काठमाडौं। कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा नयाँ ‘मोबाइल अस्पताल एप’ सञ्चालनमा ल्याएको छ । यो एपमार्फत बिरामीले सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने बताइएको छ । बिरामीले ओपीडी टिकट बुकिङ र खरीद गर्नुका साथै प्रयोगशाला रिपोर्ट पनि एपबाटै प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
यसैगरी नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बीमा भएका प्रयोगकर्ताले समेत नि:शुल्क टिकट बुक गर्न र बीमा जानकारी राखेर प्रमाणीकरण गर्न पनि मिल्ने बताइएको छ ।
यो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाममा पर्खनुपर्ने झन्झटलाई कम गर्ने कम्पनीको विश्वास छ ।
