• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

अस्पताल हाताभित्र अदक्ष जनशक्तिद्वारा औषधि बिक्री

  •  शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित

भक्तपुर । भक्तपुर अस्पतालको हाताभित्र साझा स्वास्थ्य सेवाको नाममा सञ्चालित औषधि पसल अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ ।

जिल्ला समन्वय समिति भक्तपुरले आज जिल्लाका सरकारी अस्पतालमा गरेको अनुगमनका क्रममा भक्तपुर अस्पतालको हाताभित्र सञ्चालित साझा औषधि पसलमा औषधि बिक्री गर्ने जनशक्तिसमेत अदक्ष रहेको पाइएको हो । औषधि बिक्री गर्ने कुनै पनि औषधि पसलमा तीन वर्षे फार्मेसी उत्तीर्ण गरेको व्यक्तिले मात्रै औषधि बिक्री गर्न पाउने सरकारी नियम भए पनि साझा औषधि लिमिटेडले भने सरकारी नियमविपरीत कार्यालय सहयोगीलाई औषधि बिक्रीका लागि राखेको पाइएको हो ।

जिससका प्रमुख ईश्वर थापाले जिल्लामा रहेका क्यान्सर अस्पताल, सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र र भक्तपुर अस्पतालको अनुगमन गर्दा भक्तपुर अस्पतालमा साझाले बिक्री गर्ने औषधिमै मानवीय स्वास्थ्यमाथि खेलबाड गरेको पाइएको बताउनुभयो । साझा औषधि भक्तपुर अस्पतालसँग धेरै वर्ष अगाडि गरेको सामान्य सम्झौताका आधारमा जबरजस्ती र अवैधरूपमा बसेको अस्पताल प्रशासनले अनुगमनका क्रममा जानकारी दिएको बताउनुभयो ।

जिसस प्रमुख थापाले भन्नुभयो, “अस्पतालभित्र औषधि बिक्री गर्ने साझाले लापरबाही गरेको छ, वर्षौंदेखि औषधिसम्बन्धी ज्ञान नै नभएको अदक्ष व्यक्तिलाई राखेर औषधि बिक्री गरेको पाइएको छ, यसबारेमा प्रमुख जिल्ला अधिकारी र सम्बन्धित निकायलाई जानकारी गराएका छौँ, त्यसरी मानवीय स्वास्थ्यमाथि खेलबाड गर्न दिनुहँुदैन, बन्द गराउने हामीलाई अधिकार नभएर हो, त्यसैले साझालाई कारबाही गरेर तत्काल उक्त औषधि पसल बन्द गराउनु सरकारसँग माग गर्दछौँ ।”

उहाँले केही दिन अगाडि मात्रै पनि स्वास्थ्य मन्त्रालयको टोली नै आएर अदक्ष कामदार राखेको भन्दै बन्द गराए पनि मन्त्रालयको टोली फर्किए लगत्तै साझाले फेरि औषधि बिक्री गरेको अस्पतालले जानकारी दिएको बताउनुभयो ।

गत साउन १९ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा सङ्गीता कौशल मिश्रको नेतृत्वमा मन्त्रालयका महाशाखा प्रमुख डा मदन उपाध्याय, स्वास्थ्य मन्त्रालयका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा पवन शाहलगायतको टोलीले साझा स्वास्थ्य सेवाको नाममा सञ्चालित औषधि पसलको सटर बन्द गराएको थियो ।

मन्त्रालयको टोलीले गरेको अनुगमनमा साझाले आफ्नो कार्यालय सहयोगी प्रह्लाद ढकाललगायत अदक्ष जनशक्तिबाट औषधि बिक्री गरेको पाइएपछि तत्कालै पसल बन्द गराएर फर्किए पनि टोली फर्किए लगत्तै पुनःपसल खुलाएर औषधि बिक्री जारी राखेको थियो । अस्पतालले यसबारेमा मन्त्रालयलाई जानकारी गराएपनि कुनै कारबाही नभएको, साझाले जबरजस्ती भाडा नतिरी अस्पतालको भवन हडपेर बसेको अस्पताल प्रशासनको भनाइ छ ।

अस्पताल विकास समितिका अध्यक्ष रमन कायस्थले आफू आएपछि पनि अस्पताल प्रशासनले पटकपटक साझालाई भक्तपुर अस्पतालको परिसर छाड्न पत्राचार गरेको र यसबारेमा मन्त्रालयमा जानकारी गराएको भए पनि कुनै कारबाही नभएको र साझाले भवन पनि नछाडेको जानकारी दिनुभयो । रासस

शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.