• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

पर्यटकीय नगरी सौराहा र स्वास्थ्यमा मेरो अनुभूति

  •  सोमबार, जेठ ०८, २०८० मा प्रकाशित

म पेशाले एक स्वास्थ्यकर्मी हुंँ । आज भन्दा करीब २७ बर्ष पहिले वि.सं २०५३ साल कार्तिक १६ गते वन, वन्यजन्तु तथा पर्यावरणको लागि नेपालको पहिलो निकुञ्जको रुपमा स्थापित चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्धारको रुपमा रहेको सौराहामा फार्मेसी सहित केही आधारभुत स्वास्थ्य सेवाको अभाव रहेको महशुस गरेर सेवा प्रवाह गर्ने उद्धेश्य सहित शुरु भएको मेरो व्यवसायिक यात्रा आज सम्म अनवरत चलिरहेकै छ ।

२०५३ सालबाट आजसम्म आईपुग्दा सौराहा क्षेत्रको भौतिक स्वरुपमा राम्रै परिवर्तन भएको छ । यस क्षेत्रको भौतिक स्वरुप समय संगै परिवर्तन हुँदा विकास क्रमले फड्को मारेको अनुभूति हुन्छ । पूर्व–पश्चिम राजमार्गबाट करीब ६ किलोमिटरको दुरीमा रहेको सौराहा तात्कालिन समयमा बाटो,घाटो पुल पुलेसा यातायातको अभाव समयक्रम संगै बदलिएको छ । व्यापार व्यवसाय एवं विकासको क्रमसंगै थपिंँदै गएका होटल लज तथा रेष्टुरेण्ट एवं खुद्रा पसलहरुको संख्यामा पनि उल्लेख्य बृद्धि भएको छ । उक्त समयमा चल्ने चुच्चे तथा रसियन जीप मारुती सुजुकी जिप्सी जस्ता साधनहरु विस्थापित भैसकेका छन् । विशेषगरी सो समयमा थारु जातीहरुको बाहुल्यता रहेका यस क्षेत्रमा गोरुगाडा पनि पर्यटकको मनोरञ्जनको साधनको रुपमा प्रयोग हुन्थे । यो अवस्था हाल पनि केही संख्यामा देख्न सकिन्छ ।

म नितान्त: स्वास्थ्यकर्मीको हैसियतले यो क्षेत्रमा शुरु भएको मेरो व्यवसायिक यात्राले पनि समय संँगै बदलिने चेष्टा गर्‍यो । स्वास्थ्य क्षेत्रमा भएको जिम्मेवारीमा मात्र मेरो जीवन सीमित रहनुका साथै स्थानीयसँंगको घुलमिल तथा उठ्बस संगै केही संस्थागत सामाजिक धेरै व्यवसायिक व्यक्तित्वहरुसँंग मेरो सहकार्य एवं सामिप्यता बढ्दै जाँदा यस क्षेत्रमा जिम्मेवारी पनि बढ्दै गयो । व्यवसायिक जीवन सामाजिक तवरले रुपान्तरित हुँदै जांँदा र स्वास्थ्यकर्मीको हैसियतले मात्र यस क्षेत्रमा कार्य सम्पादन गर्ने अभिभाराको वाबजुद स्थानीय संघ संस्था एवं अन्तराष्ट्रिय मानवीय सेवा संगठनमा समेत आबद्ध हुन पुगेंँ ।

लायन्स क्लब इन्टरनेशनल, नेपाल रेडक्रस सोसाईटी, एमनेष्टी ईन्टरनेसनल जस्ता संस्थाहरुले जीवनलाई अझ व्यस्ततामा परिणत गरे संगै व्यवासायिक जीवनमा थप जिम्मेवारी बोधको परिस्थिति सृजना हुन पुग्यो । सौराहा एवं आसपासका क्षेत्रका बिरामीहरुलाई विविध किसिमका स्वास्थ्य सेवाका परामर्श, उपचार तथा रिफरल सेवा, सुत्केरी तथा अशक्त बिरामीहरुलाई होम भिजिटको समेत व्यवस्था गर्दै जाँदा अझ जिम्मेवारी थप भए संगै दन्त सेवा एवं एम्बुलेन्स सेवा समेतको सुविधा थप गरी क्लिनिक संचालन गर्दै जाँदा धेरै अनुभवहरु बटुल्ने अवसर समेत प्राप्त भयो ।

स्वास्थ्य सेवा तथा अन्य सरोकारवाला संघ संस्थाबाट बेला बेलामा आयोजना हुने तालिम, गोष्ठी सेमिनार तथा अन्तरक्रिया एवं बैठकबाट सम्बन्धित विषयमा थप उर्जा प्राप्त भई मेरो कार्यदक्षतामा समेत निखारपन आएको छ । एउटा सामान्य चिकित्सा विज्ञान अध्ययन गरेको स्वास्थ्यकर्मीको अनुभवले मात्र प्रवाहित सेवा पनि सीमित नै हुने गर्दछ । चितवन जिल्लामा फैलदंै गएको नीजि तथा सरकारी अस्पताल एवं मेडिकल कलेज, टिचिङ्ग हस्पिटल संँगको सम्बन्धका कारण आफुलाई औषधि विज्ञानको क्षेत्रमा समयानकुल परिमार्जन गर्दै जाने क्रममा सिकाईको क्रमलाई पनि निरन्तरता दिने अवसर पाएको छु । साथै अविछिन्न रुपमा आफ्नो कार्य एवं सेवालाई कर्म ठानी, सेवा प्रवाह गर्दै आएको छु ।

होष्टेमा हंैसे गर्ने मेरो परिवारका सदस्यहरु एवं वरिष्ठ तथा कनिष्ठ व्यवसायिक साथीभाई र मलाई बिरामीहरुले गर्नु भएको विश्वास प्रति सदैव सम्मान एवं नमन रहने छ । बिशेषगरी स्वास्थ्यकर्मीको हैसियतले व्यवसायिक रुपमा कार्य गर्दापनि सामाजिक क्षेत्रसंँग सरोकार राख्ने हाम्रो व्यवसायको प्रकृति रहेको हुँदा हामीसंगै सेवा लिन आउने नेपाली तथा विदेशी पर्यटकहरु एवं आसपासका बिरामीसँंगको सामिप्यताले आफुलाई अझैं प्रेरणा मिलेको अनुभव हुन्छ । वहाँहरुको मनोभावना बुझेर सम्मानका साथ सेवा दिन पाउँदा हर्षको सिमा नै रहँदैन ।

विरामी भएर आउँदाको क्षण कठिन हुने र अझ जंगली जनावरको आक्रमण तथा चोट पटक एवं घाइते हुँदाको परिस्थितिमा घटना स्थलमा गई प्रवाह गर्ने सेवा एवं उपचार पश्चात वहाँहरुको आत्मीय व्यवहार र प्रशंसा पाउँदाको क्षण थप अनमोल हुने रहेछ, जसले गर्दा मलाई आफ्नो व्यवसाय एवं पेशा प्रति गर्व महशुस हुने गर्दछ । शुरुवाती अवस्थामा सौराहा आएर सेवा शुरु गर्दाको दिनहरु मेरो पानामा अहिलेसम्म पनि ताजै छन् । आयआर्जन कम भएका बिरामीहरु स्वास्थ्य सेवामा कम पहुँच भएका समुदाय अन्य विश्वास, रुढीवादी परम्परा धामीझांँक्रीको भरका कारण बेलैमा स्वास्थ्य उपचार नपाएर बिरामीको जीवन नै खतरामा पर्ने अवस्था थियो । अझैपनि सीमित व्यक्ति परिवार तथा समुदाय यस अवस्थाबाट गुज्रिरहेको भेट्न सकिन्छ । अहिले आएर स्वास्थ्य क्षेत्रमा भएको विस्तार एवं व्यवसायिक फड्कोको कारणले र जनचेतनाको साथै राज्यले थोरै भएपनि भरथेग गरेको आभाष हुन्छ । स्वास्थ्य बीमाका कार्यक्रमहरु एवं स्वास्थ्य क्षेत्रको बैज्ञानिक अनुसन्धानका कारण थोरै भएपनि परिवर्तन भएको महशुस भएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज तथा सामुदायिक वनको घेरामा रहेको सौराहा र यस आसपासका क्षेत्रहरुमा वर्षेनी धेरै जंगली जनावरहरुले मानिसलाई आक्रमण गर्छ । यस्ता धेरै घटनाहरुसंँग मेरो प्रत्यक्ष सरोकार रहन्छ । यस्ता थुप्रै घटनाहरु मध्ये आज भन्दा करीब ४ बर्ष अघि तदनुसार ८ अप्रिल २०१९ का दिन करीब १ बजेको समय मोबाईलमा अचानक घण्टी बज्यो त्यो फोन रिसिभ गर्ने बित्तिकै आत्तिएको स्वरमा एक जना गाईड (पथ प्रदर्शक) साथीले राष्ट्रिय निकुञ्जको डुमरिया पोष्ट भन्दा अझै भित्र दुईजना पर्यटक तथा एकजना गाईडलाई गैंडाले आक्रमण गरी सख्त घाईते बनाएको छ भन्ने खबर प्राप्त भयो । ततपश्चात तुरुन्तै प्राथमिक उपचारको सामाग्री सहित म नेसनल पार्क भित्र जान पर्ने भयो, एकै स्वरमा भन्ने बित्तिकै अन्य कामलाई थाती राखेर केही गाईड साथीहरु र नेसनल पार्क सुरक्षार्थ खटिएका नेपाली सेनासहित अन्य केही सहयोगीका साथ करीब ४५ मिनेटपछि घना जंगल छिचोल्दै घटना भएको ठाउँमा पुग्दाको अवस्थाले अहिलेसम्म पनि मलाई झस्काईरहन्छ । दुई पर्यटक मध्ये एकजनाको अवस्था गम्भीर थियो धेरै ठाउँबाट रक्तश्राव भएको थियो शरीरका हड्डीहरु भांँचिएको प्रत्यक्ष महशुस भएको थियो । आफ्नो बलबुताले भ्याएसम्म र जानेका एवं सिकेका सम्पुर्ण उपायहरु लगाउँदा घाईतेहरुलाई प्राथमिक उपचार तथा औषधि र सुईमार्फत थोरै भएपनि सहजता प्रदान गर्ने कार्यमा मेरो आप्mनै छोराले सहयोगीको भूमिका निर्वाह गरेका थिए ।

राष्ट्रिय निकुञ्ज भित्रको लोकेसन ट्र््याक गरी सम्भवत: चितवन राष्ट्रिय निकुञ्जको इतिहासमा नै पहिलो पटक हेलिकप्टरको प्रयोग गरी बिरामीको उद्धार गरेर काठमाडौं पठाई उपचार गरिएको यो एउटा प्रतिनिधि घटना मात्र हो ।
यस घटनाका घाईतेहरुलाई बेलैमा उद्धार गरिएको कारण उनीहरुले पुर्नजीवन प्राप्त गरेको खबरले हर्षको सिमाना नै रहेन । यस बाहेक रुखबाट खसेका, खोलामा डुबेका बाघ, भालु तथा जंगली हात्तीको आक्रमणमा परेका र घाईते भएका बिरामीलाई पहिलो चरणको उपचारमा सहजीकरण गरी अस्पतालसम्म पुर्‍याउने र नयाँ जीवन प्राप्त गर्ने कुराले मलाई खुशीको सिमानै रहँदैन ।

अर्को प्रसंग, तीन बर्ष अघि विश्वभर फैलिएको कोरोना भाईरसका कारण नेपाल पनि अछुतो रहने कुरै भएन । खुला सिमाना र भित्री मधेसको रुपमा रहेको धेरै भारतको सिमा नजिक रहेको चितवन जिल्ला र त्यसमा पनि धेरै पर्यटक आउने पर्यटकीय नगरी सौराहामा पनि बिस्तारै कोभिडको प्रभाव परेको थियो । आफ्नो पेशालाई दैनिक रुपमा सञ्चालन एवं सेवा प्रवाह गर्ने क्रममा कोभिड सुरक्षा सामाग्री प्रयोग गरेता पनि दोस्रो लहरको कोभिडबाट हामी पनि अछुतो रहन सकेनौं । करीब एक हप्ताको आइसोलेसन बसाई पश्चात पुन: आफ्नो कार्यमा फर्किएर आफ्नो दैनिकी सुचारु गरेको डरलाग्दो अनुभव सम्झंँँदा साच्चै आफु र आफ्नो पेशाप्रति नै सम्मान र गर्व गर्न मन लाग्छ । व्यवासायिक एवं सामाजिक जीवन सार्थक भएको अनुभूति हुन्छ । तथापि सानै रुपमा फैलिएको भएपनि मेरो संस्थागत पहिचान र संस्थाप्रतिको निरन्तरतालाई अन्य कसैमा हस्तान्तरण हुन सक्ने सम्भावनालाई कायम राख्दै हाल सम्म आफ्नो जीवनमा ठूलो परिवर्तन नभएपनि आफुले कमाएका साथीभाई बिरामीहरुको सद्भाव र ईष्टमित्र, व्यवसायिक सहकर्मी चिकित्सकहरुको माया र सद्भावको कारण अबका केही वर्ष कर्मथलो र सेवाका हातहरुलाई सक्रिय बनाउंँदै विस्तारै म मा व्यवसायिक जीवनबाट विश्राम लिने सोच पलाएर आएको छ ।

( लेखक राजेन्द्र प्रसाद खरेल वरिष्ठ स्वास्थ्यकर्मी एवं राज मेडिकल हल स्वाकन क्लिनिक सौराहा,चितवनका सञ्चालक हुनहुन्छ । )

सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.