• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

  •  बिहिबार, जेठ २५, २०८० मा प्रकाशित

दमौली । तनहुँ जिल्ला गण्डकी प्रदेशको तेस्रो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । यसअघि गण्डकी प्रदेशको लमजुङ र पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेका छन् ।

जिल्लाका सबै स्थानीय तहमा रहेका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका बमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेको सुनिश्चिततासहित पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय तनहुँले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रिय वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङले जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नुभएको हो । कार्यक्रममा उहाँले पूर्ण खोप सुनिश्चिततालाई घोषणामा सिमित नराखी आगामी दिनमा दिगोपना दिनुपर्नेमा जोड दिनुभयो । गुरुङले घोषणा मात्रै ठूलो कुरा नभएको भन्दै यसको निरन्तरता प्रमुख चुनौती रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलगायत पूर्ण खोप सुनिश्चिततालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

जिल्लाका दशवटै पालिकाका ८५ वडाका बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्लागण्डकी नगरपालिकाका १२, घिरिङ गाउँपालिकाका पाँच, व्यास नगरपालिकाका १४, भीमाद नगरपालिकाका नौ, म्याग्दे गाउँपालिकाका सात, आँबुखैरेनी गाउँपालिकाका छ, बन्दीपुर गाउँपालिकाका छ, ऋषिङ गाउँपालिकाका आठ, देवघाट गाउँपालिकाका पाँच र भानु नगरपालिकाका १३ वटै वडाका खोप पाउनुपर्ने उमेर समूहका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएका छन् ।

व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले चैतभरी सबै वडाको प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीको उपस्थितिमा बालबालिकाको सर्वेक्षण गरी अघिल्लो खोप कार्यक्रममा छुटेका बालबालिकाको खोजी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वैशाखमा ‘खोज र खोप’ अभियान सञ्चालन गरी छुटेका बालबालिकालाई पुनः खोप दिएपछि पूर्ण खोप घोषणा गरिएको हो ।” उहाँका अनुसार नगरपालिकाभित्र ५९ महिना उमेर समूहका तीन हजार चार सय १९ बालबालिका रहेकामा ३८ जना खोप लगाउनबाट छुटेकामा सबैलाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख सोतीले जानकारी दिनुभयो ।

म्याग्दे गाउँपालिकाका एक हजार ४० बालबालिकालाई पूर्ण खोप लगाइएको छ । वडा नं १ मा एक सय ६६, वडा नम्बर २ मा एक सय ५०, वडा नम्बर ३ मा एक सय ३७, वडा नम्बर ४ मा एक सय ६०, वडा नम्बर ५ मा एक सय २९, वडा नम्बर ६ मा एक सय १५ र वडा नम्बर ७ मा एक सय ८३ लाई पूर्णखोप लगाइएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिनुभयो ।

गाउँपालिकाले विसं २०७९ फागुन १८ देखि चैत मसान्तसम्म हरेक वडामा बालबालिकाले खोप पाए÷नपाएको जाँच गर्न घरधुरी सर्वेक्षण गरेको थियो । आँबुखैरेनी गाउँपालिका छ वटै वडाका छ सय ९९ बालबालिकाले पूर्ण खोप पाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार खोप पाए/नपाएको सम्बन्धमा घरघरमै पुगेर सर्वेक्षण गरिएको थियो ।रासस

बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.