• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

पीडित पक्ष र अस्पतालबीच तीन बुँदे सहमति

  •  बुधबार, जेठ १०, २०८० मा प्रकाशित

सिन्धुली । गर्भवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको सिन्धुली अस्पतालको सेवा सञ्चालन गर्न पीडित पक्ष र अस्पतालबीच तीन बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा घटनाको सत्यतथ्य छानबीन गर्न चार सदस्यीय छानबिन समिति तत्काल गठन गर्ने सहमति भएको छ ।

समितिमा बागमति प्रदेश मन्त्रालयबाट तोकिएका चिकित्सक दुई जना, जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको प्रतिनिधि एक र पीडितपक्षबाट आमन्त्रित एक जनाको समिति बन्ने प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो । जिल्ला अस्पतालले आन्तरिक सुधार तथा सम्बद्ध स्वास्थ्यकर्मीको व्यवहारगत पक्ष सुधार गर्ने, अस्पताल प्रशासनले अस्पतालको सेवा सञ्चालन गर्ने र पीडित पक्षले शव बुझी अन्त्येष्टी गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

पीडितको पक्षबाट मृतकको जेठाजु सोमबहादुर श्रेष्ठ र काका तुलबहादुर गुरुङले हस्ताक्षर गर्नुभएको छ भने अस्पतालका तर्फबाट अस्पताल विकास समिति अध्यक्ष सतिश ढकाल र निमित्त मेडिकल सुपरिटेन्डेन उमेश प्रधानले हस्ताक्षर गर्नुभएको छ । समितिका अध्यक्ष ढकालले आज अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न नसकिने बताउनुभयो । ओपिडी कक्षमा तोडफोड भएकाले सरसफाई र मर्मत गर्नुपर्ने भएकाले उहाँले आकस्मिक सेवा मात्रै सञ्चालन गरिने बताउनुभयो ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोख्रेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी उपरीक्षक राजकुमार सिलवाल, पूर्व बागमति प्रदेश स्वास्थ्य मन्त्री प्रदीप कटुवाल, पूर्वबागमति प्रदेशसभा सदस्य विनोद खड्का, कमलामाई नगरपालिका–७ का वडा अध्यक्ष कर्ण घिसिङको रोहवरमा उक्त सहमति भएको हो । सहमतिपछि बिपी राजमार्गमा पीडित पक्षले गर्दै आएको अवरोध खुलेको छ । कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोख्रेलले पीडित पक्षलाई राहतस्वरुप कमलामाई नगरपालिकाको तर्फबाट रू ५० हजार उपलब्ध गराउने बताउनुभयो । “मृतकको छोरी अपाङ्गता रहेकाले बालिकाको पठनपाठनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्नेछ”, उहाँले भन्नुभयो ।

मङ्गलबार बिहान प्रसूतिका लागि अस्पताल जानुभएकी कमलामाई नगरपालिका– ५ सिलामेकी अन्दाजी २५ वर्षीया गङ्गा गुरुङ श्रेष्ठको मृत्यु भएपछि आक्रोशित समूहले सिन्धुली अस्पताल तोडफोड गरेका थिए । उहाँको त्यहाँ उपचार हुन नसकेपछि अस्पतालले दिउँसो ३ बजे रिफर गरेको थियो । गर्भवतीलाई उपचारका लागि परिवारले बर्दिवासस्थित साई मल्टि स्पेशियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टर लगेका थिए । अस्पताल पुगे लगत्तै गङ्गालाई अस्पतालले मृत घोषणा गरेको थियो ।

मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण गर्भवतीको मृत्यु भएको भन्दै कारबाहीको माग गर्दै आफन्त र परिवारले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडबाट अस्पतालको इमर्जेन्सी कक्ष, ओपिडी कक्षा, बिरामी बस्ने वार्ड, औषधि पसल र आँखा अस्पतालमा क्षति पुर्‍याएका थिए ।रासस

बुधबार, जेठ १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.