• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवाससहितको विद्यालय

  •  बुधबार, साउन ३१, २०८० मा प्रकाशित

बेलबारी । कोशी प्रदेशभरिका बौद्धिक अपाङ्गता भएका दुई सय बालबालिकाको लागि तयार भएको आवासीय भवन निर्माण पूरा भइसकेता पनि सञ्चालनमा भने आउन सकेको छैनन् । रु पाँच करोडभन्दा बढी लागतमा तयार भएको मोरङ पथरीशनिश्चरेस्थित श्री पञ्चायत माध्यमिक विद्यालयमा बौद्धिक अपाङ्गता आवासीय भवन प्रदेश सरकारको स्पष्ट कार्ययोजना बन्न नसक्दा सञ्चालनमा कठिनाइ देखिएको छ ।

अपाङ्गता अधिकार ऐन, २०७४ ले १० किसिमका अपाङ्गताहरूमा परिभाषित गरेको छ । अपाङ्गता बालबालिकालाई शिक्षामा पहुँच पु¥याउने उद्देश्यले कोशी प्रदेश सरकारमार्फत सङ्घीय सरकारको बजेटबाट उक्त बौद्धिक अपाङ्गता आवासीय भवन निर्माण भएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख टङ्कप्रसाद गौतमले बताउनुभयो ।

उहाँका अनुसार प्रदेशभरिका १४ वटै जिल्लाका बौद्धिक अपाङ्गता भएका दुई सय बालबालिकाका लागि भवन निर्माण भएको हो । सङ्घीय सरकारबाट कुनै कार्यक्रम नआएको, प्रदेश सरकारले थप लगानी नगरेको र स्थानीय सरकार यस विषयमा अनभिज्ञ रहेकोले आवासीय भवन सञ्चालनमा कठिनाइ देखिएको एकाइ प्रमुख गौतम बताउनुहुन्छ ।

देशभरको तथ्याङ्कअनुसार तीन दशमलव पाँच प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेका छन् । तीमध्ये अपाङ्गता भएका धेरै छन् र तीमध्ये पनि बौद्धिक अपाङ्गता धेरै रहेका छन् । उक्त विद्यालयमा कोशी प्रदेशकै गौरवका रूपमा अपाङ्ग मैत्री वातावरणमा पठनपाठन गराउनु मुख्य योजना हो । बौद्धिक अपाङ्गता पठनपाठनसहित आवासको व्यवस्थापन, विभिन्न किसिमको फिजियोथेरापी सेवा सञ्चालन गर्ने मुख्य लक्ष्य रहेको भए पनि सरकारको ध्यान त्यसतर्फ केन्द्रित हुन भने नसकेको शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख गौतमले बताउनुभयो ।

प्रदेशभरिका बौद्धिक अपाङ्गता भएका विद्यार्थीका लागि भवन निर्माण भएको उक्त पञ्चायत माध्यमिक विद्यालयमा हाल २२ जना बालबालिका बौद्धिक अपाङ्गता रहेका छन् । पञ्चायतमा जस्तै मोरङको विभिन्न सात स्थानका विद्यालयमा स्रोत कक्षाका रूपमा अपाङ्गता भएका विद्यार्थीहरूलाई पठनपाठन गराइराखिएको छ । विराटनगर उपमहानगरपालिकाभित्र रहेको विराट मावि र गोग्राह मावि, बेलबारी नगरपालिकास्थित कविर मावि, रतुवामाई नगरपालिकास्थित महेन्द्र मावि, सुन्दरहरैचा नगरपालिकास्थित सुकुना मावि, उर्लाबारी नगरपालिकास्थित सुनपकुवा मावि रहेका छन् ।

भौतिक संरचना निर्माणमा सङ्घीय सरकार र प्रदेश सरकारबीचको भूमिकालाई निरन्तरता दिँदै र आपसी समन्वय गर्दै बौद्धिक अपाङ्गता आवासीय कक्षा भवन सञ्चालन हुनेमा विश्वस्त रहेको सामाजिक विकास मन्त्रालय कोशी प्रदेशका उपसचिव शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख फणिन्द्र खत्री बताउनुहुन्छ ।

उमेरको बृद्धिसँगै बौद्धिक सचेतनाको विकास हुन नसकी बौद्धिक विकास नभएका कारणले उमेर वा वातावरणमा सापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्थाको व्यक्तिलाई बौद्धिक अपाङ्गता भएका व्यक्ति भनिन्छ ।

पञ्चायत माध्यमिक विद्यालयकी शिक्षिका मेनुका राईले चार वर्षदेखि अपाङ्गता भएका बालबालिकालाई अध्यापन गर्दै आउनुभएको छ । “फरक फरक अवस्थामा अपाङ्गता भएका बालबालिकाको शारीरिक अवस्थालाई हेरेर क, ख, ग र घ गरेर वर्गमा छुट्याइन्छ”, उहाँ भन्नुहुन्छ, “यस प्रकारका बालबालिका सङ्गीत रुचाउँछन्, अन्य क्रियाकलापमा रुचि नदेखाउने तर आफ्नै शैलीमा नाच्न, गाउन रुचाउँछन् ।”

सरकारले १८ वर्ष उमेर समूहका बालबालिकाका लागि मात्र विद्यालयमा स्रोत कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको भए पनि उक्त विद्यालयमा २८ वर्षसम्म उमेर समूहका रहनुभएको उहाँले बताउनुभयो । उहाँका अनुसार साथीहरूसँग बस्दै, खेल्दै र सिक्दै जाँदा उहाँहरूमा निकै सुधार भएको पाइएको छ । यस प्रकारका बालबालिकालाई सामूहिकभन्दा व्यक्तिगत शिक्षण योजना गर्नुपर्ने शिक्षिका राईले बताउनुभयो ।

करिब तीन वर्ष विषेश कक्षाको रूपमा रहेको स्रोत कक्षामा अध्ययन गरिरहेकी मेघी राई अन्य विद्यार्थीसँगै बसेर पढ्न सक्ने अवस्थामा पुगेको र हाल कक्षा ९ मा अध्ययन गरिरहेको उक्त माविका प्रधानध्यापक अर्जुन बुढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार २५ जनाको दरले ह्विल चेयरमा सजिलै बस्न मिल्ने अपाङ्गमैत्री आठ वटा आवासीय कोठा रहेको भवन प्रदेशभरिका बौद्धिक अपाङ्गता रहेका विद्यार्थीका लागि संचालनमा आउन अब अन्तिम चरणमा पुगेको छ ।

समुदायले साथ र सहयोग गर्नुपर्छ, प्रदेशभरिका पालिकाबाट बौद्धिक अपाङ्गता रहेका बालबालिका आएमा राज्यको निरन्तर सहयोगमा आवाससहितको पठनपाठन गराउन विद्यालय सफल हुने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष युवराज बाँस्कोटाले बताउनुभयो । रासस

बुधबार, साउन ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.