• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

अब पैसा नहुनेले पनि उपचार पाउनुपर्छ : मन्त्री जोशी

  •  आइतबार, असोज ०७, २०८० मा प्रकाशित

चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अब पैसा नहुनेले पनि उपचार पाउनुपर्ने बताउनुभएको छ । मन्त्रालयले आज भरतपुर अस्पतालमा आयोजना गरेको ‘सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम, सार्वजनिकीकरण तथा सम्झौता हस्ताक्षर कार्यक्रम’ मा बोल्दै उहाँले सङ्घ र प्रदेशको सामाजिक स्वास्थ्य सुरक्षाको कार्यक्रमअन्तर्गत सबैलाई जोडेर अकालमा ज्यान जाने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको हो ।

संविधानमै स्वास्थ्य भनेको नैसर्गिक अधिकार हो भनेर लेखिएको भन्दै उहाँले स्वास्थ्य सबैको पहुँचमा पुग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हुनेखाने वर्गको हातमा मात्रै शिक्षा र स्वास्थ्य छ, हुँदाखाने वर्गको हातमा पनि शिक्षा र स्वास्थ्य पु¥याउनुपर्छ भनेर अहिले तीनै तहका सरकार लाग्नुपर्छ, लाग्छौँ ।”

आममानिसलाई प्रदेश सरकारले गरेको कामबारे थाहा नभएको भन्दै उहाँले प्रदेशले दिएको सामाजिक सुरक्षाको अधिकतम उपभोग गर्न आग्रह गर्नुभयो । आफू मन्त्री नहुँदासम्म पनि प्रदेश सरकारले गरेका धेरैजसो कामबारे अनभिज्ञ रहेको उहाँको भनाइ थियो । उहाँले प्रदेश सरकारले गरेको काम जनतासमक्ष पु¥याएर त्यसको लाभ सार्वसाधारणलाई दिलाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार छ भन्ने अनुभूति दिन हुँदा खाने वर्गको अकालमा ज्यान जान हुँदैन भनेर सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम ल्याएका हौँ ।”

बागमती प्रदेशवासीलाई क्यान्सर उपचारमा सङ्घीय सरकारले दिने रु एक लाखपछि थप रु ५० हजार प्रदेशले व्यवस्था गरेको भन्दै त्यसको उपभोग सर्वसाधारणले गर्न पाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सर्वसाधारणलाई प्रदेशले रु ५० हजार दिन्छ भन्ने थाहै छैन ।”

यसैगरी हृदयघातको उपचारका लागि रु एक लाख १० हजारसम्म निःशुल्क व्यवस्था गरिएको, प्रदेशभित्रका बिरामीका लागि रगत निःशुल्क गरिएको भन्दै उहाँले यसलाई व्यावहारिकरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्वघोषणा गरेर निःशुल्क रगत पाउने व्यवस्था गरिएको बताउनुभयो । प्रदेशअन्तर्गतका १३ वटा अस्पतालमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई दन्त सेवा निःशुल्क गरिएको सो अवसरमा मन्त्री जोशीले जानकारी दिनुभयो ।

प्रदेश सरकारसँग सम्झौता गरेका अस्पतालले प्रदेशले दिएको सहुलियत सर्वसाधारणले देख्ने गरी लेख्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “सर्वसाधारणले देख्ने गरी प्रदेशले यी सहुलियत दिएको छ भनेर साइनबोर्ड राख्नुहोस् ।”

मन्त्री जोशीले प्रदेशका स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमाको ५० प्रतिशत प्रदेश स्वास्थ्य मन्त्रालयले व्यहोर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारले ५० प्रतिशत दिएको छ, प्रदेशले ५० प्रतिशत दिन्छ, स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमा हुन्छ ।” सो अवसरमा हृदयघात उपचारका लागि भरतपुर अस्पतालसँग, क्यान्सर उपचारका लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर सेन्ट्रल अस्पतालसँग बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले सम्झौता गरेको छ ।

यसैगरी रगत निःशुल्क गर्न नेपाल रेडक्रस सोसाइटी चितवनसँग सम्झौता भएको छ । बीमा बोर्ड भरतपुरसँग स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमाका लागि सम्झौता गरिएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य माया श्रेष्ठ, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेल, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका निमित्त सचिव दीपक तिवारी, मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख डा खगेश्वर गेलाल लगायतले बोल्नुभएको थियो । रासस

आइतबार, असोज ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.