• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

अब ‘भ्रूण वायोप्सी’ सेवा नेपालमा

  •  बुधबार, साउन ०३, २०८० मा प्रकाशित

काठमाडौं ।नेपालमा पहिलोपटक टेष्ट ट्युबबाट जन्मिने बच्चाको ‘भ्रूण वायोप्सी’ सुरु गर्ने तयारी गरिएको छ । निःसन्तान परिवारका लागि सञ्चालनमा आएको स्लाभिका आइभिएफ (टेष्ट ट्युब बेबी) केन्द्रले निकट भविष्यमा नै भ्रुण वायोप्सी सेवा नेपाली चिकित्सकबाट नै उपलब्ध गराउने भएको हो ।

केन्द्रका सञ्चालक डा अजयजङ्ग कुँवरले यसअघि भारतबाट भ्रूण वायोप्सीका लागि जनशक्ति झिकाउने गरेको भए पनि अब केन्द्रमै उक्त सेवासहितको सुविधा प्रदान गरिने जानकारी दिनुभयो ।

उहाँले चाँडै भ्रूण वायोप्सी सेवा सुरु गर्ने जानकारी दिनुभयो । भ्रूण वायोप्सीबाट टेष्ट ट्युबबाट जन्मिने बच्चामा भ्रूण वायोप्सीले वाङ्शानुगत रोग छ कि छैन, बच्चा पेटमा बस्ने क्षमता बढाउने, स्वस्थ्य बच्चा छ÷छैन भन्ने कुरा पत्ता लगाइन्छ । सोही आधारमा आइभिएफ प्रविधिबाट निःसन्तान परिवारले बच्चा जन्माउँछन् ।

“आइभिएफबाट बच्चा जन्माउँदा भ्रूण वायोप्सी गर्नका लागि भारतबाट जनशक्ति मगाउँदा परिवारलाई रु दुईदेखि तीन लाख बढी खर्च हुने गर्दथ्यो”, उहाँले भन्नुभयो, “हामीसँग दक्ष जनशक्ति भएपछि अब निःसन्तान परिवारको उक्त रकम जोगिन्छ ।”

केन्द्रमा इम्ब्रोयोलोजिष्ट डा कुँवर र डा सम्झना फूँयाल रहनु भएको छ । आइभिएफ प्रविधिबाट भ्रूण आमाको पेटमा राख्नुभन्दा अगाडि भ्रूणमा अनुवाङ्शिक रोग छ वा छैन भन्ने कुरा पनि प्रि–इम्प्लान्टेसन जेनेटिक स्क्रिनिङ विधिबाट पत्ता लाग्ने सञ्चालक कुँवरले बताउनुभयो ।

यस्तै नेपालमा अहिले पनि निःसन्तान हुने बाँझोपन पुरुषमा पनि बढ्दै गइरहेको छ । अस्वस्थ्य खानपान, अत्यधिक गर्मी ठाउँमा काम गर्ने भएकाले पुरुषमा पनि बाँझोपन बढ्दै गएको हो ।

पुरुषको शुक्रकिटको कमी, शुक्रकिटको गतिशीलता कमी, शुक्रकिटमा भएको खराबी, शुक्रटिक आपूर्ति हुने नलीमा अवरोधजस्ता कारणले बाँझोपन बढ्दै गएको निःसन्तान रोग विशेषज्ञ डा निकिता दाहालले बताउनुभयो । यस्तै हार्मोनको गडबडी उच्च तापक्रमको वातावरण वशाङ्णुगत समस्याका कारणले पनि पुरुषमा बाँझोपन बढ्दै गएको छ ।

उहाँका अनुसार निःसन्तान हुने कूल सङ्ख्यामा ३० प्रतिशत पुरुषमा समस्या देखिएको छ । पहिले २० प्रतिशत रहेको थियो । यसैगरी महिलामा ५० प्रतिशतमा निःसन्तानको समस्या देखिएको छ भने २० प्रतिशत महिला र पुरुष दुवैका कारणले निःसन्तान हुने गरेको छ ।

यस्तै महिलामा अस्वथ्यकर खाना, पाठेघरको नली बन्द हुनु कम वा थोरै मात्रामा डिम्ब ग्रन्थी रिजर्भ हुनु, मोटोपना, बढ्दो उमेर मद्यपान तथा धुम्रपानको सेवन गर्दा निःसन्तान हुने समस्या देखिने गर्दछ । रासस

बुधबार, साउन ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.