• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

दमौलीमा ‘सिटिस्क्यान’ सेवा

  •  सोमबार, असार २५, २०८० मा प्रकाशित

तनहुँ ।तनहुँको सदरमुकाम दमौलीमा आजदेखि सिटिस्क्यान सेवा सुरु गरिएको छ । व्यास नगरपालिका–२ गणेशमान चोकस्थित ‘सिटिस्क्यान एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि’ ले उक्त सेवा प्रारम्भ गरेको हो ।

जिल्लामै पहिलो पटक निजी स्वास्थ्य सेवा प्रदायक संस्थाको संयुक्त लगानीमा सिटिस्क्यान मेसिन ल्याएर सेवा दिन थालिएको हो । उक्त ‘सिटिस्क्यान एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि’को व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । सो अवसरमा सिटिस्क्यान सेवा सञ्चालन भएसँगै सिटिस्क्यानका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, सिटिस्क्यान एण्ड डाइग्नोष्टिक सेन्टर प्रालिका सञ्चालक पूर्णसिंह थापालगायत वक्ताले स्थानीयस्तरमा मेसिन जडान भई सेवा दिन थालेपछि उपचारका लागि खर्च गरेर टाढा जानुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।

सिटिस्क्यान सेवा सञ्चालनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता भएको प्रमाणपत्र प्राप्त भइसकेको सञ्चालक समितिका अध्यक्ष चूडामणि दाहालले जानकारी दिनुभयो । जिल्लाका एघार स्वास्थ्यकर्मीको संयुक्त लगानीमा मेसिन खरिद गरी पोखराकोभन्दा सस्तो, सुलभ र गुणस्तरीय सेवा दिने योजना बनाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार मेसिन रू एक करोडमा खरिद गरिएको हो ।

सिटिस्क्यान सेवा सञ्चालन गर्न निजी स्वास्थ्य संस्थाका चूडामणि दाहाल, राजु दाहाल, ताराप्रसाद श्रेष्ठ, डा सुशील मिश्र, डा विश्वद्वीप तिमल्सेना, डा प्रदेश घिमिरे, श्यामकृष्ण श्रेष्ठ, रामचन्द्र अधिकारी, सीमा बराल, पूर्णसिंह थापा, रुविना खानको लगानी रहेको छ ।

सिटिस्क्यानका लागि बिरामीलाई पोखरा, काठमाडौँ र चितवन जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको सञ्चालक राजु दाहालले बताउनुभयो । एक्स–रे सेवाबाट स्वास्थ्यसम्बन्धी सम्पूर्ण जानकारी नहुने भएकाले सिटिस्क्यान गरेपछि उपचार गर्न थप सहज हुने उहाँको भनाइ थियो ।

दुर्घटनामा परी घाइते भएकाको टाउकोलगायत शरीरका विभिन्न भागको एक्स–रे गर्नका लागि सिटिस्क्यान उपयुक्त हुने रामचन्द्र अधिकारीले बताउनुभयो । सिटिस्क्यान दमौलीमा सञ्चालन भएसँगै उपचारका लागि पोखरा, काठमाडौँ, चितवनलगायत सहर धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । रासस

सोमबार, असार २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.