चितवन । केन्द्रिय अस्पतालको रुपमा परिचित भरतपुर अस्पतालले भोलि( शुक्रबार) देखि दीर्घरोगीलाई एकै पटक तीन महिनाको लागि औषधि दिने भएको छ । अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानुपर्ने बिरामीहरुको लागि तीन महिनाको औषधि एकै पदक दिने व्यवस्था गरिएको हो ।
मधुमेह, उच्च रक्तचाप, थाईराईड जस्ता रोगको औषधि नियमित खानुपर्ने बिरामीलाई अस्पतालले यसअघि दुई महिनाको लागि एकै पटक औषधी दिंँदै आएको थियो ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बिमा बोर्डले दिर्घरोगीका लागि तीन महिनाको लागि एकैपटक औषधि दिनु भन्ने निर्देशन गरेसंँगै शुक्रबारबाट औषधि दिन लागिएको जानकारी दिनु भयो । ‘नियमित यी औषधि खाने बृद्धाबृद्धा ,असक्त र दीर्घरोगीका लागि सहज पनि हुन्छ , पौडेलले भन्नुभयो, अस्पतालमा बिरामीको चाप पनि कम हुन्छ । ’
स्वास्थ्य विमा लिने सेवाग्राहीका कारण अत्यधिक चाप बढेका कारण पनि यो सुविधा दिईएको पौडेलको भनाई छ ।
जिओपिडिमा बेलुकी ५ बजेसम्म चिकित्सक रहने र २ बजेसम्म टिकट पाईने हुँदा औषधि लेखाउनु पर्ने बिरामी १ बजे आएर सेवा लिन सक्ने अस्पतालले जानकारी दिएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म धेरै भिड हुने भन्दै अस्पतालले सेवाग्राहीलाई १ बजेपछि आउन आग्रह गरेको छ ।
दीर्घरोगीहरुले स्वास्थ्य बीमा मार्फत् औषधि खरिद गर्न चिकित्सकको प्रेस्क्रिप्सन चाहिंने हुँदा औषधि लेखाउन मात्रै पनि टिकट काटेर ओपिडिमा गएर चिकित्सकलाई जचाउन सक्नेछन ।
