पनि कुनै यस्ता छन्, राम्रा काम गर्नेहरुलाई निरुत्साहित गर्ने खालका र खराब गर्नेहरुलाई पुरस्कार मिल्ने खालका । कमाईरहेकाहरुलाई पनि कमाएको थोरै प्रतिशत फालिदियो टण्टै साफ हुन्छ र जति अवैध धन्दामा पनि आम माफी हुन्छ । यी कुराहरु सबैमा लागु हुंँदैन तर धेरैमा सत्य छ । यसको पनि खासै गतिलो औषधि कसैले दिन सक्दैनन् , हरेक व्यक्तिको व्यक्तित्व, उनीहरुको ईमान्दारिता र कर्मशिलतामा भर पर्दछ । समाज र देश, नागरिकहरुको मर्का प्रतिको उसको दृष्टिकोणमा भर पर्दछ । अख्तियारका डण्डाले नगण्य प्रतिशत पनि फेला पार्न गाह्रो हुन्छ । यस्ता गलत प्रवृत्तिहरु । सम्पुर्ण समाजको दृष्टिकोण, संस्कृति, र नैतिक आचरणमा भरपर्ने कुराहरु हुन् यी । के राज्यलाई कर तिरिरहेका नागरिकहरुले पुन: उसको गरि खाने मौलिक अधिकार प्राप्त गर्न या बांँच्न पाउने अधिकारका लागि पुन: अर्को अवैध करको चंँगुलमा फस्नै पर्ने हो त !उत्तर छ ?

छैठांै, सम्पुर्ण समाजको दृष्टिकोण , धेरै पैसा कमाएर राम्रा गाडीमा चढ्ने, राम्रा बंगलामा बस्ने सुकिला मानिसहरु मात्र असल देख्ने समाज छ । जुन जे पेशामा छन्, अधिकतम कसले अवैध धन्दा गरेर पनि कमाउने भन्ने प्रतिष्पर्धा छ । त्यसैगरी औषधि कम्पनी, अस्पताल, चिकित्सक, स्वास्थ्यकर्मी, औषधि व्यव्सायी, तथा सम्पुर्ण स्वास्थ्य क्षेत्रका व्यक्तिहरु, नियमन निकायका अधिकृतहरु र उनका कारिन्दाहरु पनि यसबाट अछुतो छैनन् । प्रतिष्पर्धामा हाजिर छन्, को भन्दा को कम? आँखा चिम्लेर कमाउ धन्दामा लाग्दछन्।

त्यसैले हाम्रो समाजको महारोग जसरी भएपनि कमाउ नै सफलताको सुचक भएको छ । हरेक नागरिकहरुमा अरुको हानी हुने र नियमको विपरित हुने काम गर्ने ब्यवहार छ । समाजमा मानिसको प्रगतिको मापक अतुक सम्पत्ति भएको छ । यो परिवर्तन नभएसम्म औषधिको अनुचित प्रयोग रोकिने छैन । जसरी समाजका हरेक क्षेत्रमा भएमा विसंगतिलाई घटाउन पनि यही कुरा लागु हुनेछ । हरेक नागरिकको मानसिकता परिवर्तन र समाजको दृष्टिकोण र संस्कृति परिवर्तन विना अन्य क्षेत्र जस्तै स्वास्थ्य र औषधि क्षेत्रपनि सुध्रने छैन ।


(लेखक डा.सुमन कर्माचार्य वरिष्ठ मेडिकल चिकित्सक तथा स्वास्थ्य सेवा व्यवस्थापन बिशेषज्ञ हुनुहुन्छ।)

बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.