• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

शारीरिक रुपमा अशक्त बालबालिकालाई छुट्टाछुट्टै पढ्ने व्यवस्था

  •  शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित

चितवन । नेपालको संविधानले हरेक बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गरेको भए पनि अझै शारीरिक रुपमा अशक्त बालबालिका विद्यालयबाहिर नै छन् । यसलाई दृष्टिगत गर्दै भरतपुर महानगरपालिकाले शारीरिक रुपमा अशक्त भएका बालकालिकाहरुका लागि छु््ट्टाछुट्टै पठनपाठनको व्यवस्था गर्दै आएको छ ।

कानुन र नीतिमा अपाङ्गता भएका बालबालिकालाई अलग्गै कक्षा कोठामा छुट्याएर राख्नुपर्ने व्यवस्था छ । सोहीअनुसार महानगरपालिकाले कामको सुरुआत गरेको महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । गत वर्ष अटिज्म भएका बालबालिकाहरुका लागि छुट्टै व्यवस्था गरेको महानगरपालिकाले यस वर्षदेखि मस्तिष्क पक्षघात भएका बालबालिकालाई लक्षित गर्दै स्रोत केन्द्र स्थापना गरेको छ ।

वडा नं २६ स्थित दिव्यनगरमा रहेको आदर्श माविमा मस्तिष्क पक्षघात स्रोत कक्ष स्थापना गरिएको हो । यहाँ अहिले १० जना भर्ना भएका छन् । महानगरपालिकाले एकजना तालिम प्राप्त थेरापी शिक्षकसमेत नियुक्त गरेको छ । बालबालिकालाई विभिन्न थेरापीमार्फत क्रियाकलापहरु सिकाउने गरिएको शिक्षक हरिकला भुसालले जानकारी दिनुभयो ।

स्रोत केन्द्रले मस्तिष्क पक्षघात भएकाहरुलाई शारीरिक व्यायाम, दैनिक नित्यकर्म, खेलकुद तथा अन्य ज्ञान सिकाउने गर्दछ । बालबालिकाको दैनिक क्रियाकलापमा जोड दिँदै आएको उहाँले बताउनुभयो । पक्षघातका लागि अभिभावक स्वावलम्ब समूह भरतपुरका अध्यक्ष लक्ष्मीकान्त घिमिरे यस्ता बालकालिका विद्यालयबाहिर बढी रहेको बताउनुभयो । अभिभावकहरुले नै उनीहरुलाई विद्यालयमा पठाउन नचाहने गरेको उहाँले बताउनुभयो । महानगरपालिकामा ६५ जना मस्तिष्क पक्षघात बालबालिका रहेको घिमिरेले जानकारी दिनुभयो । विद्यालयहरुले समावेशी शिक्षा दिनसक्ने गरी शिक्षकको व्यवस्था नहुँदा धेरै बालबालिका विद्यालयबाहिर भएको अनुमान गरिन्छ ।

अपाङ्गता भएका बालबालिकाको सिकाइ विधि नै फरक हुन्छ । नेत्रहीन, बहिरा व्यक्ति, सुस्त श्रवण भएका, बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिको सिकाइ फरक हुन्छ । सोही अनुसार महानगरपालिकाभित्र चार विद्यालयमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई राखेर पढाइ हुन्छ । त्यस्तै अटिज्म, बहिरा, नेत्रहीन, सुस्तमनस्थितिका बालकालिकालाई छुट्टाछुट्टै पढाइ सञ्चालन गरेको पौडेलले बताउनुभयो ।

वडा नं १० मा पनि विगतमा बालमन्दिर अटिज्म विद्यालय सञ्चालनमा छ । महानगरपालिकाले शिक्षाको पहुँचमा सबै बालबालिकालाई पु¥याउन अटिज्म विद्यालय स्थापना गरेको थियो । राष्ट्रिय शिक्षा नीति २०७६ मा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि गुणस्तरीय शिक्षाको पहुँचको सुनिश्चिता गरी शिक्षाका माध्यमबाट मर्यादित जीवनयापन गर्नसमक्ष र प्रतिस्पर्धी नागरिक तयार गर्ने विषय उल्लेख गरिएको छ ।

चितवनका १४ विद्यालयले अपाङ्गता भएका बालबालिकाहरुलाई पढाउँदै आएको छ । यी विद्यालयमा दुई सय ६० विद्यार्थी छन् । जटिल खालका अपाङ्गता भएका बालबालिका न्यून छन् । विद्यालयबाहिर रहेका बालबालिकालाई अपाङ्गताको प्रकार छुट्टै पढ्ने व्यवस्थाका लागि काम गरिरहेको पौडेलले बताउनुभयो । गत वर्ष समावेशी शिक्षा परियोजनामार्फत सङ्कलन गरिएको तथ्याङ्कले भरतपुर महानगरमा ७८ बालबालिका अघिल्लो वर्ष विद्यालय बाहिर रहेको देखाएको थियो । यस वर्ष बालबालिकालाई समेट्ने काम भएको पौडेलले जानकारी दिनुभयो । रासस

शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.