• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ५१ मिनेट 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ४ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ४ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ४ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ४ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

धनकुटामा छैटौँ पटक अमेरिकी स्वास्थ्य शिविर

  •  बुधबार, भदौ १३, २०८० मा प्रकाशित

धनकुटा । अमेरिकाको हवाईस्थित अलोहवा मेडिकल मिसनले धनकुटामा छैटौँ पटक बृहत् निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्ने भएको छ । यस संस्थाले आफ्नै खर्चमा धनकुटामा विसं २०६७, २०६८, २०७०, २०७२ र २०७५ मा शिविर सञ्चालन गरिसकेको छ ।

धनकुटाका समाजसेवीद्वय पुरेन्द्रलाल श्रेष्ठ र रोशेष श्रेष्ठ तथा सल्भ नेपाल धनकुटाको समन्वयमा धनकुटा अस्पतालमा यो पटकको शिविर असोज १ देखि १२ गतेसम्म सञ्चालन गरिने आयोजक समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

‘पहुँच नहुनेका लागि पहुँच’ भन्ने मूल नाराका साथ सम्पन्न हुन लागेको उक्त बृहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा पित्तको पत्थरी, पाठेघर, हर्निया, हाइड्रोसिल, पायल्स, थाइराड, गाठागुठी, दाँतलगायत एक दर्जनभन्दा बढी रोगको शल्यक्रिया गरिने मूल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले जानकारी दिनुभयो ।

बाह्र दिनसम्म सञ्चालन हुने उक्त शिविरमा ४२ जना अमेरिकनसहित विभिन्न देशबाट जनरल सर्जन, गाइनो सर्जन, एनेसथेसिया विज्ञ र मेडिसिन विशेषज्ञ डाक्टरले सेवा दिने प्रचारप्रसार संयोजक तथा नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिनुभयो ।

यो शिविर अमेरिकन दक्षता र प्रविधिमा हुने भएकाले सबैका लागि यो एक अवसर भएको उहाँले सबैलाई सहभागी भएर लाभ लिन सुझाव दिनुभयो । मेडिकल मिसनले यसअघि नेपालमा आठ वटा शिविर सञ्चालन गरेकामा धनकुटा–५, लहानमा दुई बृहत् शिविर र नुवाकोटमा दन्त शिविर सञ्चालन गरेको थियो ।

धनकुटामा यसअघि सम्पन्न भएका पाँच वटा बृहत् स्वास्थ्य शिविरमा विभिन्न जिल्लाका १२ हजार तीन सय ९८ जनाले सेवा लिएका थिए । जसमा जटिल शल्यक्रिया सात सय ४६, सामान्य शल्यक्रिया एक हजार एक सय ६८, दन्त सेवा दुई हजार तीन सय चार र कृत्रिम हात ११ जनाले सेवा पाएको आयोजकले जानकारी दिएको छ ।

शिविर व्यवस्थापनका लागि अनुमानित करिब २० लाख रुपैयाँ खर्च हुने आर्थिक व्यवस्थापन उपसमिति संयोजक दोर्ण गुरागाईंले जानकारी दिनुभयो । गत वर्षमा समेत आर्थिक संयोजक रहनुभएका गुरागाईंले यसअघिका शिविरमा नागरिकले प्रत्येक शिविरबाट दुई करोडभन्दा बढीको निःशुल्क शल्यक्रिया उपचार सेवा लिएको जानकारी दिनुभयो ।

शिविर सञ्चालनका लागि २१ सदस्यीय मूल आयोजक समितिसहित १० वटा उपसमिति गठन गरिएको मूल आयोजक समितिका सचिवालय सदस्य तथा उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो । रासस

बुधबार, भदौ १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.