• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सुर्तीजन्य पदार्थको कर बढाएर विपन्नको निःशुल्क उपचार : स्वास्थ्यमन्त्री बस्नेत

  •  बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित

सिन्धुपाल्चोक ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्योपचार उपलब्ध गराउन सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने बताउनुभएको छ।

आज यहाँ एक–एक पाइला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन गर्दै उहाँले विपन्न नागरिकको सहज र निःशुल्क स्वास्थ्योपचारमा पहुँच पु¥याउनका लागि सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।

“विपन्न नागरिकको उपचार जिम्मेवारी सरकारले लिनुपर्छ । तर स्वयं मन्त्रालयसँग बिरामीलाई सहयोग गर्न रकम छैन”, उहाँले भन्नुभयो, “त्यसैले सुर्तीजन्य पदार्थमा कर ह्वात्तै बढाएर त्यसबाट प्राप्त रकमलाई कोषको रूपमा खडा गरेर बिरामीको उपचारका लागि मन्त्रिपरिषद्सम्म प्रस्ताव गरेको छु । छिट्टै स्वीकृत भएर काम अघि बढ्नेछ ।”

मन्त्री बस्नेतले स्वास्थ्यमा बजेट बढाउन निरन्तर पहल गरिरहेको दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ४० प्रतिशत बजेटको सिलिङमा घटेर आयो । म आएपछि, मन्त्रालयको टोलीले नै अर्थ मन्त्रालयमा अनुरोध गरेपछि सात अर्ब बजेट थप्न सकेका छौँ ।”

उहाँले एक–एक पाइला ठोकर्पा आधारभूत अस्पतालको स्तरोन्नतिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत गर्नुभयो । सामुदायिक अस्पतालको स्तरोन्नति गर्न आफू लागिपरेको भन्दै मन्त्री बस्नेतले धुलिखेल सामुदायिक अस्पताललाई ट्रमा अस्पतालका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।

सुनकोसी गाउँपालिका र एक–एक पाइला फाउण्डेशनको साझेदारीमा सञ्चालित अस्पताल गत साउनदेखि सञ्चालनमा आएको हो । अस्पताल सञ्चालनमा आएदेखि हालसम्म तीन हजार सेवाग्राहीले उपचार सेवा लिएका छन् । मुख्यतः सुनकोसी, लिसङ्खुपाखर, काभ्रेको भुम्लु र चौतारा साँगाचोकगढीका स्थानीय लाभान्वित भएको अस्पतालका प्रमुख डा विनोद रानामगरले बताउनुभयो ।

सुनकोसी गाउँपालिका वडा नं ३ का स्थानीय सूर्यबहादुर कार्कीले सहजरूपमा उपचार सेवा पाउँदा आफूहरू हर्षित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य उपचारका लागि धुलिखेल र बाडीचौर पुग्नपर्ने बाध्यता टरेको छ ।” यस्तै वडा नं ३ कै धनमाया लामाले आफ्नै गाउँपालिकामा आँखाको उपचार गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो, “काठमाडौँमा उपचार गर्न जाँदा धेरै झन्झट हुन्छ, आफ्नै घरगाउँमा उपचार गर्न पाउँदा सहज हुने नै भयो ।”

सुनकोसी गाउँपालिका, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जिल्ला समन्वय समिति, सिन्धुपाल्चोक स्वीडेन नेपाल सोसाइटीको लगानीमा अस्पतालको भौतिक संरचना निर्माण भएको थियो । विसं २०७४ देखि निर्माण सुरु गरिएको ठोकर्पा अस्पताल गत वर्ष २०७९ साउनमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो ।

स्वास्थ्य सेवा केन्द्र (पोलिक्लिनिक)को रूपमा सुरु भएको संरचना अहिले १० शय्याको अस्पतालका रूपमा सञ्चालन भइरहेको छ । हाल अस्पतालमा दुई चिकित्सकसहित २९ कर्मचारीले आकस्मिक सेवा, बहिरङ्ग सेवा, दन्त, आँखा, बर्थिङ सेन्टर, ल्याब, एक्स–रे, भिडियो एक्स–रे र फार्मेसीलगायतका उपचार सेवा उपलब्ध गराउँदै आएको छ । यस्तै प्रत्येक महिना विशेषज्ञ सेवासमेत उपलब्ध गराउँदै आएको अस्पतालका प्रमुख रानाको दाबी छ । रासस

बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.