• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

समयमा उपचार गरे बाल क्यान्सर निको हुन्छ : डा शर्मा

  •  बिहिबार, असोज ११, २०८० मा प्रकाशित

चितवन । बालबालिकामा हुने क्यान्सर समयमा उपचार गरे निको हुने चिकित्सकको भनाइ छ । पछिल्ला वर्षमा नेपालमा भित्रिएका प्रविधि र औषधिका कारण बाल क्यान्सरको उपचार सम्भव भएको हो ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका युवा तथा बाल क्यान्सर रोग विशेषज्ञ डा कृष्णसागर शर्माले बाल क्यान्सर जति खर्च गरे पनि उपचार निको हुँदैन, रोग निको भयो भने पनि रोग बल्झन्छ भन्ने भ्रम जनमानसमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सत्य होइन । अहिलेको अवस्थामा बालबालिकाको क्यान्सर निको हुने दर राम्रो छ । उपचार गर्न सक्छौँ ।”

ठूला मानिसको तुलनामा दुई कारणले बालबालिकाको क्यान्सर छिटो निको हुने उहाँ बताउनुहुन्छ । उहाँको भनाइमा बालबालिकालाई हाइडोजको औषधि दिन सकिन्छ । यसैगरी केमो थेरापी दिँदा ठूलाको भन्दा बच्चाले धेरै सहन सक्ने भएकाले तत्काल काम गर्छ । बालबालिकाको धेरैजसो क्यान्सरलाई नेपालमै रोग पत्ता लगाउन सकिने भन्दै उहाँले भन्नुभयो, “अहिले नेपालमा उपचार गर्दाखेरि बाल क्यान्सर निको हुने दर करिब ६० प्रतिशतभन्दा बढी देखिन्छ ।” विश्वका विकसित देशहरूमा जस्तै अमेरिका जापानलगायत समग्रमा कतिपय क्यान्सर ९० प्रतिशतभन्दा बढी निको हुने दर रहेको भन्दै उहाँले सम्रगमा हेर्दा ८० प्रतिशत भन्दा बढी बालबालिकाको क्यान्सर निको बताउनुभयो ।

दुई दशक पहिले नेपालमा बाल क्यान्सरको उपचार सम्भव नरहेको भन्दै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सर विभाग सुरुआत भएसँगै यो सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले करिब दुई दशक पछाडिको समयमा आइपुग्दा धेरै बालबालिकाको नेपालमै क्यान्सरको उपचार भएर राम्रो नतिजा आउन सक्छ भन्ने सन्देश जनमानसमा पुगिसकेको छ ।”

नेपालमा प्रत्येक वर्ष करिब एक हजार पाँच सय बालबालिकामा क्यान्सर रोग लाग्ने भन्दै उहाँले त्यसमध्ये विभिन्न अस्पतालमा आउने बालबालिकाको अनुपात करिब आठ सय रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि आधाभन्दा बढी बालबालिका अस्पतालको पहुँचमा आइनसकेको हाम्रो अनुमान छ ।” बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा तीन सय ५० भन्दा बढी बालबालिका प्रत्येक वर्ष क्यान्सरको उपचारका लागि आउने गर्दछन् । यसले गर्दा सरदरमा हरेक दिन एक वा दुई जना बाल क्यान्सरका नयाँ बिरामी आउने उहाँले जानकारी दिनुभयो । विशेष गरेर बालबालिकाको रक्त क्यान्सरको उपचार तीन वर्षसम्म लाग्ने भएकाले अहिलेको समयमा पाँच सयभन्दा बढी बालबालिका यसै अस्पतालमा उपचाररत रहेको उहाँको भनाइ छ ।

उपचारमा आउने बालबालिका पनि अस्पतालमा आउँदा रोग छिप्पिइसकेपछि ढिलो गरी आउने गरेको उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “ढिलो गरी अस्पताल आउँदा रोग फैलिसक्ने भएकाले पूर्णरूपमा निको पार्न गाह्रो हुन्छ ।” क्यान्सरको तेस्रो चौथो चरणमा भएका बाल क्यान्सर पनि निको भएको उहाँको अनुभव छ । अझै पनि आधाभन्दा बढी बालबालिका उपचारको पहुँचमा नआएको भन्दै उपचार सम्भव छ भन्ने कुरालाई व्यापक प्रचारप्रसार गरेर उपचारमा ल्याउनुपर्ने उहाँले बताउनुभयो ।

बालबालिकालाई क्यान्सर लाग्ने कारण यही नै हो भन्ने नरहेको भन्दै उहाँले थप्नुभयो, “विशेषगरी बालबालिकाको क्यान्सर वंशाणुगत रोग त हो नै तर जीनमा भएको खराबीले गर्दा बालबालिकालाई क्यान्सर लाग्ने गर्दछ ।” कतिपय बालबालिका जन्मजात नै क्यान्सर लिएर आउने उहाँ बताउनुहुन्छ । रक्त क्यान्सर, न्युरोप्लाष्टामा, विल्मस ट्युमर लगायतका रोगहरू बालबालिकाको पहिलो वर्षमै धेरै देखिने गर्दछन् । नसासम्बन्धी क्यान्सर, कलेजेको क्यान्सर, कतिपय ब्रेन ट्युमर र कतिपय रक्त क्यान्सर बालबालिकाको पाँच वर्षभन्दा मुनि नै देखिन्छ । पाँच देखि १५ वर्षसम्मको बालबालिकामा लिम्फोमाहरू, ग्ल्यान्ड क्यान्सर र हड्डीलगायतको क्यान्सर बढी देखिने डा शर्मा बताउनुहुन्छ ।

बालबालिका बिरामी हुँदा लक्षण हेरेर अभिभावकले कतै क्यान्सर त होइन ? भनेर पनि शङ्का गर्नुपर्ने डा शर्मा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विशेषगरी एकदुई हप्ताभन्दा बढी समयसम्म ज्वरो आइरहने, बालबालिकाको शरीरमा निलो डाम देखिने, रगत घट्ने, रक्तश्राव हुने, पेट फुलेर आउने जस्ता लक्षण रक्त क्यान्सरका हुन् ।”

बालबालिकाको ‘आइक्यु’ कम हुने, मुर्छा पर्नेलगायत लक्षण छन् भने ब्रेन ट्युमर हुन सक्छ । त्यस्तै गरेर पेट, कलेजो, मिर्गाैला र अण्डाशयको वरिपरि अनियन्त्रित खालको मासु छ भने त्यहाँको क्यान्सर हुनसक्ने उहाँ बताउनुहुन्छ । रासस

बिहिबार, असोज ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.