• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

चापकोटमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

  •  शुक्रबार, साउन २६, २०८० मा प्रकाशित

गल्याङ ।स्याङ्जाको चापकोट नगरपालिकामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ ।

सो नगरपालिकाले आफ्नो नगरभित्रका गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको नगर प्रमुख ईश्वर खाणले जानकारी दिनुभयो । उहाँले यही साउन ५ गतेको नगर कार्यपालिकाको बैठकले सम्भावित जोखिमबाट बचाउने उद्देश्य राखेर गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताउनुभयो ।

“जिल्लामा गर्भवती तथा सुत्केरीमा जटिल प्रकृतिका समस्या देखिए उपयुक्त स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टर छैन”, नगरप्रमुख खाणले भन्नुभयो, “गर्भवती तथा सुत्केरीलाई पाल्पा, पोखरा तथा बुटवल लैजानुपर्ने भएमा जो सुकैले निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्नसक्ने छन्, स्वास्थ्य संवेदनशील विषय भएका कारण सर्वसुलभ सेवा दिनु नगरपालिकाको उत्तरदायी हो, नगरपालिकाले नयाँ एम्बुलेन्स खरिद गरेसँगै यो कार्यक्रमलाई अगाडि बढाएको हौँ ।”

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज पौडेलले निःशुल्क एम्बुलेन्स सेवा लिन अनिवार्य चापकोट नगर अस्पतालको सिफारिस आवश्यक पर्ने बताउनुभयो । उहाँले चापकोटका बर्थिङ सेन्टरबाट सुत्केरी अन्यत्र पठाउनुपर्ने भएमा नगरपालिकाको एम्बुलेन्सले निःशुल्क सेवा दिने बताउनुभयो ।

पौडेलले निकट भविष्यमा चापकोटलाई पोषणमैत्री नगरपालिका बनाउने योजनासहित काम गरिरहेकोे बताउनुभयो । हाल नगरपालिकाले निःशुल्क क्याल्सियम वितरण, खोप, परिवार नियोजनलगायतका काम विशेष प्राथमिकताका साथ गरिरहेको पौडेलको भनाइ छ ।

नगरपालिकामा एम्बुलेन्स नहुँदा धेरै गर्भवती, सुत्केरी तथा बिरामीले समस्या भोग्नुपरेको पूर्ववडासदस्य पूर्णिमा परियारले बताउनुभयो । उहाँले नगरपालिकाले नयाँ एम्बुुलेन्स खरिद गरी सञ्चालनमा ल्याएपछि धेरैको अकालमा ज्यान जानबाट जोगिने बताउनुभयो । नगरपालिकाले गर्भवती र सुत्केरीका लागि प्रदान गर्ने निःशुल्क एम्बुलेन्स सेवाले आफूहरुलाई अत्यन्त खुसी बनाएको परियारको भनाइ छ ।

नगर उपप्रमुख इशा रानाले नगरपालिकाले दिएको निःशुल्क एम्बुलेन्स सेवालाई भरपुर सदुयोग गरेर सम्भावित जोखिमबाट बच्न आग्रह गर्नुभयो । उहाँले पालिकाभित्र रहेका हरेक गर्भवतीलाई नियमित जाँच र स्वास्थ्यकर्मीको परामर्शमा रहेर स्वस्थ बच्चा जन्माउन सुझाव दिनुभयो । घर परिवारका अन्य सदस्यले गर्भवती र सुत्केरीको विशेष हेरचाह गरेर असल अभिभावकको भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । रासस

शुक्रबार, साउन २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.