• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  •  शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित

भद्रपुर । उमेर ढल्किँदै गएपछि स्वास्थ्य समस्या थपिँदै जान्छ । उपचारका लागि स्वास्थ्य संस्था पुग्न सक्ने अवस्था नहुँदा धेरै ज्येष्ठ नागरिक सामान्य समस्या लिएर घरमै बस्न बाध्य हुन्छन् । यहाँको अर्जुनधारा नगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मीलाई टोलटोलमा पठाउन थालेको छ । अर्जुनधारा–८ को शनिश्चरे चोकस्थित ज्येष्ठ नागरिक चौतारी यसको उदाहरण बनेको छ । दिनहुँ ज्येष्ठ नागरिक भेला हुने चौतारीमा अहिले सुखदुःखका कुरा र राजनीतिक गफसँगै स्वास्थ्य परीक्षण हुन थालेको छ ।

स्थानीय आधारभूत स्वास्थ्य केन्द्रले हरेक महिनाको १६ गते ज्येष्ठ नागरिक चौतारीमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । वडाध्यक्ष कुमार उप्रेतीका अनुसार ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले २०८१ मङ्सिरदेखि टोलटोल तथा ज्येष्ठ नागरिक चौतारीमै पुगेर स्वास्थ्य परीक्षण सुरु गरिएको हो । “ज्येष्ठ नागरिकलाई स्वास्थ्य संस्थासम्म आउन कठिन हुने भएकाले उहाँहरू भेला हुने स्थानमा पुगेर स्वास्थ्य परीक्षण र परामर्श दिने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, ‘हरेक महिनाको १६ गते ज्येष्ठ नागरिक चौतारीमा नियमित स्वास्थ्य सेवा दिँदै आएका छौँ ।”

बिहीबार उक्त ज्येष्ठ नागरिक चौतारीमा ४० जनाभन्दा बढीले स्वास्थ्य सेवा लिएका थिए । स्वास्थ्य केन्द्रकी नर्सिङ निरीक्षक मञ्जु बास्तोलाका अनुसार स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकलाई मानसिक स्वास्थ्यसम्बन्धी परामर्श दिइने गरिएको छ । गर्भवती महिलालाई भने स्वास्थ्य केन्द्रमा बोलाएर परामर्श दिने गरिएको उहाँले बताउनुभयो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र कुइँकेलका अनुसार कार्यक्रमको उद्देश्य स्वास्थ्य परीक्षणमा मात्र सीमित छैन । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्नुका साथै उनीहरूको एक्लोपन कम गर्नु पनि कार्यक्रमको महत्त्वपूर्ण पक्ष हो । “ज्येष्ठ नागरिकलाई गाह्रो–अप्ठ्यारो सोधिदिने कमै हुनुहुन्छ”, कुइँकेलले भन्नुभयो, “छोराछोरी स्वदेशमा व्यस्त हुनुहुन्छ कि विदेशमा हुनुहुन्छ ।

बिरामी हुँदा स्वास्थ्य संस्थामा पुर्याउने मान्छेको अभाव छ । नातिनातिनी पुस्ता र ज्येष्ठ नागरिकबीच संवादहीनताको अवस्था छ ।” स्वास्थ्यकर्मी टोलमै पुग्दा रोगको पहिचान र परामर्शसँगै ज्येष्ठ नागरिकसँग प्रत्यक्ष संवाद हुने भएकाले सामाजिक रूपमा पनि कार्यक्रम प्रभावकारी हुने स्वास्थ्य शाखाको बुझाइ छ । ज्येष्ठ नागरिक भेला हुने स्थानमै पुगेर स्वास्थ्य सेवा दिँदा स्थानीय सरकारको उपस्थिति घरदैलोसम्म पुगेको अनुभूति हुने शाखा प्रमुख कुइँकेललको भनाइ छ । अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा समेत ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणलाई प्राथमिकतामा राखेको नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले बताउनुभयो । “ज्येष्ठ नागरिक स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने अवस्था हुनसक्छ । त्यसैले उहाँहरू जहाँ भेला हुनुहुन्छ, त्यहीँ पुगेर स्वास्थ्य सेवा दिने हाम्रो उद्देश्य हो”, नगरप्रमुख तामाङले भन्नुभयो, “स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकसँग प्रत्यक्ष भेटघाट र संवाद हुने भएकाले यसले उहाँहरूको सामाजिक एक्लोपन कम गर्न सहयोग पुग्छ ।”

नगरप्रमुख तामाङका अनुसार सबै वडामा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै टोलटोलमा स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ । यही चौतारीबाट स्वास्थ्य सेवा लिनुभएका ७० वर्षीय ज्येष्ठ नागरिक उपेन्द्रप्रसाद दाहालले चौतारीमाा स्वास्थ्य जाँच गर्न पाउँदा सहज भएको बताउनुभयो । स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने झन्झट नहुने र आफ्नै ठाउँमा स्वास्थ्यकर्मी आएर जाँच गरिदिँदा कार्यक्रम ज्येष्ठ नागरिकका लागि निकै उपयोगी भएको उहाँको भनाइ छ । “हामी भेला हुने चौतारीमा स्वास्थ्यकर्मी आएर स्वास्थ्य परीक्षण गरिदिँदा निकै सहज भएको छ । स्वास्थ्य जाँचसँगै स्वास्थ्यकर्मीले हाम्रो कुरा सुनिदिँदा र भेटघाट हुँदा एक्लोपन पनि कम भएको महसुस हुन्छ”, उहाँले भन्नुभयो।रासस

शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.