काठमाडौं – इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा रुद्र मरासिनीलाई जिम्मेवारी दिइएको छ ।
स्वास्थ्यमन्त्री मोहन बस्नेतले बुधबार महाशाखाको निर्देशकमा डा मरासिनीलाई जिम्मेवारी दिनु भएको हो । यस अघि मरासिनी ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट हुनुहुन्थ्यो ।
त्यस्तै गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासलाई मन्त्रालयमा पठाइएको छ । भने ट्रमा सेन्टरमा डा रुद्र मरासिनीको ठाउँमा डा बद्री रिजाललाई जिम्मेवारी दिइएको छ ।
