• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

झिम्पामा विशेषज्ञ अस्पताल निर्माण हुँदै

  •  शनिबार, असार ०२, २०८० मा प्रकाशित

ढोरपाटन । स्थानीय तहले काम गर्नुपूर्व तत्कालीन निसीखोला गाउँपालिकामा चार मात्रै स्वास्थ्यचौकी थिए । छरिएको बस्ती, एकदेखि अर्को ठाउँसम्म पुग्न घण्टौँ लाग्ने हुँदा यहाँका अधिकांश नागरिक स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा थिए । जब स्थानीय तहमा जनप्रतिनिधिले काम गर्न थालेपछि निसीखोलाका वडा–वडामा स्वास्थ्य संस्था स्थापना भएर सञ्चालनमा आएका छन् । स्थानीयले सामान्य उपचार गाउँ नजिकैको स्वास्थ्य संस्थामा गराउन पाए पनि जटिल प्रकारको उपचार गराउन कि त बुर्तिबाङ पुग्नुपर्छ कि भने ठूला सहरका सुविधायुक्त अस्पतालमा पुग्नुको विकल्प छैन ।

एक दशक अगाडिसम्म जिल्लाको सबैभन्दा दुर्गम मानिने निसीखोला राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिएपछि यहाँ थुप्रै विकासका ढोका खुलेका छन् । अहिले गाउँपालिकाले पनि स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको छ । सोहीअनुसार अहिले गाउँपालिकाले पालिकास्तरीय आधारभूत अस्पताल निर्माण गरिरहेको छ । गत वर्षदेखि वडा नम्बर ४ को झिम्पामा अस्पताल निर्माण भइरहेको छ । गाउँमै पालिकास्तरीय अस्पताल बन्न थालेपछि स्थानीयमा खुसी छाएको छ । लामो समयदेखि सामान्य रोगको उपचार गर्न घण्टौँ टाढा पुग्दै आएका स्थानीयमा अब घरै अगाडि उपचार गराउन पाउनेमा आशावादी छन् ।

यो अस्पताल सञ्चालनमा आए यहाँबाट विशेषज्ञ सेवा प्रदान हुने छ । अस्पताल गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्ने छ । झिम्पा गाउँको फेँदमा निर्माण हुन लागेको अस्पतालमा विशेषज्ञसहित स्वास्थ्य सेवा भएपछि निसीखोलाका हजारौँ नागरिकलाई स्वास्थ्य उपचारमा सहजता हुनेछ । यहाँका नागरिक सहज स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएकोमा आधारभूत अस्पताल निर्माणपश्चात् गाउँठाउँबाटै सहज सेवा लिन पाइने स्थानी प्रेमबहादुर मगरले बताउनुभयो । अहिलेसम्म गाउँमा कोही बिरामी भए उपचारका लागि झिवाखोला पुग्नु परेको सुनाउँदै अस्पताल सञ्चालनपछि धेरैलाई सहज हुने उहाँको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, “यहाँ यति ठूलो अस्पताल बन्छ भन्ने लागेको थिएन, सरकारले गाउँका मान्छेको समस्या बुझेर यहाँ अस्पताल बनाउँदै छ, हामी धेरै खुसी भएका छौँ, अब बिरामी भए पनि हजारौँ पैसा खर्च गरेर टाढा जान नपर्ने भयो, गाउँमै ठूला अस्पताल बन्न थालेको छ, अहिलेसम्म यस क्षेत्रका मान्छे बिरामी पर्दा बित्तिकै बुर्तिबाङ जान्थे, बुर्तिबाङ भएन भने पाल्पा, पोखरा, काठमाडौँ जाने गर्थे, उपचारका लागि धेरै खर्च हुन्थ्यो अब त्यो समस्या हट्ने छ ।”

केन्द्र सरकारको सहयोगमा यहाँ आधारभूत अस्पताल बन्न लागेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले जानकारी दिनुभयो । अस्पताल आगामी २०८० पुस महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको उहाँको भनाइ छ । निर्माण कम्पनीले त्यसअगावै सक्ने गरी काम गरिरहेको उहाँले बताउनुभयो । गाउँपालिकाले रु १० करोड ९४ लाखको ‘स्टिमेट’ गरेकोमा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले रु आठ करोड २४ लाखमा निर्माण गर्ने गरी जिम्मा लिएर काम तीव्र गतिमा गरिरहेको उहाँ बताउनुहुन्छ ।

“निर्माण कम्पनीले अहिले धमाधम काम गरिरहेको छ, अघिल्लो वर्षदेख नै काम गर्ने गरि अस्पतालको सम्झौताको काम पूरा भएको थियो, अब धेरै काम गर्न बाँकी देखिन्न, पुससम्म काम सक्नु पर्ने हुन्छ”, प्रमुख प्रशासकीय अधिकृत चन्दले भन्नुभयो, “बन्दै गरेको अस्पताल निसीखोलाको छेउमा रहेको हुँदा जोखिमजस्तो देखियो, त्यसले गर्दा गाउँपालिकाले चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन गरेर तटबन्धनको काम अगाडि बढेको छ, उपभोक्ता समितिमार्फत अहिले काम भएको छ ।”

भवन निर्माणका लागि गाउँपालिकाले दुई वर्ष अगाडिनै आठ रोपनी निःशुल्क जग्गा प्राप्त गरेको थियो । अस्पताल बनाउन सात रोपनी दुई आना जग्गा आवश्यक पर्ने मापदण्डमा उल्लेख छ । स्थानीय दुर्गबहादुर सुनारलगायतका दाताले अस्पताल निर्माण लागि जग्गा प्रदान गरेपछि गाउँपालिकाले गत वर्षनै अस्पतालको शिलान्यास गरेको थियो । नागरिकलाई पालिकाबाटै गुणस्तरीय र सहजरुपमा स्वाथ्य सेवा प्रदान गर्नका लागि यहाँ अस्पताल निर्माण गरेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताउनुभयो । अस्पताल सञ्चालनमा आए जटिल प्रकारका उपचारबाहेक अन्त जान नपर्ने उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “पहिलेदेखि हाम्रो पालिकाले पछाडि परेको थियो, त्यसले गर्दा विकासले छुन सकेको थिएन, अहिले बल्ल विकासले गति लिन थालेको छ, निसीखालामा अहिलेसम्म विशेषज्ञ डाक्टरद्वारा नागरिकको स्वास्थ्य परीक्षण र उपचार हुन सकेको छैन, अब एउटा अस्पतालमा बनिसकेको पनि विशेषज्ञ सुविधा नागरिकले पाउने छन्, स्वास्थ्योपचारका लागि नजिकमा अस्पताल नहुँदा विगतमा धेरै नागरिकले अकालमा ज्यान गुमाउनुप¥यो, अब सामान्य बिरामी भए पनि बुर्तिबाङ पुग्नुपर्ने बाध्यता हट्ने छ भने नागरिकको स्वास्थ्य, समय र पैसासमेत बचत हुनेछ ।”

निर्माण कम्पनीका प्रमुख दीपक अदैले हालसम्म अस्पतालको ८६ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । सम्झौता मिति अगावै सक्ने काम गरी काम गरे पनि काम गरेको रकम रोकिँदा समस्या भएको अदैको भनाइ छ । हाल निसीखोला गाउँपालिकामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ गरी आठ स्वास्थ्य सञ्चालनमा छन् । अबको केही दिनमै गाउँपालिकाले निसेल ढोरमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गर्ने भएको छ । निसेलढोरमा अहिलेसम्म स्वास्थ्य संस्था नहुँदा त्यहाँका स्थानीय उपचारका लागि निसीखोला र बुर्तिबाङ झर्नुपर्ने बाध्यता छ । रासस
–

शनिबार, असार ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.