• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

जन्मजात मोतियाविन्दु भएका सागरको निःशुल्क शल्यक्रियापछि फेरिएको दैनिकी

  •  मङ्गलबार, असार १२, २०८० मा प्रकाशित

काठमाडौँ ।रतुवामाई नगरपालिका मोरङका १० वर्षीय सागर श्रेष्ठको जीवन र दैनिकी अहिले फेरिएको छ । आँखामा जन्मजात मोतियाविन्दुको समस्या भएका कारण टाढाको वस्तु देख्न र पढ्न नसक्ने सागरले अहिले सबै कुरा प्रस्ट देख्न थालेका छन् ।

मुनाल आदर्श विद्या सदनमा चौथो कक्षामा अध्ययनरत सागरको नेपाल नेत्रज्योति सङ्घको पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत सञ्चालित विराटनगर आँखा अस्पतालले निःशुल्क आँखाको शल्यक्रिया गरिदिएपछि उनको दैनिकी फेरिएको हो ।

सामान्य कृषि पेसामा आबद्ध उनको परिवारलाई उनको आँखामा समस्या देखिएपछि कसरी उपचार गर्ने भन्ने चिन्ताले सताएको थियो तर अस्पताल आएर सबै कुरा बताएपछि अस्पतालले नै उनको निःशुल्क शल्यक्रिया गरिदिएको हो । सिबिएमको आर्थिक सहयोगमा सञ्चालित सामुदायिक पहुँच र पुनर्वास कार्यक्रमअन्तर्गतको विद्यालय आँखा र कान जाँचमा आँखा परीक्षण गर्दा सागरको दाहिने आँखामा मध्यम दृष्टि कमजोरी थियो । आँखा स्वास्थ्यकर्मीले उनलाई रिपोर्ट दिई त्यो रिपोर्ट परिवारलाई दिन र नजिकैको आँखा अस्पतालमा परामर्श गर्न सल्लाह दिएका थिए ।

अरु दिनजस्तै सागरले घर पुगेपछि परिवारलाई रिपोर्ट दिए । “रिपोर्ट हेरेपछि हामीले तुरुन्तै आँखा अस्पतालमा ल्यायाँै”, सागरकी आमाले भन्नुभयो, “हामीजस्ता सामान्य परिवारलाई बिहान खाएपछि बेलुका के खाने भन्ने हुन्छ, अब छोराको शल्यक्रिया गर्नुपर्छ भनेपछि कसरी गर्ने भन्ने चिन्ता थियो तर अस्पताल आएपछि यहाँ डाक्टरले सबै उपचार र शल्यक्रिया निःशुल्क हुन्छ भनेपछि भगवान् नै पाएजस्तो भयो ।”

सागरको आँखामा जन्मजात मोतियाविन्दु भएकाले उनलाई आफ्नो आँखाले कतिसम्म प्रष्ट देख्छ र कति टाढासम्मको कुरा पढ्न र देख्न सकिन्छ भन्ने कुरा थाहा नै थिएन । जसका कारण उनलाई आफ्ना आँखामा समस्या छ वा कमजोर छ भन्ने कुरा थाहा नै भएन ।

सागरको उपचारमा संलग्न नेत्र विशेषज्ञ डा पवन श्रेष्ठले भन्नुभयो, “यही कारणले हो नियमितरूपमा आँखाको परीक्षण गर्नुपर्छ भनेको, कतिपय यो समस्या हो भन्ने थाहा नपाएर नै बिरामीले समस्यालाई झेलिरहेका छन् ।”

अस्पतालका मेडिकल डाइरेक्टर डा रक्षा पन्त सिटौलाले कुनै पनि नागरिक उपचारबाट वञ्चित हुनु नपरोस् भनेर अस्पतालले विभिन्न सङ्घ संस्था र निकायसँगको सहकार्यमा विभिन्न ठाउँमा निःशुल्क आँखा शिविर सञ्चालन गरिरहेको र अस्पताल आउने बिरामी पनि आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुनु नपर्ने जानकारी दिनुभयो । रासस

मङ्गलबार, असार १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.