• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

एक हजार विपन्नको स्वास्थ्य बीमा गर्दै कालिका

  •  आइतबार, भदौ १०, २०८० मा प्रकाशित

चितवन । कालिका नगरपालिकाले चालु आर्थिक वर्षमा एक हजार विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने भएको छ । नगरक्षेत्रभित्र स्थायी बसोबास गर्ने आर्थिक रुपमा विपन्न परिवारलाई नगरपालिकाले स्वास्थ्य बीमाका लागि फाराम भर्न आज सूचना जारी गरेको हो ।

नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको ‘नगर प्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रम’लाई कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउन लागेको हो ।

यो कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ । यो आर्थिक वर्षमा करिब एक हजार विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य रहेको नगरपालिकाका प्रमुख विनोद रेग्मीले बताउनुभयो ।

स्वास्थ्य बीमामा आबद्ध हुन इच्छुक लाभग्राहीले आफू र आफ्नो परिवार आर्थिक रुपमा विपन्न रहेको स्वघोषणा गर्दै सम्बन्धित टोल विकास संस्थाको सिफारिस लिएर वडा कार्यालयमा आवेदन दिन नगरपालिकाले आह्वान गरेको छ ।

प्राप्त निवेदनका आधारमा आवश्यकताअनुसार स्थलगत जाँचबुझसमेत गरी वडा समितिको बैठकले निर्देशक समितिलाई सिफारिस गरेको आधारमा स्वास्थ्य बीमामा आबद्ध हुन सक्ने व्यवस्था गरिएको रेग्मीले जनकारी दिनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायले बीमामा लाग्ने शतप्रतिशत शुल्क नगरपालिकाले व्यवस्थापन गर्ने बताउनुभयो । परिवारको कुनै सदस्य सरकारी सेवामा रहेको, अन्य कुनै कार्यक्रमबाट बीमा सुविधा लिइरहेको, परिवारको कुनै सदस्य वैदेशिक रोजगारी वा विदेशमा बसोबासमा रहेको, परिवारको सदस्य दक्ष श्रम गर्ने नियमित प्रकृतिको स्थायी जागिरमा रहेको, घरबासबाहेक पाँच कट्ठाभन्दा बढी जग्गा रहेको व्यक्ति वा परिवारले नगरप्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने पाउने छैनन् ।

यो कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि नगरप्रमुख संयोजक रहने गरी निर्देशक समिति गठन गरिएको छ । समितिमा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाअध्यक्ष, नगर अस्पताल प्रमुख सदस्य रहने व्यवस्था छ ।

कालिका नगर अस्पताललाई प्रथम सेवा विन्दु कायम गरी स्वास्थ्य बीमा गर्ने नीति लिएको स्वास्थ्य शाखाप्रमुख दीपक भण्डारीले बताउनुभयो । १५ दिनभित्र आवेदन दिन सूचना जारी गरिसकिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाको पहाडी क्षेत्रमा चेपाङ सामुदायको बसोबास छ । अधिकांश चेपाङ विपन्न छन् । रासस

आइतबार, भदौ १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.