• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवाससहितको विद्यालय

  •  बुधबार, साउन ३१, २०८० मा प्रकाशित

बेलबारी । कोशी प्रदेशभरिका बौद्धिक अपाङ्गता भएका दुई सय बालबालिकाको लागि तयार भएको आवासीय भवन निर्माण पूरा भइसकेता पनि सञ्चालनमा भने आउन सकेको छैनन् । रु पाँच करोडभन्दा बढी लागतमा तयार भएको मोरङ पथरीशनिश्चरेस्थित श्री पञ्चायत माध्यमिक विद्यालयमा बौद्धिक अपाङ्गता आवासीय भवन प्रदेश सरकारको स्पष्ट कार्ययोजना बन्न नसक्दा सञ्चालनमा कठिनाइ देखिएको छ ।

अपाङ्गता अधिकार ऐन, २०७४ ले १० किसिमका अपाङ्गताहरूमा परिभाषित गरेको छ । अपाङ्गता बालबालिकालाई शिक्षामा पहुँच पु¥याउने उद्देश्यले कोशी प्रदेश सरकारमार्फत सङ्घीय सरकारको बजेटबाट उक्त बौद्धिक अपाङ्गता आवासीय भवन निर्माण भएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख टङ्कप्रसाद गौतमले बताउनुभयो ।

उहाँका अनुसार प्रदेशभरिका १४ वटै जिल्लाका बौद्धिक अपाङ्गता भएका दुई सय बालबालिकाका लागि भवन निर्माण भएको हो । सङ्घीय सरकारबाट कुनै कार्यक्रम नआएको, प्रदेश सरकारले थप लगानी नगरेको र स्थानीय सरकार यस विषयमा अनभिज्ञ रहेकोले आवासीय भवन सञ्चालनमा कठिनाइ देखिएको एकाइ प्रमुख गौतम बताउनुहुन्छ ।

देशभरको तथ्याङ्कअनुसार तीन दशमलव पाँच प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेका छन् । तीमध्ये अपाङ्गता भएका धेरै छन् र तीमध्ये पनि बौद्धिक अपाङ्गता धेरै रहेका छन् । उक्त विद्यालयमा कोशी प्रदेशकै गौरवका रूपमा अपाङ्ग मैत्री वातावरणमा पठनपाठन गराउनु मुख्य योजना हो । बौद्धिक अपाङ्गता पठनपाठनसहित आवासको व्यवस्थापन, विभिन्न किसिमको फिजियोथेरापी सेवा सञ्चालन गर्ने मुख्य लक्ष्य रहेको भए पनि सरकारको ध्यान त्यसतर्फ केन्द्रित हुन भने नसकेको शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख गौतमले बताउनुभयो ।

प्रदेशभरिका बौद्धिक अपाङ्गता भएका विद्यार्थीका लागि भवन निर्माण भएको उक्त पञ्चायत माध्यमिक विद्यालयमा हाल २२ जना बालबालिका बौद्धिक अपाङ्गता रहेका छन् । पञ्चायतमा जस्तै मोरङको विभिन्न सात स्थानका विद्यालयमा स्रोत कक्षाका रूपमा अपाङ्गता भएका विद्यार्थीहरूलाई पठनपाठन गराइराखिएको छ । विराटनगर उपमहानगरपालिकाभित्र रहेको विराट मावि र गोग्राह मावि, बेलबारी नगरपालिकास्थित कविर मावि, रतुवामाई नगरपालिकास्थित महेन्द्र मावि, सुन्दरहरैचा नगरपालिकास्थित सुकुना मावि, उर्लाबारी नगरपालिकास्थित सुनपकुवा मावि रहेका छन् ।

भौतिक संरचना निर्माणमा सङ्घीय सरकार र प्रदेश सरकारबीचको भूमिकालाई निरन्तरता दिँदै र आपसी समन्वय गर्दै बौद्धिक अपाङ्गता आवासीय कक्षा भवन सञ्चालन हुनेमा विश्वस्त रहेको सामाजिक विकास मन्त्रालय कोशी प्रदेशका उपसचिव शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख फणिन्द्र खत्री बताउनुहुन्छ ।

उमेरको बृद्धिसँगै बौद्धिक सचेतनाको विकास हुन नसकी बौद्धिक विकास नभएका कारणले उमेर वा वातावरणमा सापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्थाको व्यक्तिलाई बौद्धिक अपाङ्गता भएका व्यक्ति भनिन्छ ।

पञ्चायत माध्यमिक विद्यालयकी शिक्षिका मेनुका राईले चार वर्षदेखि अपाङ्गता भएका बालबालिकालाई अध्यापन गर्दै आउनुभएको छ । “फरक फरक अवस्थामा अपाङ्गता भएका बालबालिकाको शारीरिक अवस्थालाई हेरेर क, ख, ग र घ गरेर वर्गमा छुट्याइन्छ”, उहाँ भन्नुहुन्छ, “यस प्रकारका बालबालिका सङ्गीत रुचाउँछन्, अन्य क्रियाकलापमा रुचि नदेखाउने तर आफ्नै शैलीमा नाच्न, गाउन रुचाउँछन् ।”

सरकारले १८ वर्ष उमेर समूहका बालबालिकाका लागि मात्र विद्यालयमा स्रोत कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको भए पनि उक्त विद्यालयमा २८ वर्षसम्म उमेर समूहका रहनुभएको उहाँले बताउनुभयो । उहाँका अनुसार साथीहरूसँग बस्दै, खेल्दै र सिक्दै जाँदा उहाँहरूमा निकै सुधार भएको पाइएको छ । यस प्रकारका बालबालिकालाई सामूहिकभन्दा व्यक्तिगत शिक्षण योजना गर्नुपर्ने शिक्षिका राईले बताउनुभयो ।

करिब तीन वर्ष विषेश कक्षाको रूपमा रहेको स्रोत कक्षामा अध्ययन गरिरहेकी मेघी राई अन्य विद्यार्थीसँगै बसेर पढ्न सक्ने अवस्थामा पुगेको र हाल कक्षा ९ मा अध्ययन गरिरहेको उक्त माविका प्रधानध्यापक अर्जुन बुढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार २५ जनाको दरले ह्विल चेयरमा सजिलै बस्न मिल्ने अपाङ्गमैत्री आठ वटा आवासीय कोठा रहेको भवन प्रदेशभरिका बौद्धिक अपाङ्गता रहेका विद्यार्थीका लागि संचालनमा आउन अब अन्तिम चरणमा पुगेको छ ।

समुदायले साथ र सहयोग गर्नुपर्छ, प्रदेशभरिका पालिकाबाट बौद्धिक अपाङ्गता रहेका बालबालिका आएमा राज्यको निरन्तर सहयोगमा आवाससहितको पठनपाठन गराउन विद्यालय सफल हुने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष युवराज बाँस्कोटाले बताउनुभयो । रासस

बुधबार, साउन ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.