• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनमा बुटवलको आम्दा

  •  आइतबार, असार ०३, २०८० मा प्रकाशित

लुम्बिनी ।बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनका लागि अध्ययन हुने भएको छ । बुटवल उपमहानगरपालिकाको पहलमा आम्दामा स्वास्थ्य क्षेत्रका विभिन्न तहको स्नातक तथा प्रवीणता प्रमाणपत्र तह अध्यापनका लागि तयारी सुरु भएको छ ।

अम्दामा डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको अध्ययन सुरु गर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)सँग अनुमति माग गरिएको छ । आम्दा अस्पताल सञ्चालक समितिको आज बसेको बैठकले अस्पतालमा डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको अध्ययनका लागि अनुमति प्राप्त हुने प्रक्रियामा रहेकाले आवश्यक काम अगाडि बढाउने निर्णय गरेको सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

नगरप्रमुख पाण्डेयको नेतृत्वमा जापान गएको टोलीले गत जेठमा आम्दा इन्टरनेसनलसँग अस्पतालको स्तरोन्नति गर्दै जनशक्ति उत्पादनमा जोड दिने समझदारी गरेको थियो । सोही समझदारीअनुसार अस्पतालमा दुई सय शय्या थप गर्ने निर्णय सञ्चालक समितिको बैठकले अनुमोदन गरेको पाण्डेयले बताउनुभयो ।

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य सङ्घले अस्पतालको स्तरोन्नति गर्नका लागि सामूहिक प्रतिबद्धता जनाएका छन् ।

बैठकले समझदारी अनुसारका काम अगाडि बढाउनका लागि सङ्घ र प्रदेश सरकारसँग समन्वय र सहजीकरण गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । अस्पतालमा न्यूरोसम्बन्धी उपचार सुरु गर्नका लागि आवश्यक प्रक्रिया पूरा गर्ने गरी काम अगाडि बढाउने निर्णय बैठकले गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा बालबालिकाका लागि पुस्तकालय स्थापना गर्ने निर्णय पनि गरिएको छ ।

विसं २०५३ मा बुटवल उपमहानगरपालिका–७ मा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको थियो । ५० शय्याबाट सुरु भएको अस्पतालमा हाल एक सय शय्या सञ्चालनमा छन् । रासस

आइतबार, असार ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.