• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ३ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ५ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ५ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ५ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ५ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ६. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ७. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ८. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

पैसा नभएकै कारण उपचारको अभाव हुने छैन : स्वास्थ्यमन्त्री बस्नेत

  •  शनिबार, भदौ ३०, २०८० मा प्रकाशित

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचार गर्न पैसा नभएर वा औषधि किन्ने पैसा नपाएर नेपाली नागरिक कसैको पनि ज्यान जान नदिइने बताउनुभएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले आज बाह्रबिसेमा आयोजना गरेको तीज विशेष कार्यक्रममा शुभकामना दिनुहुँदै मन्त्री बस्नेतले पैसा नभएको कारणले औषधि किन्न नपाएर अब कसैको पनि ज्यान जान नदिइने बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामी पर्दा गरिबीका कारण पैसा नभएर उपचार गर्न पाउनुभएको छैन भने हाम्रो सम्पर्कमा आउनुस् म निःशुल्क उपचार गराउँछु, उपचार गर्न नपाएर अकालमै कसैको ज्यान जान दिइने छैन, त्यसको जिम्मा म लिन्छु ।”

मन्त्री बस्नेतले गरिब परिवारमा जन्मिएका कारण वा आर्थिक अवस्था कमजोर भएका कारण अधिकांश दिदी–बहिनीहरूले उपचार गर्न नसक्नुभएको बताउनुहुँदै अब उपचार नपाएर मान्छेको ज्यान जाने अवस्था अन्त्य हुने बताउनुभयो ।

“केन्द्रमा बसेका स्वास्थ्यकर्मीलाई गाउँ–गाउँमा उपचार गर्नका लागि पठाएका छौँ, सिन्धुपाल्चोकसहित देशका विभिन्न ठाउँमा स्वास्थ्य सामग्री तथा उपकरण पठाउन थालेका छौँ, अब चाँडै चिकित्सकहरूको दरबन्दी थपेर छ महिनाभित्र देशमा स्वास्थ्यको रोजगारी सिर्जना गरी नागरिकलाई सहज स्वास्थ्य सेवाका लागि काम हुन्छ”, उहाँले भन्नुभयो ।

उहाँले शिक्षा र स्वास्थ्य नागरिकका नैसर्गिक अधिकार र मौलिक हक भएकाले स्वास्थ्य र कक्षा १२ सम्मको शिक्षा निःशुल्क गराउनमा आफू लागिपरेको बताउनुभयो । धादिङको एक जना बच्चाले कक्षा १२ को परीक्षाशुल्क रु दुई हजार दुई सय तिर्न नसक्दा आत्महत्या गर्नुपरेको जस्तो घटना अब दोहोरिन नदिइनेमा मन्त्री बस्नेतले प्रतिबद्धता जनाउनुभयो ।

आफूले विगतदेखि नै कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छ भन्दै लागिपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अब मुलुकमा कक्षा १२ सम्मको पढाइ निःशुल्क गराएरै छाड्छौँ, उपचार नपाएर र औषधि नपाएर कोही मर्ने छैनन् ।”

सो अवसरमा बागमती प्रदेश सरकारका वन तथा वातावरणमन्त्री मसिना खड्का, पूर्वगृह राज्यमन्त्री विष्णुविक्रम थापा, बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ, बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतका साथै राष्ट्रिय कलाकारको समेत सहभागिता थियो । रासस

शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

ताजा

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.