• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

शारीरिक रुपमा अशक्त बालबालिकालाई छुट्टाछुट्टै पढ्ने व्यवस्था

  •  शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित

चितवन । नेपालको संविधानले हरेक बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गरेको भए पनि अझै शारीरिक रुपमा अशक्त बालबालिका विद्यालयबाहिर नै छन् । यसलाई दृष्टिगत गर्दै भरतपुर महानगरपालिकाले शारीरिक रुपमा अशक्त भएका बालकालिकाहरुका लागि छु््ट्टाछुट्टै पठनपाठनको व्यवस्था गर्दै आएको छ ।

कानुन र नीतिमा अपाङ्गता भएका बालबालिकालाई अलग्गै कक्षा कोठामा छुट्याएर राख्नुपर्ने व्यवस्था छ । सोहीअनुसार महानगरपालिकाले कामको सुरुआत गरेको महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । गत वर्ष अटिज्म भएका बालबालिकाहरुका लागि छुट्टै व्यवस्था गरेको महानगरपालिकाले यस वर्षदेखि मस्तिष्क पक्षघात भएका बालबालिकालाई लक्षित गर्दै स्रोत केन्द्र स्थापना गरेको छ ।

वडा नं २६ स्थित दिव्यनगरमा रहेको आदर्श माविमा मस्तिष्क पक्षघात स्रोत कक्ष स्थापना गरिएको हो । यहाँ अहिले १० जना भर्ना भएका छन् । महानगरपालिकाले एकजना तालिम प्राप्त थेरापी शिक्षकसमेत नियुक्त गरेको छ । बालबालिकालाई विभिन्न थेरापीमार्फत क्रियाकलापहरु सिकाउने गरिएको शिक्षक हरिकला भुसालले जानकारी दिनुभयो ।

स्रोत केन्द्रले मस्तिष्क पक्षघात भएकाहरुलाई शारीरिक व्यायाम, दैनिक नित्यकर्म, खेलकुद तथा अन्य ज्ञान सिकाउने गर्दछ । बालबालिकाको दैनिक क्रियाकलापमा जोड दिँदै आएको उहाँले बताउनुभयो । पक्षघातका लागि अभिभावक स्वावलम्ब समूह भरतपुरका अध्यक्ष लक्ष्मीकान्त घिमिरे यस्ता बालकालिका विद्यालयबाहिर बढी रहेको बताउनुभयो । अभिभावकहरुले नै उनीहरुलाई विद्यालयमा पठाउन नचाहने गरेको उहाँले बताउनुभयो । महानगरपालिकामा ६५ जना मस्तिष्क पक्षघात बालबालिका रहेको घिमिरेले जानकारी दिनुभयो । विद्यालयहरुले समावेशी शिक्षा दिनसक्ने गरी शिक्षकको व्यवस्था नहुँदा धेरै बालबालिका विद्यालयबाहिर भएको अनुमान गरिन्छ ।

अपाङ्गता भएका बालबालिकाको सिकाइ विधि नै फरक हुन्छ । नेत्रहीन, बहिरा व्यक्ति, सुस्त श्रवण भएका, बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिको सिकाइ फरक हुन्छ । सोही अनुसार महानगरपालिकाभित्र चार विद्यालयमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई राखेर पढाइ हुन्छ । त्यस्तै अटिज्म, बहिरा, नेत्रहीन, सुस्तमनस्थितिका बालकालिकालाई छुट्टाछुट्टै पढाइ सञ्चालन गरेको पौडेलले बताउनुभयो ।

वडा नं १० मा पनि विगतमा बालमन्दिर अटिज्म विद्यालय सञ्चालनमा छ । महानगरपालिकाले शिक्षाको पहुँचमा सबै बालबालिकालाई पु¥याउन अटिज्म विद्यालय स्थापना गरेको थियो । राष्ट्रिय शिक्षा नीति २०७६ मा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि गुणस्तरीय शिक्षाको पहुँचको सुनिश्चिता गरी शिक्षाका माध्यमबाट मर्यादित जीवनयापन गर्नसमक्ष र प्रतिस्पर्धी नागरिक तयार गर्ने विषय उल्लेख गरिएको छ ।

चितवनका १४ विद्यालयले अपाङ्गता भएका बालबालिकाहरुलाई पढाउँदै आएको छ । यी विद्यालयमा दुई सय ६० विद्यार्थी छन् । जटिल खालका अपाङ्गता भएका बालबालिका न्यून छन् । विद्यालयबाहिर रहेका बालबालिकालाई अपाङ्गताको प्रकार छुट्टै पढ्ने व्यवस्थाका लागि काम गरिरहेको पौडेलले बताउनुभयो । गत वर्ष समावेशी शिक्षा परियोजनामार्फत सङ्कलन गरिएको तथ्याङ्कले भरतपुर महानगरमा ७८ बालबालिका अघिल्लो वर्ष विद्यालय बाहिर रहेको देखाएको थियो । यस वर्ष बालबालिकालाई समेट्ने काम भएको पौडेलले जानकारी दिनुभयो । रासस

शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.