• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  •  बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित

काठमाडौँ । रसुवा बाढीपछि प्रभावित क्षेत्रका नागरिकको जनस्वास्थ्यमा गम्भीर सङ्कट आउनसक्ने हुँदा समयमै सावधानी अपनाउन चिकित्सकले सल्लाह दिनुभएको छ । ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा अमित गौली बाढी प्रभावित क्षेत्रमा विभिन्न रोग फैलिनसक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने बताउनुहुन्छ ।

बाढीपछि विशेषगरी दूषित पानी र अस्वस्थ खानपानका कारण झाडापखालाजस्ता पेटसम्बन्धी रोग र श्वासप्रश्वासको समस्या बढ्ने सम्भावना भएकाले विशेष ख्याल दिनुपर्ने चिकित्सकको भनाइ छ । डा गौलीका अनुसार बाढीका क्रममा लागेका घाउचोटमा सङ्क्रमणको जोखिम हुने भएकाले समयमै उपचारको व्यवस्था मिलाउन आवश्यक छ । विपद्को समयमा मधुमेह, उच्च रक्तचाप, दम र क्यान्सरजस्ता दीर्घरोग भएका बिरामीका लागि अझ चुनौतीपूर्ण हुने चिकित्सको भनाइ छ ।

डा गौली भन्नुहुन्छ, “त्यस अवस्थामा औषधि खाइरहेका बिरामीले नियमितता कायम गर्न नसक्दा र नयाँ सङ्क्रमण थपिँदा जोखिम बढ्ने भएकाले विशेष सावधानी अपनाउन आवश्यक रहेको छ ।” चिकित्सकका अनुसार बाढी प्रभावितको मानसिक अवस्थालाई विशेष ख्यालगरी स्वास्थ्योपचारमा प्राथमिकता राख्नुपर्ने छ । घरबारविहीन र मानसिक तनावमा रहेका बासिन्दाका लागि मनोपरामर्शदाताको परिचालन गरी आत्मविश्वास बढाउन जरुरी रहेको उहाँहरुको भनाइ छ । ज्वरो वा सामान्य समस्या देखिनेबित्तिकै जथाभावी एन्टिबायोटिक प्रयोग पनि नगर्न तथा बरु जीवनजल, सिटामोल, स्लाइन र ड्रेसिङका सामग्रीको उचित व्यवस्थापन गरी स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि सेवन गर्न विशेषज्ञ चिकित्सको सुझाव छ । उहाँहरुले बाढी प्रभावित क्षेत्रमा तत्काल आधारभूत स्वास्थ्य सेवाको पहुँच पु¥याउन सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय गर्न ध्यानाकर्षण गराउनुभएको छ । यसैबीच, भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार त्यस विपद्मा परी ज्याउन गुमाएकामध्ये हालसम्म एक हजार २०० भन्दाबढीको शव फेला परेको छ ।

प्रहरीका अनुसार, रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, गोरखामा ६९, नवलपरासीपूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, तनहुँमा ३८ र चितवनमा ३४८ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, ५०० विदेशी नागरिकसहित चार हजार २१६ जना अझै सम्पर्कविहीन छन् । बाढीपछि करिब १२ हजार उद्धार गरिएको छ । उद्धार गरिएका बासिन्दालाई अहिले रसुवा, नुवाकोट, धादिङ र काठमाडौँका विभिन्न स्थानमा ‘होल्डिङ सेन्टर’मा राखिएको छ ।

प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीले बाढीमा परी हराइरहेका व्यक्तिको नदी किनार, जलविद्युत् आयोजना, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन् । बाढीका कारण कतिपय स्थानमा सडक तथा भौतिक संरचना क्षति भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण भइरहेको छ।रासस

बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.