काठमाडौं । काठमाडौं बसुन्धरा, टोखा स्थित ईशान बाल अस्पतालले निःशुल्क आंँखा शिविर सम्पन्न गरेको छ । शनिबार अस्पतालले स्थानीय ८५ जना सेवाग्राहीको आंँखा परीक्षण गरेको थियो । ती मध्ये ६५ जना विरामीलाई निशुल्क औषधि वितरण गरेको थियो भने २० जनालाई सहुलियत दरमा चश्मा वितरण गरेको अस्पतालका कार्यकारी निर्देशक प्राडा. रामानन्दन प्रसाद चौधरीले जानकारी दिनुभयो ।
शिविरमा आएका विरामी मध्ये केहीमा हाल भाइरल भईरहेको आंँखा पाक्ने समस्या देखिएको उहांँले बताउनु भयो । अस्पतालले हरेक महिनाको अन्तिम शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अस्पतालका महाप्रबन्धक भक्त बहादुर शाहीले जानकारी दिनुभयो ।
संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्र्तगत यस्ता कार्यक्रम आयोजना गर्दै आएको अस्पतालले जनाएको छ ।


