• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २१ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २१ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. आँखा अस्पतालमा बिरामी बढे

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

  • १०. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप सञ्चालन गर्न गाभीसँग १७ लाख मात्रा माग

  •  बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयको परिवार कल्याण महाशाखाले यसै आर्थिक वर्षमा खोप अभियानका लागि भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ लाई औपचारिकरूपमा प्रस्ताव पेश गरी पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘एचपिभी’ माग गरेको हो । परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ माग गर्दै गाभीलाई प्रस्ताव पेश गरिएको जानकारी गराउनुभयो ।

“गाभीलाई हाम्रो यस कार्यक्रम मन प¥यो र नेपाललाई सहयोग गर्छु भनेपछि हामीले औपचारिकरूपमा खोप माग गर्दै प्रस्ताव पठाएका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो प्रस्तावलाई गाभीले स्वीकृत गरेर खोप पठायो भने हामी यही आर्थिक वर्षको अन्त्यसम्म खोप अभियान सञ्चालन गर्ने योजना रहेको छ ।”

उहाँले खोप अभियानका लागि भने आफूहरूले पूर्वतयारी गर्ने जानकारी दिनुभयो । महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले साउनको अन्तिम साता गाभीसँग १७ लाख मात्रा ‘एचपिभी’ खोपको प्रस्ताव गर्दै पत्र पठाइएको जानकारी दिनुभयो । दश देखि १४ वर्ष उमेर समूहका बालबालिकाको सङ्ख्या १६ लाख ५० हजार रहेको छ । “हामीले गाभीसँग खोपका लागि औपचारिकरूपमा पत्र पठाएका छौँ”, उहाँले भन्नुभयो, “गाभीले हाम्रो पत्रलाई सकारात्मकरूपमा लिएको छ ।”

यसअघि शाखाले दादुरा–रुवेला रोग विरुद्धको खोप अभियानका लागि पनि गाभीसँग ५७ लाख मात्रा खोप माग गर्दै पत्र पठाएको थियो । शाखाका प्रमुख डा गौतमले क्रमशः पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपलाई प्रत्येक वर्ष अभियानका रूपमा सञ्चालन गरिने बताउनुभयो । उहाँका अनुसार हरेक वर्ष साढे तीन लाख १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ । “यसवर्ष हामीले गाभीबाट सहयोग प्राप्त गरे पनि प्रत्येक वर्ष नै लगाउने हाम्रो योजना छ”, उहाँले भन्नुभयो, “खोपले महिलालाई पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउन सहयोग गर्दछ ।”

नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने गर्दछ । विश्वमा भने महिलालाई सबभन्दा बढी स्तन क्यान्सर हुने गरेको छ । सन् २०२२ को तथ्याङकमध्ये दुई हजार दुई सय ४४ महिलालाई पाठेघरको मुखमा क्यान्सरमा लागेको थियो । शाखाका प्रमुख डा गौतमले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एक मात्रा लगाउन मिल्ने खालको माग गरिएको पत्र पठाइएको बताउनुभयो ।

यसअघि सरकारले सन् २०१६÷१७ मा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप नमूनाकारूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । सो अवसरमा कास्कीमा १० हजार नौ सय ३६ र चितवनमा १४ हजार ३५ किशोरीलाई एचपिभी खोप प्रदान गरिएको थियो । अहिले केही निजी अस्पतालले किशोरीलाई उक्त खोप रु पाँचदेखि छ हजार तिरेर लगाइने दिने गर्दछन् ।

सरकारले गत असारमा पाठेघरको मुखको क्यान्सरविरुद्ध ल्याएको २० हजार मात्रा एचपिभी खोप नीतिगत निर्णय नभएकाले अहिलेसम्म लगाएको छैन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही ‘ह्युमन प्यापिलोमा भाइरस’ को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार उक्त भाइरसको कारणले ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धुम्रपान र सानै उमेरमा विवाह गर्ने जस्ता कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ ।

दुई सय प्रजातिका ‘ह्युमन प्यापिलोमा भाइरस’ मध्ये १६ र १८ प्रजातिको भाइरसले बढी सङ्क्रामक हुने गरेको र उक्त प्रजातिका भाइरसले महिलाको पाठेघरको मुखमा क्यान्सर गराउने उहाँको भनाइ छ । क्यान्सर रोग विशेषज्ञ डा शाहीले नेपालमा सबैभन्दा बढी महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको उल्लेख गर्दै विश्व स्वास्थ्य सङ्गठनको (डब्लुएचओ) को तथ्याङ्कअनुसार हरेक दिन नेपालमा छ महिलाको पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने गरेको बताउनुहुन्छ ।

“नेपालमा हरेक दिन छ जनाको यसै क्यान्सरको कारणले मृत्यु हुने गरेको छ । अझ यस क्यान्सरबाट दुर्गम क्षेत्रका महिला बढी नै रहेका छन्”, उहाँले भन्नुभयो, “यो क्यान्सरबाट बचाउनका लागि खोप नै आवश्यक पर्दछ ।” उहाँ असुरक्षित यौन सम्पर्क, सानै उमेरमा विवाह गर्ने, धेरै चुरोट खाने महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने जोखिम हुने गरेको बताउनुहुन्छ । रासस

बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

आँखा अस्पतालमा बिरामी बढे

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.