• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ११ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ११ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ११ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सुख्खा आँखा : कारण ,समस्या र बच्ने विधि

  •  शुक्रबार, जेठ १९, २०८० मा प्रकाशित

सुख्खा आँखा : कारण ,समस्या र बच्ने विधि

हाम्रो आँखाको नानीलाई पोषण दिने रक्तनलीहरु हंँुदैनन् । यसलाई सधैं आँसुले भिजाई राख्छ । आँसु रक्तकोष विनाको रगतको जस्तै सबै गुणहरु र बनाबट भएको पदार्थ हो । यो अश्रु ग्रन्थीहरुबाट उत्पादन हुन्छ । आँसुमा ३ तह हुन्छन् । बाहिरी तहमा तैलिय पदार्थ हुन्छ । यसले आँसुलाई वाफ भएर उड्नबाट बचाउँछ । बीचको भागमा पानी,लवण तत्व र हावा हुन्छ । भित्री तहले आँसुलाई नानीसँग टाँसेर राख्छ ।

आँसुका कामहरु :

– नानीलाई भिजाई सुक्नबाट बचाउँछ ।
– परेला चल्न सजिलो बनाउंँछ ।
– नानीबाट निष्कासित फोहरहरु र बाहिरबाट परेका धुलो, फोहर हटाउंँछ ।
– नानीलाई प्राणवायु (अक्सिजन) दिएर कार्बनडाईअक्साइडलाई हटाउंँछ ।
– जीवाणुको विकास रोक्छ ।
– आँखालाई रोगसंँग लड्ने क्षमता शक्ति प्रदान गर्छ ।
– एकनासको नानीको सतह बनाई राम्रो दृष्टि दिने प्रयत्न गर्छ ।
– आँसुले यी सबै कार्य गर्दै अश्रु निष्कासन प्रणाली हंँुदै नाकमा पुग्छ ।
सुख्खा आँखाबाट हुने समस्याहरु :
आँखामा आँसु कम हुन गएमा

– आँखा बिझाउंँने
– पोल्ने
– बटारिने
– यी माथिका कारणले आँसु बढी निस्कने
– आंँखामा धागा जस्तो निस्कने
– टाउको दुख्ने
– आँखामा घाउ भई देख्न कम,बत्तीमा हेर्न गाह्रो जस्ता समस्याहरु लिएर बिरामीहरु आँखा अस्पताल र आँखा क्लिनिकहरुमा धाईराखेका हुन्छन् ।

आँखा सुख्खा हुने कारणहरु :
– अत्यधिक रुपमा विद्युतीय श्रवण एवं दृष्य यन्त्रहरु ( मोबाइल,कम्युटर,टि.भी.) प्रयोग गर्दा ।
– मस्तिष्क नाडीको पक्षघात हुंँदा ।
– आँखाको डल्लो बाहिर निस्कने (प्रायः थाइराइड रोग) रोगहरुले ।
– खुंँडे परेला (जन्मजात वा चोटपटकजन्य )ले गर्दा ।
– परेला बाहिर फर्कने समस्याले ।
– विविध बेहोस हुने अबस्थाका बिरामीले ।
– शल्यक्रिया गर्दा बेहोस बनाउंँदा ।
– खस्केको परेलाको शल्यक्रियामा बढी मिलाउंँदा ।
– आँखा वरिपरिको चोटजन्य घाउ बढी कसेर सिलाउंँदा ।
– धेरै समय एसी र पंखामुनी बस्दा ।
– लामो समय पढ्दा ।
– गर्मी ठाँउमा बस्दा, काम गर्दा

यसैगरी दुई बर्षअघि कोरोना महामारीले गर्दा मानिसको बाहिरी कार्य ठप्प नै रह्यो । यसरी समय बिताउन धेरैले मोबाइल हेर्ने, मनोरञ्जन लिने समय कटाउन व्यस्त रहे । विद्यार्थीहरुको विद्यालय बन्द हँुदा अध्ययन अध्यापन कम्युटर मार्पmत चलाउंँदा धेरै विद्यार्थी,बैंकका कर्मचारी,युवा,बयस्क बुढाबुढीमा आँखा पोल्ने,बिझाउने ,टाउको दुख्ने समस्या लिएर आउने गरेका छन । बढी कम्युटर,मोबाइलको प्रयोगबाट सन् २०२२ मा भारतमा ४७ करोड र चीनमा पनि ४७ करोड आँखाको समस्या आएको सञ्चार माध्यमहरुले बताउंँदै आएका छन ।
पछिल्लो समय आमाबाबुले नै साना छोराछोरीहरुको बानी बिगारिरहेका छन् । साना बालबालिकाहरुलाई खाना खुवाउंँदा मोबाइल देखाएर खुवाउने बानीले गर्दा साना बच्चा, विद्यालय जाने साना विद्यार्थीहरुमा आँखा पोल्ने,टाउको दुख्ने समस्याहरु लिएर आइरहेका छन् । बुढाबुढीहरुलाई पनि मोबाइलमा लामो समय हेर्ने बानी लागिसकेको हंँुदा उनीहरुमा पनि सुख्खा आँखाको समस्या आएका छन् ।

उपचार :

नानी सुख्खा हुनबाट बचाउन निम्न अनुसारका कार्य गर्नु आबश्यक छ ।
– कृतिम आँसुको रुपमा बजारमा पाइने आँखाका थोपा पटक पटक राख्ने
– मोबाइल कम्युटरको कम प्रयोग गर्ने ।
– कम्युटर चलाउने व्यवसाय भएकाले पटक पटक आँखा बन्द गर्ने ।
– एसी,पंखाको सट्टा कुलर चलाउने ।

उपचार विधि :

– पानी,फलफूल,साग प्रशस्त खाने
– कोठामा बाटा,बाल्टीनमा पानी राखेर कोठा चिसो राख्ने ।
– आफ्नो काम र अवस्थाले मिल्छ भने गर्मी ठाँउमा चैत्र १५ देखि असोज १५ सम्म नबस्ने ।
– नानीमा घाउ भएको भए आँखा चिकित्सकसँग सल्लाह लिई उपचार गर्ने
– बाहिर घुम्न जांँदा कालो चस्मा लगाउने ।

मोबाइल,कम्युटरको बढी प्रयोग, वातावरण अनुकुल कोठामा बस्ने चलन बढी राखेको हंँुदा सबै प्रयोगकर्ता सजग भएर आँखालाई बचाउंँन जरुरी छ । आँखा हाम्रो शरीरको एक महत्वपुर्ण ज्ञानेन्द्रिय हो । मृत्युपछिको दोश्रो दुःख लाग्दो क्षण भनेकै आँखाको समस्या हो । यस्तो अमुल्य आँखा बचाउंँ,सयौ वर्ष जीउने आशाको साथै सय वर्षसम्म देख्ने आशा पनि राखौं ।

लेखक प्रा.डा.ऋषिकान्त अधिकारी चितवन मेडिकल कलेज ,भरतपुरमा कार्यरत हुनुहुन्छ।

शुक्रबार, जेठ १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.