• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ६० मिनेट 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ३ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ३ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ३ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

सर्वसाधारणको विश्वास जित्दै हेटौँडा अस्पताल

  •  शुक्रबार, साउन २६, २०८० मा प्रकाशित

मनहरी ।मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालले बिरामीको विश्वास जित्दै आएको छ ।

आव २०७९÷८० मा अस्पतालबाट दुई लाख छ हजार छ सय ३३ बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् भने ६२ हजार नौ सय २६ जनाले आकस्मिक (इमर्जेन्सी) सेवा लिएको अस्पतालका सूचना अधिकारी राजीव झाले बताउनुभयो ।

आव २०७८÷७९ मा हेटौँडा अस्पतालमा एक लाख ४४ हजार चार सय ५४ जनाले बहिरङ्ग (ओपिडी) सेवा र ५२ हजार तीन सय ५७ जनाले आकस्मिक (इमर्जेन्सी) सेवा लिएका थिए । यो हिसाबमा आव २०७८÷७९ मा भन्दा गत वर्ष २०७९÷८० मा सेवाग्राहीको चाप उल्लेख्य रहेको छ ।

अस्पतालमा साधारण सुत्केरी हुनेको सङ्ख्या दुई हजार आठ सय सात रहेको छ भने अस्पतालमा ठूलो अपरेसन एक हजार आठ सय ६८ र सामान्य अपरेसन आठ सय ५९ भएको झाले बताउनुभयो । अस्पतालमा दश हजार एक सय ८३ बिरामी भर्ना भएर उपचार गरेको र उपचारका क्रममा ४६ जनाले ज्यान गुमाएको झाले बताउनुभयो ।

अस्पतालबाट गत वर्ष पाँच हजार छ सय ६४ दाँतका बिरामीको उपचार भएको र आठ हजार तीन सय ४२ छाला रोगका बिरामीले सेवा लिएका छन् । यस्तै नौ हजार आठ सय जना नाक, कान, घाँटीसम्बन्धी बिरामीले सेवा लिएको झाले बताउनुभयो । अस्पतालमा १८ हजार सात सय एकले स्त्रीरोगसम्बन्धी सेवा लिएका छन् भने तीन सय ९८ मानसिक रोगीले सेवा लिएका छन् ।

अस्पतालबाट २१ हजार नौ सय ३३ हाडजोर्नीका बिरामीले सेवा लिएका छन् भने १६ हजार एक सय ११ बालरोगको सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक दुई हजार विभिन्न ल्याब परीक्षण हुने गरेको छ भने मिर्गौलासम्बन्धी दुई हजार एक सय ७८ जनाले सेवा लिन सफल भएका छन् ।

पछिल्लो वर्ष सेवाग्राही बढ्नुमा सरकारको स्वास्थ्य बीमा कार्यक्रम लागू हुनु, अस्पतालभित्रै फार्मेसी सेवा विस्तार हुनु र हेटौँडा अस्पतालप्रति जनविश्वास बढ्नु मुख्य कारण भएको अस्पतालका निमित्त प्रमुख डा रामचन्द्र सापकोटाले बताउनुभयो । हेटौँडा अस्पतालले टिकट र उपचारपछि औषधि लिन टोकन प्रणाली लागू गर्नु, विशेषज्ञ चिकित्सकको उपलब्धता रहनु, नयाँ उपकरण र सेवा विस्तार हुनुले पनि सेवाग्राही बढेको उहाँको भनाइ छ ।

एक सय २५ श्ययाको हेटौँडा अस्पतालमा अहिले महिला तथा प्रसूति, शल्यक्रिया, जनरल मेडिसिन, हाडजोर्नी, दाँत, नाक–कान–घाँटीलगायतका सेवा उपलब्ध छन् । प्रयोगशालासहित भिडियो एक्सरे, फार्मेसी सेवा समेत भएका कारण मकवानपुरका मात्रै नभई मधेस प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाहीलगायतका जिल्लाका बिरामी पनि उपचारका लागि हेटौँडा अस्पताल आउने गरेका छन् । रासस

शुक्रबार, साउन २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.