• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ५७ मिनेट 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ३ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ३ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ३ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

लुम्बिनी प्रादेशिक अस्पतालको सेवा गुणस्तरका लागि समीक्षा

  •  बुधबार, असोज १०, २०८० मा प्रकाशित

लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने अस्पताल हो । यस अस्पतालमा बहिरङ्ग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ । तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन् ।

आर्थिक वर्ष २०७९÷०८० मा अस्पतालमा उपचारका लागि बहिरङ्ग विभागमा स्वास्थ्य परीक्षण गरेका बिरामीको सङ्ख्या तीन लाख दुई हजार छ सय ९६ रहेको अस्पतालको तथ्याङ्क शाखाले जनाएको छ । यसबाहेक अस्पतालको आकस्मिक कक्षमा स्वास्थ्योपचारका लागि आएका बिरामी सङ्ख्या ६७ हजार पाँच सय ६१ रहेको तथ्याङ्क छ ।

यस्तै आव २०७९÷०८० मा लुम्बिनी प्रादेशिक अस्पतालमा भएका विभिन्न रोगका शल्यक्रिया नौ हजार छ सय ३२ रहेको छ । प्रादेशिक अस्पतालले यसरी सीमित साधन स्रोतमा पनि सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको छ ।

अस्पतालामा हाल अन्तरङ्ग विभाग (इन्डोर) मा बिरामी भर्ना गरेर उपचार गर्न पाँच सय सात शय्या मात्र उपलब्ध छ । विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पताल भए पनि सामान्य रोगका समेत बिरामी उपचारका लागि आउने गरेकाले बिरामीको चाप अत्यधिक रहने गरेको छ । मौसमी रोग फैलिएको अवस्थामा त हरेक दिन एउटै शय्या तीन÷चार जनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापा बताउनुहुन्छ । यसैले पनि हाल अस्पतालमा उपलब्ध शय्या सङ्ख्या अस्पतालको सेवा प्रदान गर्न पर्याप्त नभएको उहाँ बताउनुहुन्छ ।

यस्तै अस्पतालमा पर्याप्त जनशक्ति नहुँदा पनि बिरामीलाई सहज सेवा प्रदान गर्न नसकिएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ बताउनुहुन्छ । अस्पतालमा हाल जम्मा सात सय ८५ कर्मचारी सेवारत रहेको अस्पतालको सेवा थप प्रभावकारी बनाउन र बिरामीलाई सहज उपचारको व्यवस्थाका लागि हाल कायम रहेको जनशक्ति पर्याप्त नभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अस्पतालका लागि न्यूनतम एक हजार पाँच सय जनशक्ति आवश्यक छ ।

अस्पतालबाट आव २०७९÷८० मा सञ्चालित स्वास्थ्य सेवाको अवस्था र स्वास्थ्य सेवाको गुणस्तर सम्बन्धमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा प्रादेशिक अस्पतालले बनाउने अस्पताल सञ्चालन कार्य निर्देशिकाले सेवाग्राही बिरामीको मौलिक हक अधिकारलाई अझै स्पष्ट र गर्दै सेवा प्रदान गर्ने नर्सिङ, प्यारामेडिक्स, चिकित्सक र प्रशासन सवैलाई अझ बढी जिम्मेवार र जवाफदेही बनाउने अपेक्षा गरिएको छ ।

समीक्षा कार्यक्रममा विकास समितिका अध्यक्ष श्रेष्ठले अस्पतालको तथ्याङ्क शाखा, सूचना प्रविधि विभाग र सम्बन्धित स्वास्थ्य विभाग प्रमुखको समन्वय गरेर मात्र भरपर्दो सूचकाङ्कको आधारशीला निर्माण गर्नुपर्ने कुरा औँल्याउनुभयो । उहाँले अस्पतालको मूल उद्देश्यनै सेवाग्राही बिरामीलाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा बिरामीले प्राप्त गरुन् भन्ने रहेकाले सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख गौरव ढकालले आम जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दा कार्ययोजना बनाएर काम गर्न सुझाव दिनुभयो । उहाँले सेवा प्रवाहमा कसले, कसरी, कहिले र के गर्ने भनेर समयसीमा र जिम्मेवारी तोकेर काम गर्नुपर्ने खाचो औँल्याउनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा थापाले अस्पतालको तथ्याङ्क पहिलेको तुलनामा धेरै परिष्कृत र भरपर्दो हुँदै आएको बताउनुभयो । उहाँले तथ्याङ्कलाई थप व्यवस्थित र परिमार्जन गर्न अस्पतालका चिकित्सक कर्मचारीले बिरामीको ‘डाइग्नोसिस’ विवरण अनिवार्य भरेर तथ्याङ्क शाखालाई सघाउन अनुरोध गर्नुभयो । रासस

बुधबार, असोज १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.