• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ५३ मिनेट 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ५५ मिनेट 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ५८ मिनेट 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • १ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

पोखराको सङ्क्रामक अस्पतालमा २५ शैयाको डायलासिस केन्द्र

  •  बुधबार, साउन ३१, २०८० मा प्रकाशित

कास्की । गण्डकी प्रदेश सरकारले मिर्गौलाका बिरामीका लागि डायलासिस सेवालाई सहज बनाउँदै लगेको छ ।

अस्पतालको क्षमता विकासका लागि मेसिन, उपकरण र जनशक्ति थप गरी सेवालाई प्रभावकारी बनाउन लागिएको हो । हाल प्रदेशभित्रका नौ सरकारी र छ निजी गरी १५ अस्पताल तथा स्वास्थ्य संस्थामा यो सेवा सञ्चालनमा छ ।

मिर्गाैला रोगका बिरामीको सङ्ख्या बढ्दै जाँदा डायलासिस सेवा लिने बिरामीको सङ्ख्या बढ्दो छ तर स्वास्थ्य उपकरण सीमित छन् । प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका अनुसार हाल प्रदेशका पाँच सय ७६ बिरामीले डायलासिसको सेवा लिइरहेका छन् ।

त्यसैगरी तीन सय तीन जना सेवाको पर्खाइमा छन् । मन्त्रालयले डायलासिसको सेवाको पर्खाइमा रहेकालाई शून्यमा झार्ने योजना अघि सारेको छ । सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले आज मन्त्रालयमा आयोजना गरिएको एक सय दिनका उपलब्धि सार्वजनिक कार्यक्रममा डायलासिस सेवालाई सहज र छिटोछरितो बनाउने गरी काम अघि बढाएको बताउनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारको आफ्नै लगानीमा स्थापना भएको पोखराको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा डायलासिस सेवाका लागि २५ श्यया क्षमताको डायलासिस केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

मन्त्री सिंखडाले भन्नुभयो, “सरकार डायलासिस सेवा लिनका लागि पालो पर्खनुपर्ने अवस्था आउन नदिन र नागरिकले सहज सेवा प्राप्तिको प्राथमिकताका साथ काम गरिरहेको छ । सङ्क्रामक अस्पतालमा आवश्यक जनशक्ति, औजार, उपकरण र पूर्वाधार तयारी गरेका छौँ ।”

मन्त्रालयका अनुसार डायलासिस केन्द्र सञ्चालन र सेवा प्रदान गर्नका लागि १४ जना स्टाफ नर्सलाई काठमाडौँ पठाएर तालिम प्रदान गरी उहाँले सेवा दिन सुरु गरेको जनाएको छ । प्रदेश सरकारको सङ्क्रामक तथा सरुवा रोग अस्पतालका लागि ४८ जनाको अस्थायी दरबन्दी मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

मन्त्रालयले डायलासिस मेसिन खरिद गरेर पोखरासहित अन्य जिल्ला अस्पतालमा समेत पठाएकाले आगामी तीन महिनाभित्रमा सेवा सहज हुने बताइन्छ । प्रदेशअन्तर्गतका सबै अस्पतालमा सेवा सञ्चालन भएको र दमौली, लमजुङ, स्याङ्जा र पर्वत जिल्ला अस्पतालमा दुई÷दुई थान डायलासिस मेसिन थप गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यस अवधिमा आकस्मिक सेवा व्यवस्थापनलाई व्यवस्थित बनाउन १०२ टोल फ्रि नम्बर सञ्चालन गर्ने गरी ‘एम्बुलेन्स डिस्प्याच सेन्टर’ सुरु गरिएको, जटिल अवस्थाका गर्भवती र सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धारलाई मन्त्रालयले निरन्तरता दिइएको जनाएको छ ।

त्यसैगरी १० वर्ष मुनि र ६० वर्षमाथिका नागरिकलाई प्रदेशअन्तर्गतका सरकारी अस्पतालमा हुने प्रयोगशाला परीक्षणलाई निःशुल्क गरिएको मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । रासस

बुधबार, साउन ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.