काठमाडौं । ईशान अस्पतालले एक दिने निःशुल्क आंँखा तथा दन्त शिविर सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत अस्पतालको आंँखा तथा दन्त विभागको सहकार्यमा उक्त शिविर सम्पन्न भएको हो । शिविरमा २२५ जना विरामीले सेवा लिएको अस्पतालका निर्देशक डा.रामानन्दन प्रसाद चौधरीले जानकारी दिनुभयो ।
उहांँका अनुसार शिविरमा १५० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो भने २५ जनालाई निशुल्क चश्मा प्रदान गरिएको थियो । शिविरमा ४८ जना दांँतका विरामीले सेवा लिएको उहांँले बताउनु भयो । आगामी दिनमा पनि अस्पतालले अन्य विभाग सँंग समन्वय गरेर यस्ता कार्यलाई निरन्तरता दिदै जाने उहांँको भनाई छ ।


