• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ६ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ६ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ८ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

  •  मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित

धादिङ। बाढीपहिरोलगायत विपदबाट प्रभावित नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आयुर्वेद क्षेत्रका तीन संस्थाले धादिङको गल्छी गाउँपालिकालाई ७ लाख ८० हजार रुपैयाँ बराबरको औषधि तथा राहत सामग्री हस्तान्तरण गरेका छन्। भदौ १० गते गएको विपदबाट प्रभावित क्षेत्रलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘अनन्तदृष्टि दिव्य यात्रा’ को दोस्रो चरणअन्तर्गत नेपाल आयुर्वेद औषधि उत्पादक संघ, नेपाल आयुर्वेद चिकित्सक संघ र नेपाल आयुर्वेद औषधि व्यवसायी संघको संयुक्त पहलमा राहत सामग्री हस्तान्तरण गरिएको हो।

कलंकीबाट औषधि तथा राहत सामग्रीसहित धादिङ पुगेको टोलीले गल्छी गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाइ काजी तिवारी, औषधालयका कविराज नारायण पौडेललगायतको उपस्थितिमा औषधि हस्तान्तरण गरेको थियो। राहत अभियानमा नेपाल आयुर्वेद औषधि उत्पादक संघका अध्यक्ष बुद्धिमान शाक्य, नेपाल आयुर्वेद चिकित्सक संघका महासचिव डा. ऋषिकेश भूसाल र नेपाल आयुर्वेद औषधि व्यवसायी संघका महासचिव लेखनाथ भूसालसहित तीनै संस्थाका पदाधिकारी सहभागी थिए।

विपद्पछि प्रभावित क्षेत्रमा चोटपटक, संक्रमण, पानीजन्य तथा अन्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले औषधिको आवश्यकता बढ्ने अवस्थालाई मध्यनजर गर्दै सहयोग गरिएको आयोजक संस्थाहरूले जनाएका छन्। उनीहरूले विपद्को समयमा औषधि उपचारमा राज्यका स्वास्थ्य संरचनालाई सहयोग पुर्‍याउनु सामाजिक उत्तरदायित्वसमेत भएको बताएका छन्।

यो अभियानअन्तर्गत यसअघि भदौ १७ गते नुवाकोटस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई ७ लाख ४८ हजार रुपैयाँ बराबरको औषधि हस्तान्तरण गरिएको थियो। गल्छीमा गरिएको सहयोग दोस्रो चरणको कार्यक्रम हो। आयुर्वेद क्षेत्रका तीन संस्थाले विपद् प्रभावित नागरिकको स्वास्थ्य संरक्षणमा आफ्नोतर्फबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। राहत अभियानले विपदमा परेका नागरिकलाई औषधि सहयोगसँगै मानवीय सहकार्य र सामाजिक उत्तरदायित्वको सन्देशसमेत दिएको छ।

मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.