• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

पाँच अस्पतालसँग क्यान्सर उपचारका लागि सम्झौता

  •  सोमबार, असोज ०८, २०८० मा प्रकाशित

चितवन । जिल्लाका पाँच अस्पतालमा क्यान्सरको उपचार गर्दा बागमती प्रदेश सरकारले रु ५० हजार बराबरको खर्च व्यहोर्ने भएको छ । यससम्बन्धी सम्झौतासमेत गरिएको हो ।

प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र अस्पतालबीच सम्झौता गरिएसँगै प्रदेशभित्रका बिरामीले ती अस्पतालमा उपचार गर्दा रु ५० हजार थप छुट पाउने भएका छन् । सङ्घीय सरकारले दिने रु एक लाख खर्च भएपछि बिरामीले थप रु ५० हजार उपचार खर्च पाउने भएका हुन् ।

सम्झौता गरिएका अस्पतालमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेजको सिएमसी क्यान्सर इन्स्टिच्यूट, नेशनल सिटी हस्पिटल र भरतपुर सेन्ट्रल हस्पिटल रहेका छन् । बकुलहर रत्ननगर अस्पतालसँग यसअघि नै सम्झौता भइसकेको छ ।

यससँगै बागमती प्रदेशभित्रका क्यान्सरका बिरामीले उपचार गर्दा रु एक लाख ५० हजार बराबरको औषधि उपचार सेवा निःशुल्क पाउनेछन् । प्रदेश सरकारले यसअघि नै प्रदेशका अन्य २४ अस्पतालसँग यससम्बन्धी सम्झौता गरिसकेको छ ।

सम्झौता गरेका अस्पतालमा प्रदेशअन्तर्गतका १३ अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर रहेका छन् ।

यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पतालमा पनि रु ५० हजार बराबरको क्यान्सर रोगको उपचार निःशुल्क पाइने सम्झौता भइसकेको छ ।

प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले क्रमशः स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने बताउनुभयो । आर्थिकरुपमा विपन्न भएकै कारण उपचारबाट बञ्चित हुन नपरोस् भन्नका लागि प्रदेश सरकारले सामाजिक स्वास्थ्य सुरक्षाका विभिन्न कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “उपचार नपाएर कसैको अकालमै ज्यान नजाओस् भनेर यी कार्यक्रम ल्याइएका हुन् ।”

प्रदेश सरकारले हृदय रोगको उपचारका लागि रु एक लाख १० हजार, रगत निःशुल्क, सीमान्तकृत जातीको स्वास्थ्य बीमा, आश्रितको स्वास्थ्य बीमा, स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमालगायतका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रम ल्याएको छ । रासस

सोमबार, असोज ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.