• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • १ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • १ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

सुष्मा कोइराला मेमोरियल अस्पतालमा जलनका बिरामीको उपचार

  •  शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित

काठमाडौँ । काठमाडौँको साँखुमा सञ्चालित सुष्मा कोइराला मेमोरियल अस्पतालले पाँच शय्याको सुविधासम्पन्न आइसियुमार्फत जलनका बिरामीको उपचार गर्दै आएको छ । काठमाडौँको शङ्खरापुर नगरपालिका–६ साँखुमा विसं २०५४ मा स्थापना भएको सो अस्पतालले आगोले पोलेका र अन्य जलनका बिरामीलाई पाँच शय्याको आइसियुमार्फत सेवा प्रदान गर्दै आएको हो ।

सुरुको समयमा जलनको विशेष उपचारका लागि हायर डिफिसेन्सिफ युनिट (एचडियु) मार्फत सेवा प्रदान गर्दै आएको अस्पतालले पछिल्लो समय पाँच शय्याको आइसियुमार्फत जलनको उपचार गर्दै आइरहेको अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले जानकारी दिनुभयो ।

इन्टरप्लाष्ट जर्मनी फाउन्डेसनको सहयोगमा विगत २६ वर्षदेखि सञ्चालित उक्त अस्पतालको अगुवाइ सुष्मा कोइराला मेमोरियल ट्रष्टले गर्दै आएको छ । उक्त अस्पतालले स्थापनाकालदेखि हालसम्म पोलिएका २४ हजार बिरामीको सफल शल्यक्रिया गरिसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्येक वर्ष ५५ हजार मानिस जलनमा पर्ने र त्यसका कारण बर्सेनि दुई हजार एक सय व्यक्तिको ज्यान जाने गरेको छ । सो अस्पतालमा भने प्रत्येक वर्ष पाँच सयभन्दा बढी जलनका बिरामीको उपचार हुँदै आएको अस्पतालका मेडिकल डाइरेक्टर डा सन्तोषविक्रम भण्डारीले जानकारी दिनुभयो ।

काठमाडौँको पूर्वी उत्तरी क्षेत्रमा अवस्थित उक्त अस्पतालमा देशका ७७ वटै जिल्लाका जलनका बिरामी उपचार गर्न आउने गरेका छन् । आगोले पोलेका, एसिड आक्रमणबाट घाइते, करेन्ट लागेर घाइते भएका बिरामीलाई सो अस्पतालले विशेष उपचार गर्दै आएको छ । जलनको उपचारका लागि लामो समय अस्पतालमा बस्नुपर्ने भएकाले चार÷पाँच महिना अस्पतालमा बसेर उपचार गरेर बिरामी घर फर्कने गरेका छन् । उक्त अस्पतालमा भारतबाट समेत जलनको उपचारका लागि बिरामी आउने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा भण्डारी बताउनुहुन्छ ।

जलनको उपचारका लागि लामो समय लाग्ने र खर्चिलो हुने भएकाले बिरामी र उसका परिवारमा आर्थिक सङ्कटसमेत हुने गरेको छ । सरकारले एचआइभी एड्स र क्षयरोगका बिरामीलाई सहुलियत प्रदान गरे पनि सङ्ख्याको हिसाबले धेरै भएका जलनका बिरामीलाई भने कुनै सहयोग गरेको पाइँदैन । उक्त अस्पतालले १८ वर्ष कम उमेरका जलनका बिरामीलाई निःशुल्क उपचार गर्दै आइरहेको छ । सो अस्पतालले प्रत्येक वर्ष देशका विभिन्न जिल्लामा स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको प्रशासन प्रमुख शर्माले बताउनुभयो ।

स्थापनाकालदेखि नै जलनको उपचार गर्दै आएको सो अस्पतालले विगत एक वर्षदेखि सेवा विस्तार गर्दै हाडजोर्नी, महिला तथा स्त्री, बालरोग, जनरल मेडिसिन, फिजियोथेरापी, नाक, कान घाँटी, छालारोग, जनरल सर्जरी, मानसिक रोगलगायतको उपचार गर्दै आएको छ ।

हाल उक्त अस्पतालले दैनिक सयदेखि एक सय २० व्यक्तिलाई बहिरङ्ग सेवा प्रदान गर्दै आएको छ भने मासिक जलनका ४० देखि ५० बिरामीको उपचार गर्दै आएको छ । ट्रष्टका संस्थापक एवम् संरक्षक सुजाता कोइराला नेपालमा जलनबाट कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले अस्पताल सञ्चालन गरिएको बताउनुहुन्छ । सो अस्पताल नेपालमा जलनको उपचार गर्ने ट्रष्टबाट सञ्चालित पहिलो अस्पतालसमेत हो ।

सो अस्पतालबाहेक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, नेसनल ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, कीर्तिपुर अस्पताल, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामङ्गल, युनाइटेड मिसन अस्पताल पाल्पा, जनकपुर अस्पताल धनुषा र भेरी अस्पताल नेपालगञ्जमा जलनका बिरामीको उपचार हुँदै आएको छ । रासस

शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.