• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  •  आइतबार, भदौ २१, २०८३ मा प्रकाशित

रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले भैरहवास्थित भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले आवश्यक पहल र सहयोग गर्ने बताउनुभएको छ । हालको अस्पतालको ५० शय्या क्षमताले दैनिक आउने बिरामीको चाप धान्न कठिन भइरहेको उल्लेख गर्दै उहाँले अस्पतालको भौतिक संरचना विस्तारसँगै विशेषज्ञ चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको दरबन्दी र सेवा थप गर्न प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो ।

भीम अस्पतालमा व्यवस्थापन समिति, विभागीय प्रमुख तथा स्वास्थ्यकर्मीसँगको आन्तरिक छलफलमा मन्त्री पुनले भीम अस्पताललाई उपचार सेवा प्रदान गर्ने संस्थाका रूपमा मात्र नभई आवश्यक स्वास्थ्य जनशक्ति उत्पादन गर्ने केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । नेपालमा नर्सिङलगायत विभिन्न विधाका स्वास्थ्यकर्मीको अभाव रहेको उल्लेख गर्दै मन्त्री पुनले भीम अस्पतालले स्वास्थ्यकर्मी उत्पादनतर्फ अघि बढ्नुपर्ने बताउनुभयो । त्यसका लागि प्रदेश सरकारले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै अस्पताल व्यवस्थापनलाई यसतर्फ पहल गर्न आग्रह गर्नुभयो । मन्त्री पुनले रुपन्देही, कपिलवस्तु, नवलपरासी तथा भारतबाट समेत बिरामी आउने भीम अस्पताल लुम्बिनी प्रदेशको महत्त्वपूर्ण स्वास्थ्य संस्था भएको बताउनुभयो ।

दैनिक करिब ६०० बिरामीले सेवा लिने अस्पतालमा आवश्यक पूर्वाधार, प्रविधि तथा जनशक्ति थप गर्नुपर्ने उहाँको भनाइ थियो । कोभिड–१९ महामारीका समयमा रुपन्देहीका अन्य अस्पताल आंशिक रूपमा सञ्चालन भइरहेका बेला भीम अस्पतालले कोभिड अस्पतालका रूपमा प्रभावकारी सेवा दिएको उल्लेख गर्दै उहाँले अस्पतालले स्वास्थ्य सेवाको अग्रपङ्क्तिमा रहेर काम गरेकोमा प्रशंसा गर्नुभयो । स्वास्थ्यमन्त्री पुनले लामो समयदेखि अस्थायी तथा ज्यालादारीमा कार्यरत कर्मचारीको सेवा–सुविधाका विषयमा पनि आवश्यक पहल गर्ने बताउनुभयो । प्रदेश सरकार, अस्पताल र व्यवस्थापन समितिअन्तर्गत कार्यरत कर्मचारीबीच देखिएको सेवा–सुविधासम्बन्धी विभेदलाई सकेसम्म एकरूपता ल्याउनेतर्फ पहल गर्ने उहाँले बताउनुभयो ।

स्वास्थ्य क्षेत्रलाई थप मर्यादित, व्यवस्थित र जनमुखी बनाउन आफ्नो मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै मन्त्री पुनले स्वास्थ्यकर्मीलाई नागरिकका लागि महत्त्वपूर्ण सेवकका रूपमा सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा आनन्दकुमार शर्माले भीम अस्पताल यस क्षेत्रको पुरानो तथा महत्त्वपूर्ण स्वास्थ्य संस्था भएकाले सर्वसाधारणलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले अस्पताललाई १०० शय्यामा विस्तार गरी गुणस्तरीय सेवा प्रदान गर्ने संस्थाका रूपमा विकास गर्न प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।

भीम अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शैलेजा घिमिरेले अस्पतालमा भौतिक पूर्वाधार, आधुनिक प्रविधि, स्वास्थ्यकर्मी तथा रेडियोलोजीमा विशेषज्ञको अभाव रहेको जानकारी गराउँदै आवश्यक व्यवस्था मिलाउन मन्त्री पुनसँग आग्रह गर्नुभयो । उहाँले रुपन्देही, कपिलवस्तु, नवलपरासी तथा भारतबाट आउने बिरामीका लागि भीम अस्पताल भरपर्दो स्वास्थ्य संस्था भएकाले जनताको विश्वास कायम राख्न नयाँ प्रविधि र आवश्यक जनशक्ति थप गर्नुपर्ने बताउनुभयो ।

अस्पतालका व्यवस्थापक छमबहादुर अधिकारीले बजेट तथा जनशक्तिको अभावका कारण अस्पतालको सेवा विस्तारमा समस्या रहेको बताउँदै विशेषज्ञ चिकित्सकसहित आवश्यक स्वास्थ्यकर्मी र बजेटको व्यवस्था गर्न आग्रह गर्नुभयो । अस्पतालका स्वास्थ्यकर्मी गोपाल उपाध्याय र जनकराज पन्तले अस्पतालका समस्या समाधान गरी जनमुखी स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा अस्पतालका विभागीय प्रमुख, स्वास्थ्यकर्मी तथा कर्मचारीको सहभागिता थियो। रासस

आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.