• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ६ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ६ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ८ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  •  बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित

काठमाडौँ । रसुवा बाढीपछि प्रभावित क्षेत्रका नागरिकको जनस्वास्थ्यमा गम्भीर सङ्कट आउनसक्ने हुँदा समयमै सावधानी अपनाउन चिकित्सकले सल्लाह दिनुभएको छ । ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा अमित गौली बाढी प्रभावित क्षेत्रमा विभिन्न रोग फैलिनसक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने बताउनुहुन्छ ।

बाढीपछि विशेषगरी दूषित पानी र अस्वस्थ खानपानका कारण झाडापखालाजस्ता पेटसम्बन्धी रोग र श्वासप्रश्वासको समस्या बढ्ने सम्भावना भएकाले विशेष ख्याल दिनुपर्ने चिकित्सकको भनाइ छ । डा गौलीका अनुसार बाढीका क्रममा लागेका घाउचोटमा सङ्क्रमणको जोखिम हुने भएकाले समयमै उपचारको व्यवस्था मिलाउन आवश्यक छ । विपद्को समयमा मधुमेह, उच्च रक्तचाप, दम र क्यान्सरजस्ता दीर्घरोग भएका बिरामीका लागि अझ चुनौतीपूर्ण हुने चिकित्सको भनाइ छ ।

डा गौली भन्नुहुन्छ, “त्यस अवस्थामा औषधि खाइरहेका बिरामीले नियमितता कायम गर्न नसक्दा र नयाँ सङ्क्रमण थपिँदा जोखिम बढ्ने भएकाले विशेष सावधानी अपनाउन आवश्यक रहेको छ ।” चिकित्सकका अनुसार बाढी प्रभावितको मानसिक अवस्थालाई विशेष ख्यालगरी स्वास्थ्योपचारमा प्राथमिकता राख्नुपर्ने छ । घरबारविहीन र मानसिक तनावमा रहेका बासिन्दाका लागि मनोपरामर्शदाताको परिचालन गरी आत्मविश्वास बढाउन जरुरी रहेको उहाँहरुको भनाइ छ । ज्वरो वा सामान्य समस्या देखिनेबित्तिकै जथाभावी एन्टिबायोटिक प्रयोग पनि नगर्न तथा बरु जीवनजल, सिटामोल, स्लाइन र ड्रेसिङका सामग्रीको उचित व्यवस्थापन गरी स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि सेवन गर्न विशेषज्ञ चिकित्सको सुझाव छ । उहाँहरुले बाढी प्रभावित क्षेत्रमा तत्काल आधारभूत स्वास्थ्य सेवाको पहुँच पु¥याउन सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय गर्न ध्यानाकर्षण गराउनुभएको छ । यसैबीच, भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार त्यस विपद्मा परी ज्याउन गुमाएकामध्ये हालसम्म एक हजार २०० भन्दाबढीको शव फेला परेको छ ।

प्रहरीका अनुसार, रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, गोरखामा ६९, नवलपरासीपूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, तनहुँमा ३८ र चितवनमा ३४८ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, ५०० विदेशी नागरिकसहित चार हजार २१६ जना अझै सम्पर्कविहीन छन् । बाढीपछि करिब १२ हजार उद्धार गरिएको छ । उद्धार गरिएका बासिन्दालाई अहिले रसुवा, नुवाकोट, धादिङ र काठमाडौँका विभिन्न स्थानमा ‘होल्डिङ सेन्टर’मा राखिएको छ ।

प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीले बाढीमा परी हराइरहेका व्यक्तिको नदी किनार, जलविद्युत् आयोजना, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन् । बाढीका कारण कतिपय स्थानमा सडक तथा भौतिक संरचना क्षति भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण भइरहेको छ।रासस

बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.