• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ३ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ४ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ४ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ४ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ६ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ७ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ९ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ९ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ९ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

कोडियाबस्तीः रोग जितेर भोकसँग हारिरहेको बस्ती

  •  बिहिबार, असार १४, २०८० मा प्रकाशित

जनकपुरधाम । आजभन्दा १५÷१६ वर्षअघि मागेर खाने, भूमिहीन, कुष्टरोग प्रभावितलाई लक्षित गरी जनकपुरधाममा बनाइएको कोडियाबस्ती संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । समाजसेवी जमिरियादेवी कुर्मिनीले जनकपुरधाम उपमहानगरपालिका–७ मा निर्माण गरेको बीस कोठे भवनसहितको संरचना उहाँको निधनपछि संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो ।

कुनै समय करिब २२ परिवारका एक सय मान्छेको सामूहिक बसाइँ रहेको सो स्थानबाटै कुष्टरोग प्रभावितको औषधोपचार र उचित हेरचाह गरी नयाँ जीवन दिने काम भएको थियो ।

सडक किनारमा अपहेलित जीवन बाँचिरहेकालाई सम्मानित जीवन बाँच्न सिकाउने सोही बस्ती अचेल आफैँ नयाँ जीवनको पर्खाइमा छ । रङ्ग उड्दै गरेको अग्लोे पर्खाल । खियाँ लाग्दै गरेको फलामे प्रवेशद्वार (गेट) । त्यहीभित्र अग्लाअग्ला रुख र जीर्ण हुँदै गएको २० कोठे भवन । भवनजस्तै जीन्दगीको रङग उड्दै छ सुरुदेखि नै यहाँ बस्दै आउनुभएका बेचन मण्डलको पनि यो बस्तीको विगत र यसको योगदानका बारेमा जनकपुरका धेरैलाई जानकारी छ, तर पछिल्लो तितो कथाबारे भने धेरैजसो बेखबर छन् । कुनैबेला २०÷२२ परिवारका करिब एकसय जनाले नयाँ जिन्दगी पाएको यो २० कोठे भवनका तीन कोठाबाहेक सबैमा ताला लगाइएका छन् ।

ती कोठामध्ये एउटामा बेचन मण्डलको पाँच जनाको परिवार र अर्कोमा एकल महिला गीता सदा आफ्ना पाँच सन्तानसहित बसिरहनुभएको छ भने अर्को कोठामा २१ वर्षीय कृष्ण सदा एक्दै बस्न थालेको धेरै भइसक्यो । त्यो समय, जुनबेला कुष्टरोगी भनेपछि समाजले छिःछि दूरदूरको भावले हेथ्र्यो । जनकपुरधाम आसपासका कुष्टरोग प्रभावितको अवस्था पनि त्यही थियो । मागेर खानुपर्ने अवस्थाका अधिकांश भूमिहीन गरिब कुष्टरोग प्रभावितको त्यही अवस्था देखेर जनकपुर निवासी समाजसेवी जमिरियादेवी कुर्मिनीले धर्मशाला निर्माण गरिदिनुभएको थियो । छ कठ्ठा पाँच धुर जमिनमा २० कोठे भवन, भान्छा, मन्दिर र पठनपाठनका लागि शिक्षकसहितको व्यवस्था, कुष्टरोगीको नियमित औषधोपचार, खानपिनको बन्दोबस्त र उचित रेखदेखले ‘पूर्वजन्मको दोष’ देखाएर जीवनबाट हार खाएकामा जगाइएको आशाले बस्ती नै गुञ्जायमान हुँदै थियो तर विसं २०७२ साउन ११ गते जमिरियादेवीको मृत्यूपश्चात सो बस्ती उजाड बन्दै गएको छ ।

फेरि सडकमै

जमिरियादेवी जीवित हुँदासम्म यहाँ बसोबास गर्नेहरुको रेखदेख र गाँसबासका लागि सोहीअनुसारको बन्दोबस्त थियो । उहाँको निधनपश्चात भने सुरक्षा, संरक्षण र रेखदेखको अभावमा भवन जीर्ण बन्दै गएको छ । त्यही कारण आफूहरुलाई बस्न कठिन भइरहेको विजय सदाले बताउनुभयो । कवाडी उठाउने काम गरिरहनुभएका उहाँले वर्षौ बिताएको बस्ती छोडेर जानुपर्दा निकै दुःख लागिरहेको बताउनुभयो । “१५÷१६ वर्ष यही बस्तीमा बसियो । यही हुर्कियो । मेरो आमाले अन्तिम स्वास फेरेको ठाउँ पनि यही हो । माया त लाग्छ तर के गर्नु अहिले बस्ने अवस्था छैन”, सदाले भन्नुभयो,“जमिरियादेवि वितेपछि कसैले पनि रेखदेख गर्दैनन् । बिजुलीबत्ती छैन । बक्यौता रकम नतिरेको भनेर विद्युत प्राधिकरणले लाइन काटेको धेरै भइसक्यो ।

सक्नेले त काम गरिरहेका छन् तर कमजोर, एकल महिला, बालबालिकाले खानका लागि फेरि सडकमै सङ्घर्ष गर्नुपर्ने दिन आएको छ । यो देख्दा निकै नरमाइलो लागेको छ ।”बेचन मण्डलले पनि जीर्ण संरचनाका कारण यहाँको बसाइँ निकै कष्टकर हुँदै गएको बताउनुभयो । सडकबाट उठाएर यो बस्तीमा ल्याउनुभएकी जमिरियादेवीको निधनपछि फेरि सडकमै फर्किनुपर्ने अवस्था आएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । “सुरुमा हामी सडकमा थियौँ । परिक्रममा रोडले उठिबास लगाएपछि आमा (जमिरियादेवी) ले धर्मशाला बनाएर यहाँ राख्नुभयो । २०÷२२ परिवारका सदस्य रमाएर बसिरहेका थियौँ । आमाको निधनपछि भवन संरक्षण गर्न कसैले सहयोग गरेनन् । कोराना र त्यसपछि बढ्दै गएको समस्याले अहिले सबैसोले बस्ती छोडिसके, अहिले तीन परिवार मात्रै यहीँ बसिरहेका छौँ”, मण्डलले भन्नुभयो,“हाम्रा नौ÷दशजना सदस्यले यही ठाउँमा ज्यान गुमाएका छन् । मेरो आमा, एउटा छोरी र एउटा छोरोको ज्यान पनि यही गएको हो । पछिल्लो समय भवन जीर्ण छ, भूतप्रेत सताउँछ, मान्छे मर्छन् भनेर कोही बस्न मान्दैनन् । खै! हामीहरुको बसाइँ पनि कति दिन हो । सम्झिँदा विरक्त लाग्छ ।”

जनकपुरधाम वडा नं सातका पूर्वअध्यक्ष जानकीराम साहले पनि भवनको संरक्षण र त्यहाँ बस्नेको सुरक्षा अभावमा बस्ती छोड्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको जानकारी दिनुभयो । आफ्नो कार्यकालमा वडास्तरबाट केही सहयोग भए पनि पछिल्लो समय धर्मशाला व्यवस्थापनका लागि कसैले ध्यान नदिँदा त्यहाँ बस्ने फेरि माग्ने र दैनिक गुजाराका लागि अन्य जोखिमपूर्ण काममा फर्किन थालेको साहले बताउनुभयो । “जमिरियादेवीले पवित्र उद्देश्यसहित धर्मशाला निर्माण गर्नुभएको थियो । त्यहीँ बसेर धेरै रोगीले जीवनदान पाए ।

घरबारविहीनले आश्रय र बालबालिकाले शिक्षाको ज्योति पाए तर पछिल्लो समय सबैको विचल्ली हुँदैछ”, साहले भन्नुभयो,“जमिरियादेविको निधनपछि उहाँको पवित्र कार्यको उत्तराधिकारी बन्ने सपना कसैले देखेका छैनन् । बरु उत्तराधिकारी र धर्मसन्तानको नाममा केही मान्छेले व्यक्तिगत लाभ लिन खोज्दै गरेको सुनिएको छ । स्थानीय सरकारले पनि चासो दिएको छैन । वर्षौपछि मगन्ते हुनु नगरकै लागि अशोभनिय भएकोले सो धर्मशालाको व्यवस्थापनमा नगरपालिकाले नै ध्यान दिनुपर्छ ।”

फेरि भेटिएनन् प्रगास

गत मङ्सिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघि हामी स्थलगत रिपोर्टिङमा जाँदा सो बस्तीका प्रगास सदा प्रवेशद्वार अगाडि पलेटी कसेर बसिरहनुभएको थियो । चुनावको माहोल भएकाले सो बस्तीमा पनि चहलपहल बढिरहेको थियो । कुष्टरोगको औषधिसेवनपछि निको भएको बताउने सदाले कमजोर शारिरिक अवस्थाले परिवारका लागि खानेलाउने कुरा जोहो गर्न नसक्दा निकै समस्या भएको सुनाउनुभएको थियो । “श्रीमति र छोरीहरुले मागेर ल्याएपछि मात्रै खान पाउँछु । पहिले जमिरियादेवि हुँदा समस्या भएको बेला सहयोग पाइन्थ्यो । अहिले त कसैले पनि हेर्दैनन् । नेताहरु पनि भोट माग्न आएको देख्छु तर अरु समय हाम्रोबारे कसैले खबर राख्दैनन् । अब त बाँच्नै मुस्किल भयो”, उहाँले भन्नुभएको थियो ।

यसपटक रिपोटिङमा जाँदा हामीले उहाँलाई खोज्यौँ । कही नदेखेपछि नजिकै रहेकी गीतादेवी सदा नाम बताउने महिलासँग बुझ्दा चुनावको केही महिनापछि प्रगासको निधन भइसकेको रहेछ । तिनै प्रगासको श्रीमति सदाले भन्नुभयो,“रोग त थिएन तर कमजोर भइसकेको मान्छेलाई हावा (प्यारालाइसिस) लाग्यो ? बचाउँन सकिएन ।”

सदाका अनुसार अहिले धेरैले बस्ती छोडे र बाँकी रहेका पनि बस्ती छोड्ने अन्तिम तयारीमा छन् तर उहाँसँग भने कुनै विकल्प छैन । “पहिले सडकमा माग्दामाग्दै उहाँसँग विवाह भयो । घरको पत्ता नलागेरै उहाँको निधन भइसक्यो”, आँसु लुकाउँदै सदाले भन्नुभयो,“धेरैले यो ठाउँ छोडिसके, अरुले पनि छोड्दै छन् तर मेरो त जाने ठाउँ कहि पनि छैन । खै ! अब फेरि सडकको बास हुनेपो हो कि ! भवन व्यवस्थापनका लागि कसैले सहयोग गरिदिए बस्न सकिन्थ्यो होला तर अहिले कसैले पनि दयामाया गर्दैनन् ।”
वडा नं सातका निवर्तमान अध्यक्ष साहकाअनुसार यो बस्तीमा दुई वर्षअघि (कोरोनाकालमा) ४० जनाको बसोबास थियो । त्योमध्ये प्रगासलगायत केहीको मृत्यु भइसकेको छ । त्यति धेरै बसोबास भएको यो बस्तीमा अहिले ११ जना मात्रै छन् । जमिरियादेवीको निधनपश्चात धर्मशाला छोडेर फेरि सडकमा आउँनेहरुको सङ्ख्या बढ्दैछ । यो सबैको चिन्ता र चासोको विषय हनुपर्ने उहाँको भनाइ छ । रासस

बिहिबार, असार १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.