चितवन । माडीको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगका १२३ जना बिरामीले सेवा लिएका छन् ।
७२औँ मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन चितवन, पुष्प–मदन स्मृति वनवाटिका, लक्ष्मीनिवास माडी, नेकपा (एमाले) माडी नगर कमिटी र मोडर्न अस्पताल भरतपुरको आयोजनामा शिविर सम्पन्न भएको थियो ।
सेवा लिनेमध्ये ८६ जना महिला र ३७ जना पुरूष रहेका छन् । सेवा लिएकामध्ये ८० प्रतिशतभन्दा धेरै हार्डजोर्नीका समस्या रहेको मोडर्न अस्पतालका प्रबन्धक विष्णु भट्टले जानकारी दिए ।
शिविरमा अर्थाेपेडिक सर्जन डा. अरूण सिग्देल, फिजिसियन डा. प्रतीक न्यौपाने, गाइनोकोलोजिष्ट डा. केशव आचार्य, मेडिकल अफिसर डा. संवाद आचार्य, एनेस्थेसियोलोजिष्ट डा. सञ्जय पौडेल, नाक–कान–घाँटी रोग विशेषज्ञ डा. छाया भण्डारी, एचए विशालकुमार लाहेरा लगायत सक्रिय थिए ।
कार्यक्रममा पूर्वप्रदेश मन्त्री दावा लामा, माडी नगरप्रमुख ताराकाजी कुमारी महतो, एमाले केन्द्रीय सल्लाहकार रमाकान्त सापकोटा, एमाले माडी नगर कमिटी अध्यक्ष नारायण अधिकारी, फाउन्डेसनका वरिष्ठ उपाध्यक्ष शम्भु सुवेदी र सचिव श्याम विष्ट लगायतको सहभागिता थियो ।
फाउन्डेसनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
