काठमाडौं – परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको निर्देशकमा डा श्रीप्रसाद अधिकारीलाई जिम्मेवारी दिइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा डा अधिकारीलाई २१ औं अस्पताल निर्देशकको रुपमा नियुक्त गर्नुभएको हो । यसअघि अस्पतालको निर्देशकमा डा पवनजंग रायमाझी रहनुभएको थियो ।
डा अधिकारी सरकारी सेवाको दौरानमा तात्कालीन द्धन्दकालको समयमा हालको कर्णाली प्रदेशमा पर्ने हुम्ला जिल्लामा रही जनतालाई स्वास्थ्य सेवा दिनुभएको थियो । यस्तै गरी नवलपरासी जिल्लाको पहाडि भेग बुलिङटार गाउँपालिका र आफ्नो गृह जिल्ला चितवनको भरतपुर अस्पतालमा लामो समय कार्यरत भई केही वर्ष अगाडि परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल , काठमाडौंमा सरुवा हुनुभएको हो ।
