• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ११ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १४ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १४ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १६ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १६ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

एन्टिबायोटिकको जथाभावी प्रयोगले जनस्वास्थ्यमा चुनौती

  •  सोमबार, असार ०४, २०८० मा प्रकाशित

दोधारा, चाँदनी ।जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले नेपालमा महामारीको जोखिम बढेको विज्ञहरूले बताएका छन् । पछिल्लो समय कृषि, पशु र मानिसमा भइरहेको जथाभावी एन्टिबायोटिक औषधिको अत्यधिक प्रयोगले जनस्वास्थ्यमा चुनौतीसँगै जोखिम बढेको उहाँहरूले बताउनुभयो ।

विश्वव्यापी रूपमा बढ्दै गएको ‘एन्टिमाइक्रोबिएल रेसिस्टेन्स’को असर नेपालमा पनि देखिन थालेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा जगदीशचन्द्र जोशीले नेपाल एन्टिबायोटिक रेसिस्टेन्सको जोखिममा परेको बताउनुभयो । “एक स्वास्थ्य नीति अवलम्बन गरेर अगाडि बढ्न जरुरी छ । जति मानिसमा समस्या छ उति नै समस्या कृषि र पशुमा पनि छ”, निर्देशक जोशीले भन्नुभयो, “अबको युग एन्टिबायोटिक रेसिस्टेन्स अर्थात् एन्टिबायोटिकले काम नगर्ने भएको छ ।” उहाँले एक स्वास्थ्य अवधारणाअनुसार सबैको सहकार्यमा मात्रै एन्टिबायोटिक रेसिस्टेन्स न्यूनीकरण गर्न सम्भव हुने बताउनुभयो ।

युएसएआइडी एमट्याप्स परियोजनाका भाइरोलोजिष्ट डा सन्तोष दुलालले सन् २०१९ को एक अध्ययनअनुसार विश्वमा अनुमानित १२ लाख ७० हजार मानिसको मृत्यु एन्टिबायोटिक रेसिस्टेन्सका कारण भएको बताउनुभयो । “एचआइभी÷एड्स र मलेरियाबाट भन्दा बढी एन्टिबायोटिक रेसिस्टेन्सका कारण मानिसहरूको मृत्यु भइरहेको स्पष्ट छ”, उहाँले भन्नुभयो, “एन्टिबायोटिक औषधिले काम नगरेकै कारण सन् २०३० सम्म थप दुई करोड ४० लाख मानिस चरम गरिबीमा पुग्ने आङ्कलन गरिएको छ ।”

उहाँले एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग, मनलाग्दी रूपमा भएको खरिद, कृषि, पशुलगायत विभिन्न क्षेत्रमा अनावश्यक प्रयोग हुँदा एन्टिबायोटिकले काम गर्न छाडेको बताउनुभयो । काम गरेका औषधिहरू पनि निकै महँगा र गरिब जनताको पहुँचमा नभएको उहाँको भनाइ थियो ।

“विश्वका प्रमुख दश विश्वव्यापी जनस्वास्थ्य खतराहरूमध्ये एक एन्टिबायोटिक हो । विश्व स्वास्थ्य सङ्गठनले पनि यो विषय उल्लेख गरेको छ”, उहाँले भन्नुभयो, “हाल विश्वका गरिब देशहरूमा एन्टिबायोटिकले काम गर्ने क्षमतामा ह्रास आउँदै गएको पाइएको छ ।” उहाँले बिस्तारै एन्टिबायोटिक औषधिको काम गर्ने क्षमता शून्यमा पुग्दै गएको र उक्त समयमा देशले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्ने भएकाले समयमै सचेत हुनुपर्ने बताउनुभयो ।

सन् १९८७ मा ‘लिनेजोलिड’ एन्टिबायोटिक अन्तिम पटक बनेको थियो । पैँतीस वर्षयता कुनै नयाँ एन्टिबायोटिक बनेको छैन । यसले सन् २०५० सम्म वार्षिक तीन दशमलव ८५ कूल गार्हस्थ्य उत्पादनमा असर गर्ने देखिएको विज्ञहरू बताउँछन् । नेपालमा नेसनल एक्सन प्लान–एएमआर २०२१–२०२६ लागू हुन नसक्दा पनि समस्या देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले न्याप एएमआर स्वीकृतका लागि मन्त्रिपषरिषद् पठाएको छ ।

युएसएआइडी एमट्याप्सका एएमआर क्लिनिकल कन्सल्टेन्ट डा विवेक श्रेष्ठले शरीरको बनावट भिन्न भएका कारण पुरुष र महिलामा फरक फरक तवरले एन्टिबायोटिक औषधिले काम गर्ने बताउनुभयो । रासस

सोमबार, असार ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.