• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

रामपुरमा आयुर्वेद अस्पतालको नयाँ भवन

  •  सोमबार, जेठ ०८, २०८० मा प्रकाशित

पाल्पा । रामपुरमा निर्माण भएको पन्ध्र शय्याको आयुर्वेद तथा प्राकृतिक अस्पतालको नयाँ भवनबाट सेवा दिन थालिएको छ । अस्पतालमा उपकरण तथा थप दरबन्दीको व्यवस्थाका साथै नवनिर्मित भवनबाट सेवा प्रदान गर्न थालिएकोे हो ।

फागुनको पहिलो हप्ता उद्घाटन गरिएको उक्त भवनबाट करिब तीन महिना पछाडिदेखि सेवा सुरु भएको छ । चिकित्सकहितको सेवा दिने गरी रामपुर नगरपालिकाले कर्मचारी थप गरेपछि नयाँ भवनबाट सेवा सञ्चालन हुँदै आएको छ । यस अस्पतालबाट जनशक्ति थप भएपछि बिरामीले सहज सेवा पाउने भएका छन् । अहिले यस अस्पतालमा एक चिकित्सक, एक वरिष्ठ कविराज, एक कविराज एक बैध एक र दुई कार्यालय सहयोगी कार्यरत छन् ।

अस्पतालबाट नियमित पञ्चकर्म, पूर्वकर्म, ज्येष्ठ नागरिक सेवा, स्तनपायी सेवा, नागरिक आरोग्य सेवा, विद्यालय स्वास्थ्य कार्यक्रमलगायत सेवा प्रवाह भइरहेको रामपुर नगरपालिकाका आयुर्वेद शाखा प्रमख तथा वरिष्ठ कविराज चेमनप्रकाश पोखरेल बताउनुहुन्छ । चार जिल्लाको सङ्गमस्थलका रुपमा रहेको रामपुरमा स्वास्थ्य क्षेत्रमा व्यवस्थित, दीगो र भरपर्दो संरचनाबाट सेवा प्रवाहमा धेरै सहज भएको छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्रको रूपमा रहेको रामपुरमा आयुर्वेद स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले स्वास्थ्य संरचना निर्माण गरी सेवा दिन थालिएको छ ।
पुरानो भवनबाट खुम्चिएर सेवा दिनुपरेकामा अहिले नयाँ भवनबाट सेवा दिन सहज हुनाका साथै थप सेवा भएकाले स्वास्थ्योपचारमा धेरै राहत मिलेको स्थानीयवासी राधा अर्याल बताउनुहुन्छ । उहाँले नियमित रुपमा आयुर्वेद औषधि सेवन गर्दै आउनुभएको छ । आयुर्वेदिक औषधिले स्वास्थ्यमा असर पर्दैन भन्ने मान्यता सेवाग्राहीमा रहेकाले पछिल्लो समय यसप्रति धेरैको आकर्षण बढेको छ ।

धेरै नागरिकले सेवा लिने अस्पतालका रुपमा रहेकाले थप कर्मचारीसहित सेवा विस्तार गरेर नागरिकलाई औषधोपचारमा सहज बनाइएको नगरपालिकका प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । “स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन संरचना व्यवस्थित बनाएर सेवा क्षेत्र बढाउन थालिएको छ” उहाँ भन्नुहुन्छ, “अस्पतालमा आवश्यक पर्ने उपकरण तथा जनशक्ति व्यवस्थानमा नगरपालिका र माथिल्लो निकायसँग समन्वय गरेर सेवा क्षेत्र विस्तार गर्दै जानेछौँ”

जिल्लामै सबैभन्दा ठूलो क्षमताको आयुर्वेद तथा प्राकृतिक अस्पतालबाट सेवा सुरु भएपछि यस क्षेत्रका नागरिक उत्साहित बनेका छन् । यो अस्पताल लुम्बिनी प्रदेशकै दोस्रो ठूलो आयुर्वेदिक अस्पतालको रूपमा रहेको छ । यो भन्दा ठूलो दाङको बिजौरीस्थित तीस शय्याको प्रादेशिक आयुर्वेद चिकित्सालय छ ।यस अस्पतालबाट रामपुर क्षेत्रका साथै कालीगण्डकी बँेसी क्षेत्रका बासिन्दाले पनि प्रत्यक्ष सेवा लिने थलेकाले सेवाको दायरा फराकिलो बनाउँदै लगिने लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले बताउनुभयो ।

आयुर्वेद सेवालाई विस्तार गर्न नगरपालिकाको वडानं ५ स्थित आयुर्वेद औषधालयको भवनलाई स्तरोन्नति गरी सोही ठाउँमा पन्ध्र शय्याको अस्पताल भवन निर्माण थालिएको थियो । सङ्घीय सरकारको भवन निर्माणअन्तर्गत मूल्यअभिवृद्धि कर बाहेक रु नौ करोड ५४ लाख ८७ हजार ४८ को लागतमा ठेक्का सम्झौता भएकोमा भ्याटबाहेक रु ११ करोड ३३ लाख ४९ हजार ९३ रुपैयाँ ७६ पैसा बराबरको लागतमा उक्त भवन निर्माण भएको थियो । हाल यस अस्पतालमा दैनिक ५० जनासम्म बिरामी आउने गरेका छन् । रामपुर आयुर्वेद औषधालयको स्वामित्वमा १२ रोपनी आठ आना जग्गा छ ।
सोही जग्गामै साना र ठूला गरी ६८ कोठा सहितको तीनतले सुविधासम्पन्न भवन तयार पारिएको छ । विसं २०७६ पुस २५ गते ठेक्का सम्झौता गरी फागुनदेखि शिवशक्ति कन्ट्रक्सन प्रालीले निर्माण कार्य थालनी गरेकामा कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै चैत ११ गतेदेखि नेपाल सरकारले अनिश्चितकाल सम्मका लागि बन्दाबन्दी जारी गरेपछि निर्माण कार्यमा असर पुगेको थियो ।

बन्दाबन्दी खुकुलो भएपछि २०७७ को मङसिरदेखि पुनः भवन निर्माणको काम थालियो । सो भवन २०७८ भदौ २४ गतेभित्रमा सम्पन्न हुने सम्झौता भए पनि कोरोनाकै कारणले केही समय लम्बिन पुगेको थियो । आयुर्वेद अस्पतालमा नवौँ तह सम्मका चिकित्सको दरबन्दी छ । यस अस्पतालबाट पञ्चकर्म सेवा (स्नेहन, स्वदेन, वमन, विरेचन, नस्य, रक्तमोक्षण), आकस्मिक सेवा, ओपिडी, एक्सरे, ल्याबलगायत सेवा सञ्चालन हुने भएकाले बिरामीले धेरै फाइदा लिन पाउँनेछन् ।
रामपुरमा बढ्दै गएको जनघनत्वबमोजिम आयुर्वेद अस्पताल पनि अति आवश्यक भएको र यसबाट पूर्वी पाल्पाका नागरिकलाई उपचारमा ठूलो राहात भएको छ । सरकारी अस्पतालको पहुँच नपुगेको रामपुरमा विसं २०१७ मा रामपुर आयुर्वेद औषधालय स्थापना भएपछि यहाँका नागरिकले सरकारीस्तरको स्वास्थ्य सेवाको पाउँदै आएका थिए । विसं २०२९ मा भने अञ्चल आयुर्वेद औषधालयका रुपमा परिणत भएको र अञ्चल कार्यालय सदरमुकाम बुटवलमा मात्रै राख्ने तत्कालीन सरकारको निर्णयले विसं २०४३ माघ ६ गते अञ्चल कार्यालय बुटवलमा स्थानान्तरण गरिएपश्चात पुनः आयर्वेद औषधालयकै रुपमा सेवा दिन थालियो ।

सरकारी तवरबाट सबैभन्दा पहिला स्थापना भई नागरिकलाई स्वास्थ्य सेवा दिएको यस औषधालयलाई स्तरोन्नति गरी स्वास्थ्य क्षेत्रको सेवालाई फराकिलो बनाउन पन्ध्र शय्याको अस्पताल बनाइएपछि यहाँका नागरिकललाई स्वास्थ्योपचारमा ठूलो राहत मिलेको छ । सदरमुकाम तानसेनमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका साथै नगरपालिकाभित्र दुईवटा रामपुर आयुर्वेद र गाँडाकोट आयुर्वेद औषधालय रहेको छ । यसैगरी रैनादेवीछहरा, रिब्दिकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा एक÷एकवटा आयुर्वेद औषधालय छन् । रम्भा गाउँपालिकाले आफ्नै लगानीमा आयुर्वेद औषधालय स्थापना गरेको छ भने तिनाउ र निस्दी गाउँपालिकाले प्रदेश सरकारअन्तर्गत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिन थालेको छ ।रासस

सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.