• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

अस्पताल सुधारका लागि सङ्घर्ष समिति गठन

  •  बिहिबार, असोज ०४, २०८० मा प्रकाशित

सिरहा । सिरहाको लहानस्थित प्रादेशिक अस्पतालको सेवा प्रवाह र प्रशासनिक सुधार ल्याउन भन्दै अस्पताल सुधार सङ्घर्ष समिति गठन भएको छ ।

बिरामीको उपचारमा लापरवाहीदेखि करार सेवाका कर्मचारी भर्ना, उपकरण खरिदमा अनियमितता र सवारीसाधनको दुरुपयोग बढेको भन्दै स्थानीय सत्यनारायण यादवको संयोजकत्वमा विभिन्न पेसा व्यवसायमा संलग्न युवा आबद्ध रहेको २१ सदस्यीय अस्पताल सुधार सङ्घर्ष समिति गठन गरिएको हो ।

सङ्घर्ष समितिले गत २०७९ साउन र चैतमा सङ्घीय सरकारको चार र प्रदेश सरकारको २५ गरी २९ वटा सिटमा करार सेवाका कर्मचारी भर्ना गर्दा अनियमिमता भएको, अस्पतालमा ल्याब हुँदाहुँदै बिरामीले बाहिरबाट ल्याब जाँच गराउनुपर्ने, प्रसूति गराउन आउने महिलालाई त्रास देखाउँदै निजी स्वास्थ्य संस्थामा पठाएर कमिसन खाने गरेको पाइएको आरोप लगाएको छ ।

“अस्पताल व्यवस्थापन लथालिङ्ग रहेको अवस्था छ । विपन्न आर्थिक अवस्थाका महिला प्रसूति गराउन आउँदा अप्ठ्यारो अवस्था सिर्जना हुनसक्छ भन्दै त्रास देखाएर निजीमा जान बाध्य पार्ने गरिएको जनगुनासो छ”, संयोजक यादवले भन्नुभयो, “डायलायसिस मेसिन र अक्सिजन प्लान्ट कैयौँ महिनादेखि बन्द छ । बिरामीले सस्तो र गुणस्तरीय उपचार सेवाबाट बञ्चित हुनु नपरोस् भनी सुधारका लागि प्रयास गरिएको हो ।”

समितिले दाता परिवारबाट अस्पतालले चर्चेको एक बिघा १५ कट्ठा १० धुर जग्गा अस्पतालको नाममा रजिस्ट्रेसन र प्रदेश सरकारले फेरेको अस्पतालको नाम साविककै कायम राख्न पनि प्रयास गर्ने संयोजक यादवले बताउनुभयो ।

अस्पताल सरकारी, जग्गा दाताको नाममा

आफ्नो परिवारको दिवङ्गत सदस्यको स्मृतिमा लहानका व्यापारिक घराना मुरारका र शारडा परिवारले सिराहा, सप्तरीको पश्चिमी तथा दक्षिणी भेग र उदयपुरको दक्षिणी भेगका बिरामीलाई लक्षित गरी जग्गासहित विसं २०३५ मा भवन निर्माण गरी तत्कालीन श्री ५ को सरकारलाई हस्तान्तरण गरेको थियो । त्यतिबेलादेखि नै रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालको नाममा सञ्चालन हुँदै आएको अस्पताल १ पुस २०७८ को प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयबाट नाम परिवर्तन गरी प्रादेशिक अस्पताल नामकरण गरेपछि दाता परिवार रुष्ट बन्दै आएको छ ।

अस्पतालको नाम फेरिएपछि दाताकै नाममा रहेको एक बिघा १५ कट्ठा १० धुर जग्गा अस्पतालको नाममा रजिस्ट्रेसन नहुँदा अस्पतालले सेवा विस्तार गर्न नसकेको अस्पताल प्रशासनले गुनासो गर्दै आएको छ । यता जग्गादाताले भने अस्पतालको नाम पुरानै कायम गरी मुरारका र शारडा परिवारको नाम र पहिचान हुनुपर्ने माग गर्दै आएको छ ।

भवनसहित कर्मचारी, सेवा सुविधा सरकारी हुँदाहुँदै जग्गा व्यक्तिको नाममा हुँदा विगत ३९ वर्षदेखि अस्पतालमा स्वीकृत १५ शय्या भए पनि अस्पताल व्यवस्थापन समिति र प्रशासनले ४७ शय्या थप गरेर ६२ शय्या सञ्चालन गर्दै आएको छ । रासस

बिहिबार, असोज ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.