• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ५२ मिनेट 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ४ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ४ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ४ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ४ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

बागमतीका स्वास्थ्यमन्त्री जोशीको सय दिनको उपलब्धि सार्वजनिक

  •  बुधबार, भदौ १३, २०८० मा प्रकाशित

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । गत जेठ ७ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री जोशीले १०० दिनको अवधिमा गरेका कामको फेहरिस्त सार्वजनिक गरेका हुन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री जोशीले १०० दिनको उपलब्धिहरु सार्वजनिक गरेका थिए । निःशुल्क स्वास्थ्य उपचार सेवालाई प्राथमिकतामा राखेर नागरिकको बीमा गर्ने मन्त्रालयले काम अघि बढाएको उनले बताए । यस क्रममा प्रादेशिक अस्पतालको सबै शय्या निःशुल्क गरेको मन्त्री जोशीले जानकारी दिए ।

यस्तो छ मन्त्री जोशीका १०० दिने उपलब्धि

मन्त्री जोशीले गत भदौ १ देखि मन्त्रालय अन्तर्गतका १३ वटा प्रादेशिक अस्पतालको आइसियु र क्याबिन बाहेकका ८११ शय्या निःशुल्क सेवा उपलब्धतालाई प्रमुख उपलब्धिको रुपमा लिएका छन् ।
त्यस्तै, प्रदेशका सबै अस्पतालमा विपन्न असहाय, बेवारिसे बिरामीको लागि कुल शय्याको १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउनु, प्रदेशमा सञ्चालित सरकारी निजी, सहकारी तथा सामुदायिक अस्पतालमा सवारी निःशुल्क पार्किङ व्यवस्था, प्रदेशका १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट निःशुल्क रिह्याविटेशन र फिजियोथेरापी सेवा उपलब्धिको रुपमा प्रस्तुत गरेका छन् ।
उता, प्रदेशका लोपोन्मुख तथा सीमान्तकृत जाति तथा आश्रममा आश्रित असहाय ६३७ परिवारको २५ लाख ८६ हजार रुपैयाँ लागतमा निःशुल्क स्वास्थ्य बीमा गर्नुलाई पनि उपलब्धि भनिएको छ ।
मन्त्रालय तथा सरोकारवाला निकायहरुको सहभागितामा ‘सबै नीतिमा स्वास्थ्य निर्देशिका’ को मस्यौदा तयार, गत भदौ ५ गते ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निःशुल्क हवाई उद्धारसम्बन्धी कार्यविधि, २०८०’ मन्त्रीपरिषद्बाट स्वीकृति प्राप्त भएको उनले आफ्नो १०० दिनको उपलब्धिका रुपमा लिएका छन् ।

मन्त्री जोशीको थप कार्य योजना

मन्त्री जोशीले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने गरी थप कार्य योजना तयार गरेका छन् । चालु आर्थिक वर्षमा एक प्रदेश निर्वाचन क्षेत्र, एक अस्पताल सुदृढीकरण कार्यक्रम सञ्चालनका लागि ११ करोड ५२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, स्थानीय तहका स्वास्थ्य संस्था सबलीकरण कार्यक्रमका लागि १० करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
विपद् तथा स्वास्थ्य आपत्कालीन अवस्थामा सहज स्वास्थ्य सेवा प्रदान गर्न हब तथा स्याटेलाइट अस्पतालहरुको सञ्जाल निर्माण गर्ने, प्रदेशमा आवश्यक आयुर्वेद औषधीमा आत्मनिर्भर हुनको लागि आयुर्वेद औषधी उत्पादन केन्द्रको क्षमता अभिवृद्धि गरी मापदण्ड अनुसारको औषधी उत्पादन गर्ने योजना छ ।
त्यस्तै, मानव अंग प्रत्यारोपण केन्द्रसँगको समन्वयमा मिर्गौला प्रत्यारोपण सेवा हेटौडा अस्पतालमा सुरुवात गर्ने, सीमान्तकृत एवं लोपोन्मुख जाति मातृ तथा बाल स्वास्थ्य सेवामा सहज पहुँच तथा उपभोग बढाउन संस्थागत सुत्केरी र तिनका बालबालिकाले पूर्ण खोप लगाएका आमालाई ५ हजार उत्प्रेरणा खर्च प्रदान गर्ने, एक जिल्ला एक जडीबुटी उद्यान निर्माण अभियान सञ्चालन गर्ने योजना रहेको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत प्रदेश स्तरमा स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनको लागि विभिन्न शैक्षिक कार्यक्रम अनुसन्धान प्रोत्साहन कार्यक्रम, एक वर्षे एनएस थेसिया टेक्निसियन कार्यक्रम सञ्चालन, प्रादेशिक अस्पतालको उपचार व्यवस्थापन निर्देशिका कार्यान्वयनमा ल्याउने, प्रदेश जनसंख्या नीति तर्जुमा गर्ने, अस्पतालमा मिर्गौला डायलसिस सेवा स्थापना तथा सञ्चालन गर्ने लगायतका योजना कार्यान्वयन गर्ने योजना छ ।

बुधबार, भदौ १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.