• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ११ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ११ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ११ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

क्याथल्याब प्रविधि र प्रयोग

  •  आइतबार, असार ०३, २०८० मा प्रकाशित

क्याथल्याब प्रविधि र प्रयोग
क्याथल्याबको पुरा नाम क्याथेटराइजेशन ल्याबरोटरी हो । यसमा एक्स–रे पद्धतिमा आधारित फ्लोरोस्कोपिक नामक प्रविधिको प्रयोग हुन्छ । यो मुटु तथा नसा रोगको निदान तथा उपचारका निम्ति प्रयोग गरिन्छ । सन् १९२९ मा दाहिने मुटुका कोठाहरुको अध्ययन गर्न पहिलो पटक यो प्रविधिको प्रयोग गरिएको ईतिहास छ । तत्पश्चात सन् १९६० को दशकताका अमेरिकामा मुटुको नसाको अध्ययन गर्न यो प्रविधिको प्रयोग गरिएको थियो ।

नेपालमा क्याथल्याबको इतिहास
नेपालमा सन् २००० भन्दा अगाडी नै फ्लोरोस्कोपिक प्रविधि प्रयोगमा आएता पनि संस्थागत रुपमा भने सन् २००० बाट शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कोरोनरी एन्जीयोग्राफी गरी क्याथल्याबको प्रयोगको शुरुआत भएको देखिन्छ । हाल नेपालमा २७ वटा सेन्टरमा ३० वटा क्याथल्याब सञ्चालनमा रहेका छन् ।

क्याथल्याबमा के के गरिन्छ ?
हाल क्याथल्याबमा सबैभन्दा बढी गरिने जाँच भनेको कोरोनरी एन्जीयोग्राफी हो । शरीरका कुनै पनि भागका आर्टरीहरुको रक्त प्रवाह अथवा साँगुरोपनाको बारेमा क्याथल्याबमा अध्ययन गर्न सकिन्छ । मुटुको आर्टरीको ब्लकेज खोल्ने पद्धतिलाई एन्जीयोप्लास्टी भनिन्छ । यस्तै क्याथल्याबमा पेशमेकर आइ.सि.डि., सि.आर.टि.डि. राख्ने तथा मुटुको चाल गडबड भएका बिरामीमा इलेक्ट्रोफिजियोलोजी स्टडी तथा रेडियो फ्रिक्वेन्सी एबलेशन पनि गर्ने गरिन्छ । त्यस्तै अप्रेशन नगरी मुटुको भल्भ खोल्न वा फेर्न तथा मुटुको प्वाल टाल्न पनि क्याथल्याबको प्रयोग गरिन्छ । सामान्यतया क्याथल्याबमा गरिने प्रोसिजरमा बिरामीलाई बेहोस पारिँदैन ।

हाइब्रिड क्याथल्याब भनेको के हो ?
बिरामीलाई बेहोस नपारी प्रोसिजर गर्न मिल्ने तथा बेहोस पारेर ओपन हार्ट सर्जरी गर्न मिल्ने दुबै सुविधा भएको क्याथल्याबलाई हाईब्रिड क्याथल्याब भनिन्छ । हाल यो सुविधा नेपालमा मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मात्रै उपलब्ध रहेको छ ।

बाइप्लेन क्याथल्याब भनेको के हो ?
एउटा मात्रै क्यामेराले फोटो खिच्ने क्याथल्याबलाई मोनो प्लेन क्याथल्याब भनिन्छ । त्यस्तै दुईवटा क्यामेराले एकै साथ फोटो खिच्ने क्याथल्याबलाई बाइप्लेन क्याथल्याब भनिन्छ । यो प्रविधिमा प्रोसिजर चाँडो हुने भएकोले उक्त प्रक्रियामा प्रयोग हुने कन्ट्रास्ट मिडियम (विशेष किसिमको औषधि) को प्रयोग समेत कम हुने गर्दछ । हाल यो क्याथल्याब काठमाडांै मेडिकल कलेज सिनामंगल र उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटल बाँसबारीमा मात्र उपलब्ध छ ।

(लेखक प्रा.डा.राजेश नेपाल नोबेल मेडिकल कलेज विराटनगरमा वरिष्ट मुटुरोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।)

आइतबार, असार ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.