भरतपुर । चितवनको माडिस्थित राष्ट्रिय आधारभूत विद्यालय कान्तिपुरको आयोजनामा एक दिने नि:शुल्क दन्त रोग सम्बन्धी सचेतना तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । ग्रामिण क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै दन्त सचेतना तथा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको हो ।
शिविरमा दन्त रोग विशेषज्ञ डा.राज कुमार पन्त नेतृत्वको मेडिकल टिमले राष्ट्रिय आधारभूत विद्यालय कान्तिपुरमा अध्ययनरत ६० जना विद्यार्थीको दन्त रोग सम्बन्धी सचेतना तथा स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरको प्राविधिक सहयोग माडीको बसन्तपुर बजारमा रहेको विश्वास फार्मेसी र आर.के.डेन्टलको रहेको थियो ।
शिविरमा विद्यार्थीहरुलाई आवश्यकता अनुसार दन्त ब्रस,मन्जन र औषधि वितरण गरिएको वरिष्ठ स्वास्थ्यकर्मी गोबिन्द नेपालले जानकारी दिनु भयो ।




