• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

  •  मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित

धादिङ। बाढीपहिरोलगायत विपदबाट प्रभावित नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आयुर्वेद क्षेत्रका तीन संस्थाले धादिङको गल्छी गाउँपालिकालाई ७ लाख ८० हजार रुपैयाँ बराबरको औषधि तथा राहत सामग्री हस्तान्तरण गरेका छन्। भदौ १० गते गएको विपदबाट प्रभावित क्षेत्रलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘अनन्तदृष्टि दिव्य यात्रा’ को दोस्रो चरणअन्तर्गत नेपाल आयुर्वेद औषधि उत्पादक संघ, नेपाल आयुर्वेद चिकित्सक संघ र नेपाल आयुर्वेद औषधि व्यवसायी संघको संयुक्त पहलमा राहत सामग्री हस्तान्तरण गरिएको हो।

कलंकीबाट औषधि तथा राहत सामग्रीसहित धादिङ पुगेको टोलीले गल्छी गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाइ काजी तिवारी, औषधालयका कविराज नारायण पौडेललगायतको उपस्थितिमा औषधि हस्तान्तरण गरेको थियो। राहत अभियानमा नेपाल आयुर्वेद औषधि उत्पादक संघका अध्यक्ष बुद्धिमान शाक्य, नेपाल आयुर्वेद चिकित्सक संघका महासचिव डा. ऋषिकेश भूसाल र नेपाल आयुर्वेद औषधि व्यवसायी संघका महासचिव लेखनाथ भूसालसहित तीनै संस्थाका पदाधिकारी सहभागी थिए।

विपद्पछि प्रभावित क्षेत्रमा चोटपटक, संक्रमण, पानीजन्य तथा अन्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले औषधिको आवश्यकता बढ्ने अवस्थालाई मध्यनजर गर्दै सहयोग गरिएको आयोजक संस्थाहरूले जनाएका छन्। उनीहरूले विपद्को समयमा औषधि उपचारमा राज्यका स्वास्थ्य संरचनालाई सहयोग पुर्‍याउनु सामाजिक उत्तरदायित्वसमेत भएको बताएका छन्।

यो अभियानअन्तर्गत यसअघि भदौ १७ गते नुवाकोटस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई ७ लाख ४८ हजार रुपैयाँ बराबरको औषधि हस्तान्तरण गरिएको थियो। गल्छीमा गरिएको सहयोग दोस्रो चरणको कार्यक्रम हो। आयुर्वेद क्षेत्रका तीन संस्थाले विपद् प्रभावित नागरिकको स्वास्थ्य संरक्षणमा आफ्नोतर्फबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। राहत अभियानले विपदमा परेका नागरिकलाई औषधि सहयोगसँगै मानवीय सहकार्य र सामाजिक उत्तरदायित्वको सन्देशसमेत दिएको छ।

मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.