• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना

  •  मङ्गलबार, साउन ०२, २०८० मा प्रकाशित

ढोरपाटन । बागलुङ नगरपालिकाले आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरेको छ । केन्द्रमा एम्बुलेन्सका साथै दमकल, शववाहन, डोजर, ब्याक लोडर, उद्धार तथा राहतका लागि आवश्यक सामग्रीका साथै ‘फायर सिलिन्डर’लगायत सामग्री तयारी अवस्थामा राखेको छ ।

नगरभित्र सडक पुगेका सबै बस्तीमा पुगेर बिरामीको उद्धार गर्ने उद्देश्यले नयाँ आर्थिक वर्षको सुरुवातसँगै केन्द्र स्थापना गरी केन्द्रबाट निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा विनियोजित बजेटबाट नगरपालिकाले वडा नं २ मा आवश्यक उपकरण राख्ने र कर्मचारी बस्ने गरी ट्रस भवन निर्माण गरेको छ । नगर क्षेत्रमा हुने विपद् व्यवस्थापन गर्न पालिकाले पूर्वतयारीका लागि संरचना निर्माण गर्नुका साथै आवश्यक सामग्री तयारी अवस्थामा राखेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । एम्बुलेन्स सेवा सञ्चालनमा आएसँगै अब कोही पनि नागरिक एम्बुलेन्स नपाएर अस्पताल नपुग्दै बाटोमै ज्यान गुमाउनु नपर्ने उहाँले बताउनुभयो ।

नगरभित्र हुने जुनसुकै विपद्मा परेकाको तत्काल उद्धार गर्ने गरी सम्यन्त्र तयार पारिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । दमकलका लागि १२ हजार लिटरसम्मको पानी १२ मिनेटमै भर्ने व्यवस्था गरिएको भन्दै उहाँले आगलागी, बाढी पहिरो र अन्य विपद्बाट हुने क्षति कम गर्न नगरपालिकाले पूर्वतयारी गरेको बताउनुभयो । उहाँका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी व्यवस्थापन गरिएको हो ।

“बजार क्षेत्र होस् वा ग्रामीण क्षेत्र जुनसुकै ठाउँमा विपद् आइलाग्न सक्छ, त्यसबाट बच्नका लागि पूर्वतयारी त गर्नैप¥यो । सचेत हुँदाहुँदै पनि कहिलेकाहीँ अप्रत्याशित विपद् आइलाग्ने हुँदा हामीले अहिले आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरेका छौँ”, नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “अहिले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छौँ, दमकल र शववाहन पनि केन्द्रमा छन् । शववाहन प्रयोग गरेबापत केही शुल्क उठाउने छौँ, तर अति विपन्न र गरिबलाई भने यो सेवा पनि निःशुल्क हुनेछ ।”

उपप्रमुख राजु खड्काले केन्द्रबाट चौबिसै घण्टा सेवा प्रदान हुने बताउनुभयो । आवश्यक साधन र कर्मचारीलाई नवनिर्मित भवनमै व्यवस्थापन गरेको भन्दै उहाँले नगर क्षेत्रभित्र जहाँ समस्या आइपर्छ, त्यहाँबाट तत्काल टोल फ्री नं १८१०५०००१७० मा सम्पर्क गरेर सेवा लिन सकिने जानकारी दिनुभयो । आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनका लागि करिब ४० लाख बढी खर्च भएको खड्काले बताउनुभयो ।

बाढी पहिराले सडक अवरुद्ध हुँदा डोजर, बिरामीका लागि एम्बुलेन्स र आगलागी हुँदा दमकल आवश्यक पर्ने हुँदा नगरपालिकाले कर्मचारीसहित आवश्यक सामग्री तयारी अवस्थामा राखेको उहाँको भनाइ थियो । यो सेवाको अहिले सुरुआती चरण रहेको भन्दै यसलाई थप व्यवस्थित बनाउनका लागि कार्यविधि बनाएर आगाडि बढ्ने योजना रहेको उपप्रमुख खड्काले बताउनुभयो । रासस

मङ्गलबार, साउन ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.