• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १२ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

२८ प्रतिशतले गर्छन् आफूखुसी एन्टिमाइक्रोवियल औषधिको प्रयोग

  •  बिहिबार, असार २१, २०८० मा प्रकाशित

काठमाडौँ । नेपालमा जैविक प्रतिरोध (एन्टिमाइक्रोवियल) औषधि खानेको सङ्ख्या बढ्दै गएको छ । चिकित्सकको सल्लाहबिना नै एन्टिमाइक्रोवियल औषधि खानेको सङ्ख्या बढ्दै गएको अध्ययनले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज सार्वजनिक गरेको ‘नेपालमा एन्टिमाइक्रोवियल औषधिको प्रयोगको अवस्था’बारे गरिएको अध्ययनअनुसार नेपालमा ७० प्रतिशत मानिसले कडा खालको एन्टिमाइक्रोवियल औषधि सेवन गर्ने गरेको पाइएको अध्ययनमा संलग्न तथा त्रिभुनव विश्वविद्यालय (त्रिवि)का माइक्रोवायोलोजी केन्द्रीय विभागका सहप्राध्यापक डा मेघराज बन्जाराले जानकारी दिनुभयो ।

विश्वमा एक सय ८० एन्टिमाइक्रोवियललाई विभिन्न तीन समूहमा विभाजन गरिएको छ । उहाँले विश्व स्वास्थ्य सङ्गठनले कम मात्रामा कडा खालका एन्टिमाइक्रोवियल औषधि प्रयोग गर्ने भनेता पनि नेपालमा यसको प्रयोग बढिरहेको बताउनुभयो । उहाँले एन्टिमाइक्रोवियल औषधिको प्रयोग नेपालमा चाहिनेभन्दा बढी प्रयोग भइरहेको बताउनुभयो ।

डा बन्जाराले नचाहिने व्यक्तिलाई पनि प्रयोग गर्ने, चाहिनेभन्दा बढी प्रयोग भइरहेकाले एन्टिमाइक्रोवियलको दुरुपयोग भएको बताउनुभयो । उहाँका अनुसार चिकित्सकले पनि बिरामीलाई सही सिफारिस नगर्ने, सर्वसाधारणले पनि प्रिस्क्रिप्सन (बिरामी पुर्जा)बिना नै एन्टिमाइक्रोवियल प्रयोग गर्ने बढेको पाइएको छ ।

“जुन जीवाणुलाई मार्नका लागि हामीले एन्टिमाइक्रोवियल प्रयोग गर्दछौँ, तिनीहरू प्रयोग गरिररहेका एन्टिमाइक्रोवियलबाट नमर्ने अवस्था रहेको छ”, उहाँले भन्नुभयो, “छत्तीस वर्षदेखि नयाँ एन्टिमाइक्रोवियल बनेको छैन । जति मात्रामा एन्टिमाइक्रोवियल चाहिने हो, त्यति नै प्रयोग गर्नुपर्दछ । त्यसो गर्दा एन्टिमाइक्रोवियललाई पछि लामोसम्म उपचारका लागि प्रयोगमा ल्याउन सकिन्छ ।” उहाँ अनुसार सन् १९८७ मा एन्टिमाइक्रोवियल बनेपछि नयाँ आएको छैन ।

चिकित्सकले पनि कुन एन्टिमाइक्रोवियलले काम गर्छ वा गर्दैन भनेर परीक्षण नगरी दिने गरेको पाइएको डा बन्जाराको भनाइ थियो । अठ्ठाइस प्रतिशत सर्वसाधारणले चिकित्सकको सिफारिसबिना नै एन्टिवायोटिक किनेर खाने गरेको अध्ययनले देखाएको छ । बाइस प्रतिशतले एन्टिमाइक्रोवियल पूरा मात्रा खाँदैनन् ।

एजिथ्रोमाइसिन २४ प्रतिशत, एमोक्सिसिलिन २० प्रतिशत, सेफिक्सिम १४ प्रतिशत, सिप्रोफ्लोक्सासिन १४ दशमलव एक प्रतिशत र मेट्रोनिडाजोल नौ प्रतिशत चिकित्सकको सिफारिस (प्रिस्क्रिप्सन)बिनै आफूखुसी किनेर खाने गरेको पाइएको हो ।

यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तोकेको भन्दा बढीले एन्टिमाइक्रोवियल औषधि प्रयोग गर्ने गरेको अध्ययनले देखाएको डा बन्जाराले बताउनुभयो । “डब्लुएचओले २० देखि २६ दशमलव आठ प्रतिशत भर्ना नभएका बिरामीलाई एन्टिमाइक्रोवियल औषधि खानका लागि सिफारिस गर्नुपर्दछ भनेर उल्लेख गरिएको छ । तर नेपालमा भने ३७ दशमलव आठ प्रतिशतले यसको प्रयोग गरिरहेका छन्”, उहाँले भन्नुभयो ।

सरकारले चिकित्सकले बिरामीलाई औषधिको वैज्ञानिक (जेनेरिक) नाम लेख्न भनेता पनि प्रेसक्रिप्सन (बिरामी पर्चा) मा १५ दशमलव चार प्रतिशत चिकित्सकले मात्र औषधिको जेनेरिक नाम लेख्ने गरेको अध्ययनले देखाएको छ । अध्ययनमा ३२ प्रतिशत चिकित्सकलाई एन्टिमाइक्रोवियल औषधि प्रयोगशालामा परीक्षण गराएर बिरामीलाई सिफारिस गर्नुपर्दछ भन्ने थाहा रहेको छ । तर ५० प्रतिशतले मात्र परीक्षण गरेर बिरामीलाई सिफारिस गर्ने गरेको पाइएको छ ।

अठार प्रतिशत चिकित्सकसँग मात्र एन्टिमाइक्रोवियल औषधि प्रयोग गर्नका लागि प्रयोगाशाला पहुँच रहेको छ । नेपालमा कोलस्टिन भन्ने एन्टिमाइक्रोवियललाई प्रतिबन्ध लगाए पनि कुखुरामा प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ । प्रतिबन्धित उक्त औषधि लुकीछिपी दुई प्रतिशत कुखुरामा प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

अध्ययनमा ४० प्रतिशत औषधि पसल अनुमतिपत्र लिएर, ४८ प्रतिशत औषधि पसल अरुको नाममा सञ्चालन र चार प्रतिशत दर्ता नभएर सञ्चालन भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले एन्टिमाइक्रोवियल औषधिको प्रयोगलाई घटाउनुपर्ने बताउनुभयो । उहाँले अध्ययनले देखाएअनुसार सरकारले एन्टिवायोटिक कम प्रयोग गर्नतर्फ चिकित्सक र सर्वसाधारणलाई सचेत गराउने बताउनुभयो ।

अध्ययन सार्वजनिक कार्यक्रममा परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले एन्टिमाइक्रोवियल औषधि बढी प्रयोग भइरहेको बताउनुभयो । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले चिकित्सकले बिरामीलाई जे पायो त्यही औषधि लेख्न नपाउने बताउनुभयो । उहाँले अनुमतिपत्र नलिएर सञ्चालित पसलको अनुमगन गरिने बताउनुभयो । रासस

बिहिबार, असार २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.