• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ११ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ११ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ११ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

हृदयघात र उपचार पद्धति

  •  आइतबार, जेठ २८, २०८० मा प्रकाशित

हृदयघात र उपचार पद्धति

नेपालमा बर्षेनी चालीस प्रतिशत व्यक्तिलाई नसर्ने रोग( Non – Communicable Disease ) लाग्ने गर्दछ । ती मध्येको चालीस प्रतिशत व्यक्तिहरु मुटुरोगको कारण बिरामी हुने वा मृत्यु हुने गर्दछ । मुटु रोग भन्नाले मुटुको संरचना(Anatomy) वा रगत पम्प गर्ने काममा( Function) खराबी आएको बुझिन्छ । मुटुको धमनीमा समस्या आउँदा हृदयघात हुन्छ । मुटुको मांशपेशी खराब भएमा कार्डियोमायोपाथी Cardiomyopathy) वा हार्ट फेलर (Heart Failure ) हुन्छ । मुटुको चालमा समस्या आउँने रोगलाई मुटुको धड्कनको रोग (Arrythmia) भनिन्छ । जन्मजात मुटुमा खराबी पनि रहन सक्छ । मुटुको भल्भमा खराबी बाथ रोगको कारण भएमा बाथ मुटु रोग ( Rheumati Heart Disease) भनिन्छ । यी मध्य हृदयघात प्रमुख र डरलाग्दो रहेकोले यहांँ सक्षिप्तमा यसको जानकारी गराइएको छ ।

छाती दुख्ने कारणहरु मध्ये मुटुको धमनी आकस्मिक रुपमा बन्द हुने हृदयघातको बिशेष महत्व छ । बर्षेनी हजारौं मानिस यसका कारण अकाल मृत्यु हुने गर्दछ र रोग लागेर बाँचेकाहरु पनि एक न एक स्वास्थ्य समस्याबाट गुज्रन पुग्दछन । अंग्रेजीमा यसलाई ‘हार्ट याटक’ ( Heart Attack) र बैज्ञानिक रुपमा मायोकार्डियाल इन्फ्रयाक्सन ( Myocardial Infarction) पनि भनिन्छ । दशक अगाडि सम्म पनि हृदयघात वयस्क तथा वृद्ध व्यक्ति र मु्लतः पुरुषलाईृ हुने गर्दथ्यो । अहिले थुप्रै युवाहरु र महिलालाई पनि हुन थालेको छ । चुरोट र सुर्ती सेवन, उच्च रक्तचाप, विलासी र अल्छी जीवनशैली, चिनीको रोग, अत्यधिक चिल्लोपना, पारिवारिक र सामाजिक कारण मानसिक तनाव, वंशाणुगत कारण र वैदेशिक रोजगारीका कारण बर्षेनी हृदयघात बढ्दै गइरहेको छ ।

कसैलाई पनि अत्यधिक र आकस्मिक रुपमा छाती दुख्ने र चिसो पसिना आउने, चक्कर आउने, पेट अचाक्ली पोल्ने, बान्ता र वाकवाक लाग्ने वा बेहोश हुने भएमा हृदयघात हुनसक्दछ । यस्तो लक्षण देखिएमा नजिकको अस्पताल वा चिकित्सकको परामर्शमा तुरुन्त गईहाल्नु पर्दछ । विभिन्न जाँच र परिक्षण गरेर हृदयघातको वर्गिकरण गर्नुपर्दछ र त्यसको आधारमा उपचार पद्धति अगाडि बढ्दछ । रगतको परिक्षणमा मुटुको निम्ति मुलतः CPKMB र Troponin को सहित सुगर, मृगौला र कोलेष्ट्रोलको जाँच गरिन्छ भने ECG र ECHO गरेर मुटुको परिक्षण गरिन्छ ।

मुलतंः हृदयघात भन्नाले ECG र रगत जाँच दुवैमा परिवर्तन देखिने ST-Myocardial infarction बुझिन्छ भने उत्तिकै खतरायुक्त Non-ST Myocardial infarction मा ECG मा खास परिवर्तन रहँदैन । रगत र ECG दुबैमा परिवर्तन नदेखिने तर बिरामीको लक्षण र समस्या हृदयघातसँग मिलेमा Unstable Angina भनिन्छ । कहिलेकाहींँ बढी धपेडी काम गर्दा वा आवेशमा आउँदा वा खाना खाएपछि छाती गहु्रंगो हुने, दुख्ने वा पोल्ने तर आराम गर्दा समस्या नहुने हुन्छ, जसलाई Stable Angina भनिन्छ ।

हृदयघातको विशेष परिक्षण र उपचारको निम्ति CATH LAB को जरुरत पर्दछ । बेहोश नबनाईकन हात वा खुट्टाको ठुलो धमनी बाट विशेष प्रकारको पाइप( CATHETER ) छिराएर मुटुको धमनीको गरिने परिक्षणलाई CORONARY ANGIOGRAPHY भनिन्छ । यस्तै विशेष पाइपबाट भित्र विशेष प्रकारको तार ( wire ) र BALLOON छिराई जाली (Stent) गर्ने प्रकृयालाई CORONARY ANGIOPLASTY भनिन्छ । हृदयघात भएको १२ घण्टा भित्र CORONARY ANGIOPLASTY गरिसक्नु पर्छ र सो समयमा नभएपनि बिरामीलाई छाती दुख्ने क्रम रहिरहेमा जति सक्दो चाँडो वा कम्तिमा तीन दिनभित्र सो प्रक्रिया सिद्धयाउनु पर्दछ । सबै अस्पतालमा क्याथ ल्याब मेशिन नरहन सक्छ वा मेशिन भएको अस्पतालमा डाक्टर वा सुविधा चौबिसै घण्टा उपलब्ध नहुन सक्छ । त्यस्तो बेला रगत पातलो बनाउने औषधिको प्रयोग गर्नुपर्छ र CATH LAB भएको अस्पतालमा जति सक्दो चाँडो लैजानुपर्छ । STREPTOKINASE वा TENECTEPLASE नामको औषधि रगत पातलो बनाउंँन प्रयोग गरिन्छ । सबै हृदयघात भएको बिरामीलाई ASPIRIN,CLOPIDOGREL र STATIN भन्ने औषधि प्रयोग गर्न जरुरी रहन्छ । कसै–कसैलाई By Pass Surgery अपे्रशन गर्नु अवस्था हुने गर्दछ ।

जस्तो उपचार पद्धति प्रयोग गरे पनि र जुन औषधि प्रयोग गरे पनि हृदयघातबाट ज्यान जान सक्ने खतरा सधै रहन्छ । खतरा कम हुनसक्छ तर जिरो कहिल्यै पनि हुँदैन । हृदयघात भएपछि मुटुको चालमा खराबी आउने, मुटुको पम्प गर्ने शक्ति क्षीण भई हार्ट फेलर वा Cardiogenic Shock हुने, मुटु च्यातिने, प्वाल पर्ने, मुटुको भल्भ लिक हुने वा मुटु भित्र रगतको ढिक्का जम्न गई ज्यानको खतरा हुने गर्दछ । उपचार ढिलो भएमा मुटुको मांशपेशीहरु ज्यादै कमजोर बन्ने र बाँचेकाहरुलाई पनि स्याँ स्याँ वा श्वासप्रश्वासको समस्या आईरहने हुन्छ ।

यसर्थ हृदयघात डरलाग्दो रोग भएको स्वतः सिद्ध हुन्छ । रोग लागेर औषधि उपचार गराउँन लाग्नु भन्दा, रोग लाग्न नदिन प्रयास गर्नुपर्दछ । चुरोट र सुर्तीको कहिल्यै प्रयोग गर्नु हुन्न र लत लागेको छ भनेपनि यसलाई छोडिहाल्नु पर्दछ । उच्च रक्तचापको औपधि प्रयोग गर्नुपर्छ र धेरै नुनिलो, चिल्लो, तारेको पोलेका खाना कम गर्नुपर्छ । हरियो सागपात र फलफूलका लागि विशेष जोड दिनुपर्छ । नियमित व्यायाम गर्ने, सकारात्मक सोच बनाउने, मानसिक तनाब कम गर्ने प्रयास गरिनै रहनुपर्छ । रोग लागेको बिरामीलाई पनि यही सुझावले काम गर्दछ । हृदयघात भएका बिरामीहरुले आफ्नो मन सानो बनाउनु हुंँदैन, नियमित औषधि प्रयोग गर्ने र समय समयमा डाक्टरको परामर्शमा जानुहोस् र सकारात्मक सोच र स्वस्थ जीवनशैली जिएर उदाहरण बन्नुपर्छ । यही सुझाब र शुभकामना रहन्छ ।

हृदयघातको उपचारको निम्ति गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको भुमिका सम्पूर्ण देशमा अनि लुम्बिनी प्रदेशमा सह्रानीय छ । चौबिसै घण्टा, सातै दिन खटिने स्वास्थकर्मीहरुबाट हृदयघातको बिरामी भर्ना गर्ने, उचित परामर्श दिने, परिक्षण गरिने र गर्न मिल्ने विरामीलाई CATH LAB को प्रयोग गरी समयमानै मुटुको धमनी हेरी बन्द भएको नशा खोल्ने काम गरिन्छ । ANGIOPLASTY गर्न नसक्ने बिरामीलाई पनि कोरोनरी केयर युनिट (CCU) मा भर्ना गरी रगत पातलो बनाउने औषधि प्रयोग गरी उपचार गर्ने गरिन्छ । यस अस्पतालमा करिब सात सय जति ANGIOPLASTY भइसकेको छ र हजारौं संख्यामा ANGIOGRAPHY गरिएको छ । रुपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखाची, दाङ्ग, प्युठान र स्याङ्जा का हृदयघातका बिरामीले यस अस्पतालबाट सुबिधा पाएका छन् । नेपाल सरकारबाट मुटुरोगको शल्यक्रियाको निम्ति दिइने सुविधा अन्तर्गत यस अस्पताल सुचीकृत भएका कारण एक लाख सम्म नगरपालिका वा गाँउपालिकाको सिफारिशमा सुविधा पनि पाईन्छ ।

हृदयघातको उपचारमा मात्र सिमित नरहेर, समय समयमा टेलिभिजनमा र पत्रपत्रिकामा लेख लेख्दै, बाटोमा विश्व मुटु दिवसको अवसरमा ¥याली निकाल्दै, मुटुको निःशुल्क क्याम्प गर्दै हृदयघात सम्बन्धी जनचेतना बढाउने काम पनि गरेको छ । हृदयघातको उपचारको लागि समयको धेरै महत्व हुन्छ र भनिन्छ “TIME IS MUSCLE” हृदयघात भएपछि हरेक मिनेटमा मुटुको मांशपेशी मर्दै गइरहेको हुन्छ । आफ्नो नजिकको अस्पताल र सो अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको विश्वासको साथ हृदयघातको उपचारका लागि परामर्श लिनु, स्रोत र साधनले भ्याउने उपचार समयमानै अगाडि बढाउन सकेमा धेरै राम्रो हुन्छ ।

(लेखक डा.सचिन ढुंगेल बुटवलमा रहेको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा कार्यरत हुनुहुन्छ । )

आइतबार, जेठ २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.