• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १२ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १२ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

यार्सागुम्बा बेचेर गाँउमा करोडौँ रकम भित्रियो

  •  मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित

मुगु । बहुमूल्य जडीबुटीको नामले चिनिने यार्सागुम्बा बेचेर यहाँका स्थानीयहरूले आफ्नो गाँउमा करोडौँ रकम भित्र्याउन सफल भएका छन् ।

मुगु जिल्लाको मुगुम कार्मारोङ्ग, गाउँपालिका, छायाँनाथ रारा नगरपालिका र सोरु गाउँपालिका स्थानीयले यार्सागुम्बा बेचेर करोडौँ रकम गाँउमा भित्र्याउन सफल भएका हुन ।

गत जेठ ५ गते मुगुका दुई दर्जनभन्दा बढी पाटनहरूमा यार्सागुम्बा सङ्कलनका लागि मुगुम कार्मारोङ्ग गाउँपालिकाले प्रवेश अनुमति खुल्ला गरेको थियो ।

मुगुका पाटन तथा हिमालहरूमा यार्सागुम्बा टिप्न मुगुका स्थानीयका साथै यस वर्ष दैलेख, जाजरकोट, जुम्ला, डोल्पा, कालिकोट, हुम्ला, मनाङ, मुस्ताङ, र बाजुराबाट पनि यार्सागुम्बा टिप्न आएको यार्सागुम्बा सङ्कलक छोर्तेन लामाले बताउनुभयो ।

जेठ ५ गतेदेखि असार ५ गतेसम्म यार्सागुम्बा टिप्न गाउँपालिकाले समय तोकेको थियो उक्त समयमा पानी र हिउँ परेकाले सोचे जस्तो यार्सा पाइएन तर असार ५गतेपछि मौसममा सुधार आउँदा पुनः यार्सा सङ्कलकहरू यार्सा टिप्न पाटनहरूमा पुग्दा धेरै यार्सा पाएको पनि उहाँले बताउनुभयो ।

छायाँनाथ रारा नगरपालिका वडा नं १२ का स्थानीय कम्वर ऐडीले यार्सा टिप्न पाटन गएका आफ्ना भाइ बुहारीले मात्र २५ दिनमा यार्सा बेचेर साढे ४ लाख कमाएको बताउनुभयो । गाँउभरीका यार्सा टिप्न जानेले कम्तीमा २ लाखभन्दा कम कसैले नल्याएको र यो हिसाबले आफ्नो लुम्स गाँउमा मात्र ३० देखि ५० लाख सम्म रकम भित्रिएको पनि स्थानीय ऐडीले बताउनुभयो ।

छायाँनाथ रारा नगरपालिका वडा नं १२ शोभा गाउँका स्थानीय गणेश बहादुर सावतका अनुसार यार्सा बेचेर आफ्नो गाँउमा गाँउलेहरुले १ करोडभन्दा बढी रुपैयाँ भित्रिएका छन् ।

व्यापार, खेतीपाती र नोकरीभन्दा महिना दिन भित्रमा यार्सा टिपेर हुने आम्दानी राम्रो हुने भएपछि यो सिजनमा सबै कामलाई थाती राखेर यार्सा टिप्न गाउँ गाउँ खाली गरेर स्थानीयहरू पाटनहरूमा पुग्ने गर्दछन् ।

यार्सा व्यापारीहरू पाटन मै पुगेर यार्सा सङ्कलकहरूबाट यार्सा खरिद गर्ने भएकाले यार्सा बिक्री गर्न पनि सङ्कलकहरूलाई बजारको समस्या हुँदैन । यसरी पाटन मै टिप्ने उतै बेच्ने पैसा मात्र घर ल्याउने उनीहरूले गरेको देखिन्छ ।

यसपालि पाटनमा यार्सा व्यापारीहरूले खाल्वा (ठुलो, राम्रो) यार्सालाई प्रति बुटी ८०० र मध्यमलाई प्रतिबुटी ४५० सम्म मूल्य दिएका थिए । खाल्वा यार्सा एक केजी पुग्न ३२ सय वटा बुटी र मध्यम यार्सा एक केजी पुग्न ४ हजार देखि ४२ सयसम्म पुग्नुपर्दछ ।

यार्सा बेचेर जिल्लाभरिका प्राय गाँउमा पैसा भित्रिए पनि सबैभन्दा बढी मुगुम कार्मारोङ्ग गाउँपालिकाका सबै बस्ती र छायाँनाथ रारा नगरपालिका केही बस्तीमा रकम भित्रिएको यार्सा सङ्कलकहरूको भनाइ छ ।

यार्सा बेचेर मह गाँउमा मात्र ४ करोडभन्दा बढी रकम भित्रिएको छ । यस्तै माग्री, पाँपु, छाईल, चिमात, दाउरा, सेरोग, कार्ति, किमी्र, डोल्फु, पुअ, मुगु, ताखा, खारी गाँउमा पनि एक करोडसम्म रकम भित्रिएको मुगु गाउँका स्थानीय छोर्तेन लामाले बताउनुभयो । उहाँले आफ्नो गाउँ मुगुमा मात्र गाउँलेले ३ करोडभन्दा बढी रकम बराबरको यार्सागुम्बा बिक्री गरेको बताउनुभयो ।

यस्तै, मुगुम कार्मारोङ्गमा पर्ने पुअ गाउँका छेवाङ्ग लामाका छोरा बुहारीसहित ४ जनाले यार्सा बेचेर २१ लाख कमाएका छन् यस गाँउमा मात्र यो सिजनमा गाउँले यार्साबाटै १ करोडभन्दा बढी रकम गाँउमा भित्र्याएका छन् ।

यस्तै, नगरपालिका भित्रका तल्लेख, झाकोट, बालचौर, रोवा, सोभा, लुम्स, घटटलेख, जिउला, र्याङ्गच्याकाटी, थार्प, लुम, बाम, तिर्प, लह, लापुँ गाउँका स्थानीयले पनि यार्सा बेचेर राम्रै आम्दानी गरेका छन् ।

किमी्र गाउँका स्थानीय कार्मा सेराप लामा भन्नुहुन्छ,– “प्रकृतिले हाम्रा लागि हिमालमा यार्सा होइन हिरा उमारी दिएको हो । हामीलाई कसले हेथ्र्याे ? यही यार्सा नभइदिएको भए हामी कसरी घर खर्च र बाल बच्चाको पढाई लगायत अन्य खर्चको जोहो गर्थ्यौ ? हाम्रा हालत के हुन्थ्यो ? खेतीपातीबाट राम्रो उब्जनी छैन, बर्षेभरी एक बाली उब्जन्छ, आफु जस्ता गरिवका लागि यार्सागुम्बा बरदान सावित भएको छ ”

“प्रत्येक बर्ष हामी ४ परिवार यार्सा टिप्न एक महिना पाटनमा जान्छौँ ६÷७ लाख रुपैयाँ कमाएर ल्याउँछौँ । कोरोना कालमा दुई बर्ष यार्सा टिप्न र बेच्न नपाउँदा कष्टका साथ ती वर्षहरू बिताउनुपरेको तितो व्यथाका अनुभव हामीसँग छ ।” स्थानीय कार्मा सेराप लामाले भन्नुभयो ।

हिमालको हिरा टिप्न सोचे जस्तो सजिलो कहाँ छ र मह गाउँका राप्के तामाङ्ग बताउनुहुन्छ ,– “हिउँ पानीसँग खेल्नु पर्ने, चिसोबाट बचेर भोक प्यासको प्रवाह नगरी अग्ला अग्ला हिमाल र पाटनहरू यार्सा खोज्दै चर्हानुपर्ने हुन्छ । पाटनमा बिरामी भए मर्नु बाहेक विकल्प रहँदैन । यति सहेर यार्सा पाए पनि कहाँ सुख छ र पाटनमा यार्सा लुटेराहरू बन्दुकसहित पुगेका हुन्छन् । तिनीहरूबाट बचेर यार्सा बिक्री गर्नु र पैसा बोकेर सुरक्षित साथ घर पुग्नु भनेको भनेको एउटा ठुलै युद्ध जिते जस्तै हो ।”

मुगुका माजिङ्ग थान, ठुलो कोईकी, सानो कोईकी, छापाखोला, टाँके, रिमाड, हङ्गदङ्ग खोला, च्र्याकुलेख, छुमुरु, छुङ्गडुङ्ग, भाबर खोला, असिपाटन, नयाँवन, टाङ्गवाक, झोवा लेख, वाङ्गरी रमाना, धोवार खोला, च्याङ्गजी लगाएर दुई दर्जनभन्दा बढी पाटनहरूमा यार्सागुम्बा पाईने गर्दछ । ठुलो कोईकी, सानो कोईकी, माजिङ्ग थान, भावर खोला, ठुलो ताक्ले र सानो ताक्ले भन्ने पाटनहरूमा पाईने यार्सागुम्बालाई राम्रो मानिन्छ ।

प्रत्येक बर्ष यार्सा पाटनमा हिउँ पहिरोमा परेर, लेख लागेर र अन्य बिमारी भएर, लुटेरा संकलकबीच झडप हुँदा कम्तीमा ५ जना सम्मले ज्यान गुमाएको देखिन्छ यो बर्ष मात्र पाटनमा हिउँ पहिरो परेर, नदीमा खसेर र बिरामी परेर ५ जनाको मृत्यु भएको गाउँपालिकाको तथ्याङ्कले देखाएको छ ।

यसरी वर्षेनी पाटनहरूमा कोही न कोही यार्सा सङ्कलनको मृत्यु हुने भएपछि यो वर्षबाट मृतकका परिवारको भरण पोषणमा सहयोग पुगोस् भनेर गाउँपालिकाले प्रवेश शुल्क तिरेर यार्सा टिप्ने जाने सङ्कलकहरूको ५ लाख बराबरको यार्सा दुर्घटना बीमा समेत गरिदिएको मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताउनुभयो ।

यार्सा टिप्न पाटन प्रवेश शुल्कबाट गाउँपालिकाले ४५ लाख राजश्व उठाएको छ ।

मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.